७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

अगस्टको अन्तसम्ममा दुबै डोज भ्याक्सिन ग्रहण गरेका स्थायी ,अस्थायी (वर्क भिसा भएका समेत जस्तै डोमेस्टिक हेल्पर) हङकङ बासिन्दाको लागि भाग्य चिट्ठामा भाग लिने अवसर चाइनाचेम ग्रुपले सिर्जना गरेकोछ ।  चाइनाचेम हङकङको एउटा लिडिङ प्रोपर्टी डिभलपर हो । यो भाग्य चिट्ठामा २ करोड १६ लाख ($२१,६००,०००) लागतको ३,६५० थान पुरस्कारहरु विजेताको लागि राखिएकोछ। जस अन्तर्गत होटेलमा बस्ने सुबिधा (hotel staycation) , ग्रुपको मातहत रहेका फुड ,बेभरेज र इन्टरटेन्मेट आउटलेटमा निशुल्क अफरहरु पाइने र क्यास भौचर रहेकाछ्न।

यो भाग्य चिट्ठाको लागि अन्लाईन रजिस्ट्रेसन जुलाई ५ तारीख बिहान ९ बजेबाट खुला भैसकेको छ। चिट्ठामा संलग्न हुन चाहनेसंग हङकङको मान्यता प्राप्त आइडी हुनु पर्दछ । अगस्ट ३१ तारीख २०२१ वा सो भन्दा अगाडि १८ वर्ष पुगेको हुनुपर्छ ।

सहभागीले कोभिड भ्याक्सिनको दुबै डोज ३१ तारीख अगस्ट वा सो भन्दा अगाडि हङकङमा लगाएको हुनुपर्छ । एक डोज मात्र लगाएको पुर्व संक्रमितले पनि भाग लिन पाउनेछन ।

सहभागीले लक्की ड्रको वेबसाईट मार्फत आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। र सेप्टेम्बर १ तारीख दिउँसो १२ बजेभित्र आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ।

सबै बिजेतालाई नाम दर्ता गर्दा लेखिएको फोन नम्बरमा एसएमएस र इमेलद्वारा पुरस्कारको बारेमा खबर गरिनेछ।

सेप्टेम्बर ८ तारीख २०२१ मा यो भाग्य चिट्ठा उड्नेछ। भाग्य चिट्ठाको नतिजा सेप्टेम्बर १७ तारीख २०२१ मा लक्की ड्र वेबसाईटमा र अंग्रेजी पत्रीका स्ट्यान्डर्डमा प्रकाशित गरिनेछ।

पुरस्कारको सुची देहाय बमोजिम छ्न।

१. निना होटेल (Ruxin Hotel) को स्टान्डर्ड  रुममा  दुई जनाले एक रात ब्रेकफास्ट , डिनर बफे सहित निशुल्क बस्न पाउनेछ। यो पुरस्कारको मुल्य हङकङ डलर १,००० हो।( आइतबार देखि बिहीबार सम्मको समयमा )

यो पुरस्कारको विजेता २,००० जना हुनेछन। यो पुरस्कारको कुल मुल्य हङकङ डलर २,०००,००० बराबरको हो।

२. हङकङ डलर १,००० बराबरको १,००० थान  सपिङ भौचर ( जसलाई चाइनाचेम ग्रुपद्वारा संचालित सपिङ मलहरुमा प्रयोग गर्न सकिन्छ)

यस पुरस्कारका विजेता १,००० जना हुनेछन ।यो पुरस्कारको कुल मुल्य हङकङ डलर १,०००,००० बराबरको हो।

३. निना होटेल (Ruxin Hotel)को लग्जरी सुइटमा दुई जनाले एक रात ब्रेकफास्ट , डिनर बफे सहित निशुल्क बस्न पाइने। यो पुरस्कारको मुल्य हङकङ डलर ३,००० हो।( आइतबार देखि बिहीबार सम्मको समयमा )

यो पुरस्कारका विजेता ५०० जना हुनेछ्न।।यो पुरस्कारको कुल मुल्य हङकङ डलर १,५००,००० बराबरको हो।

४. १,०० जनालाई  एक वर्षको लागि निशुल्क मुभी पास परिवारका चार सदस्य समाबेश गर्न सकिने। ( हङकङमा रहेका चाइनाचेमका कुनै पनि सिनेमा हलमा कुनै पनि चलचित्र निशुल्क हेर्न पाइन्छ)

यो पुरस्कारका विजेता १०० जना हुनेछ्न।।यो पुरस्कारको कुल मुल्य हङकङ डलर ८,८००,००० बराबरको हो।

५. निना होटेल(Ruxin Hotel)मा एक वर्ष डिनर बफे निशुल्क ५० जनालाई

यो पुरस्कारका विजेता ५० जना हुनेछ्न।।यो पुरस्कारको कुल मुल्य हङकङ डलर ८,३००,००० बराबरको हो।

नाम दर्ता गर्ने लिङ्क

https://luckydraw.chinachemgroup.com/

देहाय बमोजिमको ठेगानामा गएर फारम भर्नको लागि सहयोग लिन सक्नुहुन्छ ।

1. Concierge, G/F, Nina Hotel Kowloon East, 38 Chong Yip Street, Kwun Tong

2. Concierge, G/F, Nina Hotel Causeway Bay, 18 King’s Road, Causeway Bay

3. Concierge, 1/F, NINA MALL 1, No. 8 Yeung Uk Road, Tsuen Wan, New Territories

4. Concierge, 2/F, NINA MALL 2, No. 98 Tai Ho Road, Tsuen Wan, New Territories

5. Concierge, B1/F, Papillons Square, 21 Tong Chun Street, Tseung Kwan O, New Territories

6. Customer Service Counter, Shop L3-23, Lucky Plaza, 1 – 15 Wang Pok Street, Sha Tin, New Territories

7. Customer Service Counter, L3, Hilton Plaza, 3 – 9 Sha Tin Centre Street, Sha Tin, New Territories

8. Customer Service Counter, G/F, Paris London New York Cinema Shopping Centre, 139 Heung Sze Wui Road, Tuen Mun, New Territories

9. Customer Service Counter, L2, Fanling Town Centre, 18 Fanling Station Road, Fanling, New Territories

10. Customer Service Counter, L2, Sheung Shui Town Centre, 9 Chi Cheong Road, Sheung Shui, New Territories

तपाईको प्रतिक्रिया