१५ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङको साइनो युनाइटेड पब्लिसिङ कम्पनीले दस जना भ्याक्सिन चिट्ठाका विजेतालाई जनही हङकङ डलर $१०,००० को  दरले प्रथम पुरस्कारको रुपमा  पुस्तक कुपन  बितरण गर्ने भएकोछ।

दोस्रो पुरस्कार प्राप्त गर्ने विजेताको संख्या १,९०० जना हुनेछन जसले जनही पुस्तक कुपन $ १,००० पाउनेछ्न।

पुरस्कारमा लगानी हुने कुल रकम हङकङ डलर $२० लाख रहेकोे छ। बुक कुपनलाई  कम्पनीको बुक स्टोरहरु सन्लियन बुकस्टोर,जोङ्ह्वा बुकस्टोर र कमर्सियल प्रेसमा विभिन्न किताब र सांस्कृतिक सरसमान किन्न प्रयोग गर्न सकिनेछ ।

कम्तीमा एक डोज कोभिड भ्याक्सिन लगाएका १८ वर्ष पुगेका सम्पूर्ण हङकङका वासिन्दाले यस भाग्य चिट्ठामा भाग लिन पाउनेछ्न।

भाग्य चिट्ठा दुई चरणमा सम्पन्न हुने भएकोछ। पहिलो चरणको चिट्ठाको रजिस्ट्रेसन अवधि जुलाइ ९ तारीख बाट जुलाई ३१ तारीख सम्म रहेकोछ। पहिलो चरणको चिट्ठा  अगस्ट ६ तारीख २०२१ मा उड्नेछ जसमा प्रथम पुरस्कार  विजेता  ५ जना हुनेछ्न भने दोस्रो पुरस्कार विजेता ९५० जना हुनेछन् ।
दोस्रो चरणको रजिस्ट्रेसन अवधि अगस्ट १ तारीख बाट अगस्ट ३१ तारीख सम्म हुनेछ। दोस्रो चरणको चिट्ठा सेप्टेम्बर ७ तारीख २०२१ मा उड्नेछ जसमा प्रथम पुरस्कार  विजेता  ५ जना हुनेछ्न भने दोस्रो पुरस्कार विजेता ९५० जना हुनेछन् ।

पहिलो चरणको चिट्ठामा पुरस्कृत हुन असफल सहभागीको नाम स्वत दोस्रो चरणमा जादछ तर पहिलो चरणमा पुरस्कार हात लगाएका सहभागीले दोस्रो चरणमा सहभागी हुन पाउदैन ।

लक्की ड्रमा पुरस्कृत हुनेको नामावली लक्की ड्र वेबसाईटमा राखिनेछ। पहिलो ड्रको नतिजा अगस्ट १३ तारीख २०२१  मा र दोस्रो ड्रको नतिजा सेप्टेम्बर १५ तारीख २०२१ मा प्रकाशित हुनेछ।
http://vaccine.mybookone.com.hk

नतिजा स्थानीय पत्रीका स्टान्डर्ड र सिङ ताउ डेलिमा पनि प्रकाशित हुनेछ।
सहभागीले एकपटक आफ्नो नाम दर्ता गर्दा हुन्छ।

लक्की ड्र लिङ्क

https://vaccine.mybookone.com.hk/en/register

तपाईको प्रतिक्रिया