१४ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले आगामी अगस्ट २ तारीख २०२१ बाट हप्ताको एक दिन भाग्य चिठ्ठा उडाउने घोषणा गरेकोछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका हङकङ रेसिडेन्ट( स्थाइ, अस्थायी, डोमेस्टिक हेल्परको भिसामा भएका समेत) ले सासाले उडाउने हङकङ डलरप्रति विजेता २ हजार   नगद ( क्यास) भौचर जित्नको लागि यस भाग्य चिट्ठामा भाग लिन पाउनेछ्न। पुर्व कोभिड संक्रमितले एक डोज भ्याक्सिन लगाएको हुनु पर्दछ।


यसका विजेताहरुले एक वर्षको लागि सासा भिआइपी मेम्बरसीप पनि  निशुल्क पाउनेछन।


महामारीसंग लड्न भइ रहेको  सामुदायिक प्रयासमा एक्यवद्धता जनाउन र अधिकतम मानिसलाई खोप लाउन उत्साह मिलोस भनेर यो कदम उठाएको कुरा विज्ञप्तिमा उल्लेख थियो ।

सासाले कुल हङकङ डलर १० लाख बराबरको चिट्ठा उडाउने हो । प्रत्येक हप्तामा एक चोटि उड्ने यो चिट्ठामा प्रत्येक चोटि हङकङ डलर $१००,०००(एक लाख)बराबरको नगद कुपन पुरस्कारहरु विजेताहरुलाई वितरण गरिनेछ र  चिठ्ठा  दस हप्ता सम्म चल्नेछ ।

.१८ वर्ष पुगेका खोपको दुवै मात्रा लगाएका सहभागीले  सासाको मोबाइल एप Sasa eShop को मेम्बर हुन पर्दछ।

.अन्लाईन रजिस्ट्रेसन जुलाई १२ तारीख दिउँसो १२ बाट खुलेकोछ। रजिस्ट्रेसन बन्द हुने मिति हो सेप्टेम्बर ३० तारीख २०२१ दिउसो १२ बजे।

.योग्यता पुगेका सहभागीले यो वेबसाईटबाट आफ्नो नाम दर्ता गर्न सक्नेछन्
https://vaccine.sasaluckydraw.com

.योग्य सहभागीले सासा स्टोरमा गएर नाम दर्ता गर्नको निम्ति सहयोग माग्न सक्नेछ्न।

लक्की ड्र र पुरस्कार
.निरन्तर १० हप्ता सम्म प्रत्येक सोमबार आगामी अगस्ट महिनाबाट भाग्य चिठ्ठा उडाइनेछ। पहिलो चिट्ठा अगस्ट २ तारीख २०२१ मा र अन्तिम चिट्ठा अक्टोबर ४ तारीख २०२१ मा उड्नेछ।

.सहभागीले एक पटक मात्र विजयी हुन पाउनेछ्न।

.कम्प्युटर सिस्टमबाट ५० जना विजयी घोषणा गरिनेछ उक्त साप्ताहिक लक्की ड्र मा।

.प्रत्येक विजेताले हङकङ डलर $२,००० को नगद कुपन र भिआइपी मेम्बरसीप प्राप्त गर्नेछ्न।

.चिट्ठाको नतिजा प्रत्येक मंगलबार सासाको फेसबुक पेजमा र भ्याक्सिन लक्की ड्र वेबसाईटमा प्रकाशित हुनेछ।
https://vaccine.sasaluckydraw.com


.दशै साप्ताहिक भाग्य चिट्ठाको विजेताको विवरण १३ अक्टोबर २०२१ का दिन स्थानीय पत्रीका स्टान्डर्ड र सिङ थाउ डेलिमा प्रकाशित हुनेछ।

.विजेतालाई चिट्ठा उडेको  सात दिन भित्र वाटसएप वा एसएमएसबाट खबर गरिनेछ।



 

तपाईको प्रतिक्रिया