११ जुलाई २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

प्रुडेन्सियल इन्स्योरेन्स  कम्पनीले हङकङ सरकारले अघि सारेको भ्याक्सिन अभियानलाई साथ दिन “कोभिड -१९ भ्याक्सिनेसन लक्की ड्र ” बजारमा ल्याएकोछ। गत जुन ८ तारीख २०२१ मा सार्वजनिक गरेको विमा सम्बन्धि यस ड्रको पहिलो पुरस्कारको विजेता १० जना  र दोस्रो पुरस्कारको विजेता १० जना हुनेछन।

पहिलो पुरस्कारमा प्रत्येक विजेताले १० वर्षे कम्प्लिमेन्टरी कभरेज फर प्रुहेल्थ भिएचआइएस भिआइपी स्वास्थ्य  विमा  प्लान प्राप्त गर्नेछ्न। यो १० वर्षे इन्स्योरेन्स प्लान अन्तर्गतको  विमाले कभर गर्ने प्रत्येक वर्षको  प्रोटेक्सन रकम हो हङकङ डलर $१२,०००,०००( एक करोड बीस लाख ) हो भने आजिवन कभर गर्ने रकम $ ५६,०००,०००( पाँच करोड साठी लाख) हो।

दोस्रो पुरस्कारमा प्रत्येक विजेताले १० वर्षे इन्डिभिजुअल कभर अफ प्रुचोइस ट्राभल इन्स्योरेन्स यात्रा  विमा प्राप्त गर्नेछ्न। जस अन्तर्गत हङकङ डलर $१,२००,०००(बाह्र लाख ) बराबरको उपचार खर्च र दुर्घटना विमा रहेकोछ।

यो लक्की ड्रमा भाग लिनको लागि प्रुडेन्सिएलको पल्स (pulse) भन्ने एप डाउनलोड गरेर त्यस मार्फत आफ्नो नाम दर्ता गर्नु पर्दछ। पल्सको होम पेजमा “कोभिड- १९ भ्याक्सिनेसन लक्की ड्र ” लाई सेलेक्ट गरेर बाकी दर्ताको प्रक्रिया पूरा गर्न सक्नु हुनेछ।

.यस भाग्य चिट्ठामा भाग लिनको लागि एक डोज भ्याक्सिन सेप्टेम्बर १५ का दिन वा सो भन्दा अगाडि लगाएको हुनु पर्दछ।

.सेप्टेम्बर १५ तारिख २०२१सम्ममा १८ बर्ष पुगेका हङकङ आइडी कार्ड बाहकले सहभागी हुन पाउँछन्।

.यो लक्की ड्र २७ तारीख सेप्टेम्बर २०२१ मा उडाइनेछ। विजेताको नामावली प्रुडेन्सिएलको कर्पोरेट वेबसाईट र सिङ ताउ डेलि र द स्टान्डर्डमा अक्टोबर ६ तारीख २०२१ का दिन प्रकाशन गरिनेछ।

लक्की ड्र लिङ्क
https://www.prudential.com.hk/en/promotion/covid-19-vaccination-lucky-draw/

कोभिड केयर फन्ड

प्रुडेन्सिएल कम्पनीले कोभिड -१९ फुल केयर फन्ड अन्तर्गत कोभिड संक्रमित अथवा कोभिड भ्याक्सिनको साइड इफेक्ट हुनेलाइ हङकङ डलर $१२०,००० सम्म अनुदान दिने भएको छ।
. यो फन्डको लागि आफ्नो नाम दर्ता गर्ने अबधि ३१ अगस्ट २०२१ सम्म रहेकोछ।
.अनुदानको लागि आवेदन दिने समय अबधि ३० सेप्टेम्बर २०२१ सम्म रहेको छ।

.कोभिड- १९ को भ्याक्सिन लगाएपछि त्यही खोपको प्रत्यक्ष असर भएको प्रमाणित भएमा पाउने अनुदान यश प्रकार छ।
१. अस्पतालमा बस्नुपर्ने स्थिति भएमा प्रत्येक दिन हङकङ डलर $१,००० को दरले १० दिन सम्म अनुदान रकम प्राप्त गर्नेछ।
२.प्रतिकुल असरका कारण मृत्यु भएमा पारिवारिक अनुदान अन्तर्गत परिवारले हङकङ डलर $ १००,००० अनुदान प्राप्त गर्नेछ ।
३. यदि संबंधित व्यक्ति अस्पतालमा काम गर्ने फ्रन्ट्लाइन स्वास्थ्यकर्मी हुन भने दैनिक अनुदान र पारिवारिक अनुदान दोब्बर पाउनेछ्न।
४. कोभिड संक्रमित भएमा एक चोटिको लागि हङकङ डलर $ १०,००० पीडितले अनुदानस्वरुप प्राप्त गर्दछ।

अनुदान कार्यक्रममा सहभागी हुन चाहनेले पल्स भन्ने प्रुदेन्सिएलको मोबाईल एप डाउनलोड गर्नु पर्दछ। त्यसपछि मेन मेनुको प्रु सोप ( PRU Shoppe) चुनेर “कोभिड – १९ भ्याक्सिन फुल केयर फन्ड” मा जानुपर्छ ।

केयर फन्ड लिङ्क
https://www.prudential.com.hk/en/promotion/covid-19-vaccine-full-care-fund/

तपाईको प्रतिक्रिया