६ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङको टाउन ग्यास कम्पनी ( हङकङ एण्ड चाइना ग्यास कम्पनी लिमिटेड ) ले खोप भाग्य चिट्ठा अगस्ट २ तारीखबाट  उडाउने भएको सूचना जुलाई २ तारीख प्रेस विज्ञप्ति मार्फत  सार्वजनिक गरेकोछ। प्रत्येक २ हप्तामा एक चोटि उड्ने यो भाग्य चिठ्ठा जम्मा ५ राउन्ड सम्म चल्नेछ । चिट्ठामा उडाइने विभिन्न पुरस्कारको कुल रकम हङकङ डलर ३० लाख बराबरको हुनेछ।

आकर्षक पुरस्कार
हङकङ डलर १० हजार बराबरको टाउन ग्यास इलेक्ट्रोनिक सपिङ्ग भौचर जम्मा ५० जनालाई पर्ने गरि उडाइनेछ र प्रत्येक राउन्डमा १० जना बिजेता रहनेछ्न।

अन्य पुरस्कार

हङकङ डलर १ हजार बराबरको टाउन ग्यास इलेक्ट्रोनिक सपिङ्ग भौचर जम्मा २,५०० जनालाई पर्ने गरि उडाइनेछ र प्रत्येक राउन्डमा ५०० जना बिजेता रहनेछ्न।
यो इ- सपिङ्ग भौचरलाइ ग्यासको बिल तिर्नको लागि प्रयोग गर्न पाइदैन । यो भौचर अर्थात् कुपन ३० सेप्टेम्बर २०२२ साल सम्म भ्यालिड रहनेछ । पाँच राउन्ड हुने लक्की ड्रको मिति निम्न बमोजिम छ्न -अगस्ट महिना को २,१६,३० तारीख  र सेप्टेम्बर महिनाको १३ र २७ तारीख । सहभागीले एक पटक मात्र  नाम दर्ता गर्नु पर्छ। यदि सहभागीले कुनै पुरस्कार नजितेमा उसको नाम स्वतस्फूर्त अर्को राउन्डमा जादछ।

खोप लगाइसकेका उमेदवारले टाउन ग्यासको वेबसाईटमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन।  नाम दर्ता गर्न चाहनेले कम्तीमा एक डोज भ्याक्सिन लगाइसकेको हुनुपर्दछ। परमानेन्ट र नन परमानेन्ट ( हङकङ इम्प्लोइमेन्ट भिसा बाहक जस्तै डोमेस्टिक हेल्पर) दुबै किसिमका आइडी होल्डरले यो चिट्ठामा भाग लिन सक्नेछन् ।
लक्की ड्रको नतिजा चिट्ठा उडेको भोलिपल्ट सार्वजनिक गरिनेछ र विजेताहरुलाइ एसएमएस मार्फत व्यक्तिगत रूपमा खबर गरिनेछ।

अन्लाईन नाम रजिस्टर गर्ने समय अबधि
.२ तारीख जुलाई २०२१ साल बिहान १० बजे देखि  २६ तारिख  सेप्टेम्बर २०२१ साल ११:५९ पि एम (मध्यरात )।

वेबसाईट लिङ्क
https://luckydraw.towngas.com/

तपाईको प्रतिक्रिया