१७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले चालेको कोभिड खोप अभियानलाई सफल पार्न के. वाह इन्टरनेसनलले जुलाई ६ तारीखबाट नै खोप लगाइ सकेकाले सहभागी हुन पाइने भाग्य चिट्ठा संचालनमा ल्याइसकेकोछ।
हप्ताको एक चोटिको दरले जम्मा ८ हप्ता  उडाइने यो चिट्ठाको पहिलो हप्ताको चिठ्ठा गत जुलाई १३ तारीख सम्पन्न भैसकेको छ। जसको नतिजा जुलाई १९ तारीख सार्वजनिक हुनेछ ।

दोस्रो हप्ताको चिट्ठा
जुलाई १२ तारीख देखि १८ तारीख जुलाई सम्ममा खोप लाउनेको लागि  उड्ने चिट्ठाको रजिस्ट्रेसन खुला भएकोछ।
चिट्ठा उड्ने मिति : २० जुलाई २०२१
नतिजा घोषणा : २६ जुलाई २०२१

तेस्रो हप्ताको चिट्ठा
१९ जुलाई देखि २५ जुलाई भित्र खोप लाउनेले यो हप्ताको चिट्ठामा सहभागी हुन सक्छ्न।
चिट्ठा उड्ने मिति : २७ जुलाई २०२१
नतिजा घोषणा : २ अगस्ट २०२१
चौथो हप्ताको चिट्ठा
२६ जुलाई देखि १ अगस्ट भित्र खोप लाउनेले यो हप्ताको चिट्ठामा सहभागी हुन सक्छ्न।
चिट्ठा उड्ने मिति : ३ अगस्ट  २०२१
नतिजा घोषणा : ९ अगस्ट २०२१

पाँचौ हप्ताको चिट्ठा
२ अगस्ट देखि ८अगस्ट  भित्र खोप लाउनेले यो हप्ताको चिट्ठामा सहभागी हुन सक्छ्न।
चिट्ठा उड्ने मिति : १० अगस्ट  २०२१
नतिजा घोषणा : १६ अगस्ट २०२१

छैटौं  हप्ताको चिट्ठा
९ अगस्ट देखि १५ अगस्ट  भित्र खोप लाउनेले यो हप्ताको चिट्ठामा सहभागी हुन सक्छ्न।
चिट्ठा उड्ने मिति : १७ अगस्ट  २०२१
नतिजा घोषणा : २३ अगस्ट २०२१

सातौं हप्ताको चिट्ठा
१६ अगस्ट देखि २२ अगस्ट  भित्र खोप लाउनेले यो हप्ताको चिट्ठामा सहभागी हुन सक्छ्न।
चिट्ठा उड्ने मिति : २४ अगस्ट  २०२१
नतिजा घोषणा : ३० अगस्ट २०२१

आठौं हप्ताको चिट्ठा
२३ अगस्ट देखि २९ अगस्ट  भित्र खोप लाउनेले यो हप्ताको चिट्ठामा सहभागी हुन सक्छ्न।
चिट्ठा उड्ने मिति : ३१ अगस्ट  २०२१
नतिजा घोषणा : ६ सेप्टेम्बर  २०२१

चिट्ठाका नतिजाहरु स्थानीय पत्रीका सिङ थाउ डेलि र स्टान्डर्ड मा प्रत्येक सोमबार प्रकाशित हुनेछ।

जम्मा  हङकङ $ १० लाखको बराबरको लागतमा तयार पारीएका  इ- कुपनहरु विजेतालाई पुरस्कारको रूपमा प्रदान गरिनेछ। जुन कुपनलाई इन्टरकन्टिनेन्टल ग्रान्ड स्टानफोर्ड होटेल हङकङमा डिनरको लागि प्रयोग गर्न सकिनेछ ।
१२ वर्ष पुगेका र सो उमेर भन्दा माथीका हङकङका स्थाइ र अस्थायी बासिन्दा जसले एक वा दुई खोपको मात्रा लगाइसकेको छ जुलाई ६ तारीख देखि अगस्ट २९ तारीख २०२१ सम्ममा उसले यस चिट्ठामा भाग लिन सक्नेछ । प्रत्येक सहभागीले एक पटक मात्र यस चिट्ठामा भाग लिन पाउनेछ्न।
पुरस्कारहरु
.प्रत्येक विजेताले हङकङ डलर $ २,००० बराबरको इन्टरकन्टिनेन्टल ग्रान्ड स्टानफोर्ड हङकङ होटेलको डाइनिङ इ – कुपन प्राप्त गर्नेछ्न। जुन इ – कुपनलाई निम्न बमोजिमको पुरस्कार मध्ये एउटाको लागि प्रयोग गर्न सकिनेछ।
१.डिनर बफे चार जनाको लागि क्याफे अन एममा
२. होइ किङ हिन मास्टर सेफको गिफ्ट हेम्पर
३.समर रोस्ट विद  ल्याम्ब एन्ड स्प्रीङ चिकेन( टेक अवे)
४.समर रोस्ट वीद सर्लोइन अफ बिफ ( टेक अवे)
५.समर रोस्ट वीद रिब आइ अफ बीफ ( टेक अवे)
६.थेओ रेन्डल्स सिग्नेचर मेनु ( होम कुकिङ कीट)

लक्की ड्र लिङ्क

https://kwahcaresvaccination.kwih.com/Home/default.aspx

तपाईको प्रतिक्रिया