१७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङको थ्रीएचके अर्थात हचिसन टेलिफोन कम्पनी लिमिटेड  भन्ने टेलकमले दुबै मात्रा कोभिड सुइ लगाएका हङकङ वासिन्दाको लागि हङकङ डलर $ एक करोड ( 10million ) भन्दा बढी लागतको विभिन्न पुरस्कार राखेर भाग्य चिट्ठा उडाउने भएकोछ।

अगस्ट ३१ , २०२१ भित्रमा दुबै मात्रा खोप हङकङमा लगाइसकेका उमेरले अगस्ट ३१ तारीख वा सो भन्दा अगाडि १८ वर्ष पुगेका  हङकङका सबै आइडी होल्डरले   यो भाग्य चिट्ठामा सहभागी हुन पाउने छ्न।

अन्लाईन रजिस्ट्रेसन जुलाई १२ तारीख बाट शुरु भएर सेप्टेम्बर १५ तारीख २०२१ अपरान्ह ५:५९ बजे बन्द हुदछ। २४ सेप्टेम्बर २०२१ दिउँसो १२ बजे लक्की ड्र उड्नेछ। लक्की ड्रको नतिजा सेप्टेम्बर ३० तारीख कम्पनीको वेबसाईट , स्थानीय पत्रीका स्टान्डर्ड र सिङ ताउ डेलिमा प्रकाशित हुनेछ।

यो भाग्य चिट्ठा तीन किसिमको रहेकोछ। दुई किसिमको मा चाहिँ टेलकमका ग्राहकले मात्र भाग लिन पाउँछन्। ती दुई किसिमका पुरस्कार हुन – १.हेन्डसेट खरिद गर्दा $ ८०० डिस्काउन्ट ( रजिस्ट्रेसन कोटा १०,००० जना) र  २. एक्स्ट्रा ३३ जिबि बराबरको लोकल डाटा पाउने ( रजिस्ट्रेसन कोटा १०,००० जना)

तेस्रो किसिमको चिट्ठामा भने १२८ जिबिको  आइफोन १२ प्रो ३३ वटा ३३ जना विजेताको लागि राखिएकोछ जसमा जोकोहीले भाग लिन सक्छन।
3hk का ग्राहकले भने तीन वटै पुरस्कारकोलागि फारम भर्न पाउनेछन।

लक्की ड्र लिङ्क
https://www.three.com.hk/3Care/jabso/index-en.html

तपाईको प्रतिक्रिया