१३ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

अष्ट्रेलियाको इन्डस्ट्रीयल प्रोपर्टी फर्म गुडमेन ग्रुप अन्तर्गतको गुडमेन एशिया लिमिटेड  हङकङ कार्यलयले हङकङ सरकारको कोभिड -१९ खोप योजनालाई सहयोग पुरयाउने हेतुले हङकङ डलर दस लाख भन्दा बढीको भाग्य चिट्ठा उडाउने घोषणा गत जुन ४ तारीख गरेको थियो ।


सन २००५ बाट हङकङमा  संचालित यो कम्पनीको गुडसट लक्की ड्रको अन्लाईन रजिस्ट्रेसन प्रक्रिया जुलाई १३ तारीख मंगलबार  बिहान १० बजेबाट शुरु भएकोछ । नाम दर्ता गर्ने अन्तिम म्याद २ तारीख सेप्टेम्बर रातको १२ बजे रहेकोछ। भाग्य चिट्ठा उड्ने दिन रहेकोछ  सेप्टेम्बर ३ तारीख २०२१। चिठ्ठाको नतिजा सेप्टेम्बर १० तारिख घोषणा हुनेछ र भाग्य चिट्ठाको वेबसाईट र द स्टान्डर्ड र सिङ ताउ डेलि पत्रीकामा नामावली प्रकाशित हुनेछ। विजेतालाई इमेल, टेलीफोन र एसएमएस द्वारा खबर गरिनेछ भनेर ग्रुपको वेबसाईटमा भनिएकोछ।

अगस्ट ३१ , २०२१ भित्रमा दुबै मात्रा खोप हङकङमा लगाइसकेका उमेरले सेप्टेम्बर २ तारीख वा सो भन्दा अगाडि १८ वर्ष पुगेका  हङकङका सबै आइडी होल्डरले   यो भाग्य चिट्ठामा सहभागी हुन पाउने छ्न। हङकङको मान्यता प्राप्त आइडी बाहक भित्र डोमेस्टिक हेल्पर समेत पर्दछ्न।
कोभिडद्वारा पुर्व संक्रमित रोगी हुन भने एक मात्रा खोप लगाएको हुनुपर्दछ।

यस भाग्य चिट्ठामा अन्य थुप्रै नगद भौचरको साथमा हङकङ डलर ६ लाख भन्दा बढी मुल्यको एउटा टेस्ला मोडेल- ३ लङ रेन्ज इलेक्ट्रीक  कार   राखिएकोछ। यस चिठ्ठामा विजेताको कुल संख्या ३० जना रहनेछ्न।

पुरस्कारको सुची

१. प्रथम पुरस्कार – टेस्ला मोडेल ३ लङ रेन्ज कार एक थान। (कारको मुल्य $६००,०००) ।
विजेताको संख्या  : १ जना।

२.दोस्रो पुरस्कार – हङकङ डलर $ २०,००० बराबरको लेन क्र्याफर्डका भौचर (कुल मुल्य :$८०,०००)
विजेताको संख्या : ४ जना

३. तेस्रो पुरस्कार – हङकङ डलर $२०,००० बराबरको डेरि फार्म भन्ने कम्पनी मातहतका अन्य कम्पनीको भौचर। ती हुन 7-Eleven को नगद भौचर – $५,००० , मेनिङ्सको नगद भौचर – $५,०००, मार्केट प्लेस बाइ जेसनको नगद भौचर $ ५,००० र वेलकमको नगद भौचर $५,०००। ( कुल मुल्य : $ ६०,०००)
विजेताको संख्या : ३ जना ।

४.चौथो पुरस्कार – $ १६,००० को डोन डोन डोनकी भौचर ( don don donki) ( कुल मुल्य $८०,०००)
विजेताको संख्या : ५ जना।

५. पाँचौ पुरस्कार  –  $ १५,००० को हाना- मुसुबी भौचर ( कुल मुल्य $६०,०००)
विजेताको संख्या : ४

६. छैटौं पुरस्कार – $ १५,००० को भिटासोए भौचर ( कुल मुल्य $४५,०००)
विजेताको संख्या : ३

७. सातौ पुरस्कार $१०,००० को हङकङ सनिङ( Hongkong suning) भौचर। ( कुल मुल्य $२०,०००)
विजेताको संख्या : २

८.आठौं पुरस्कार $ १०,००० को आइकिया भौचर।( कुल मुल्य $१०,०००)
विजेताको संख्या : १

९. नवौं पुरस्कार $१०,००० को इन्डिगो लिभिङ भौचर (कुल मुल्य $ १०,०००)
विजेताको संख्या : १

१०.दशौ पुरस्कार $ १०,००० को म्याक्सिम्स भौचर ( कुल मुल्य $२०,०००)
विजेताको संख्या : २

११. एघारौं पुरस्कार $१०,००० को सासा भौचर (कुल मुल्य २०,०००)
विजेताको संख्या – २

१२. बाह्रौं पुरस्कार $ १०,००० को टाभोलो किडस लिभिङ भौचर ( कुल मुल्य $१०,०००)
विजेताको संख्या – १

१३. तेह्रौं पुरस्कार $१०,००० को जारा भौचर( कुल मुल्य १०,०००)

लक्की ड्र लिङ्क

https://hkgoodshot.goodman.com/home

तपाईको प्रतिक्रिया