धरान – मेलिना मैनाली पछि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्ड बाट बाहिरिएकी अर्की गायिका सुदिता राई लाई पनि आफ्नो बाचा अनुरुप राई इज किङ्ग राजेश पायल राईले आफ्नो संगीतमा युगल गीत गाउने मौका दिएका छन्।
गीत रेकर्डिङ्ग संगै राजेश पायल राई र सुदिता राई को आवाज

मा सजिएको ‘लगन’ गीतको  भिडियो समेत सार्वजनिक गरिएको छ ।प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई पृथक रेकर्ड्स स्टुडियोमा अनिल अधिकारी र विबेक रानापाहेलीले रेकर्डिङ साथै गीतलाई राजु कार्कीलेनै मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गीतमा गिटार सन्जिव सुब्बाले गिटार र रत्न विकले बाँसुरी बजाउनु भएको हो भने गीतको कोरसमा गायिका द्वय दिपा तामाङ र संगीता रानापाहेलीले स्वर दिनु भएको छ भने भिडियो छायांकन म

नोज राई र दुर्गा बान्तवा राई गरेका हुन् भने भिडियो सम्पादन मनोज राईलेनै गरेका हुन्।

गायक राजेश पायल राईको आफनै अफिसियल यु–ट्युब च्यानलमार्फत शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिएको उक्त भिडियो कतारमा समेत अहिले ट्रेन्डीङ्गमा रहेको छ भने मेलिना मैनालीसंगको गीत चोरी भो पनि सार्वजनिक भएको १० दिनपछि पनि अहिलेसम्म ट्रेन्डीङ्गमा रहेको छ।
भिडियो लिंक :

तपाईको प्रतिक्रिया