१८ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा कोभिड – १९ को भ्याक्सिन कार्यक्रम संचालन भएको २६ तारीख फेब्रुअरी २०२१ बाट  हो। आज जुलाई १८ तारीख सरकारले चालेको यो अभियान शुरु भएको १४३ दिन भयो।

.हङकङमा खोप लगाउनेको कुल संख्या : ४,७७१,३७९

.पहिलो मात्रा लाउनेको कुल संख्या :२,७९०,३५८(४१.०%)

.दोस्रो मात्रा लाउनेको कुल संख्या :१,९८१,०२१(२९.१%)

.हालमा दैनिक खोप लाउनेको औसत संख्या :६३,३४२

.गत सात दिन देखि चलेको दैनिक खोप लाउनेको दर : ६१,३६९

.दैनिक पहिलो मात्रा भ्याक्सिन लाउनेको संख्या :२६,५७२
.दैनिक दोस्रो मात्रा भ्याक्सिन लाउनेको संख्या :३६,७७०

साइनोभ्याक भ्याक्सिन
.पहिलो मात्रा लाउनेको संख्या : १,१३७,९००
.दोस्रो मात्रा लाउनेको संख्या :८१८,५००
.कुल संख्या : १,९८१,०००

बायोन्टेक भ्याक्सिन
.पहिलो मात्रा लाउनेको संख्या : १,६५२,५००
.दोस्रो मात्रा लाउनेको संख्या :१,१६२,५००
.कुल संख्या : २,७९०,४००

गत २४ घन्टाको भ्याक्सिन ग्रहण तथ्यांक

साइनोभ्याक भ्याक्सिन
.पहिलो मात्रा लिनेको संख्या : ७,६००
.दोस्रो मात्रा लिनेको संख्या :१४,२००
.बुकिङको आधारमा खोप केन्द्रमा खोप लिनेको आकडा प्रतिशतमा: ९८%
.दुवै डोजको अन्लाईन बुकिङ संख्या :३,९००

बायोन्टेक भ्याक्सिन
.पहिलो मात्रा लिनेको संख्या : १९,०००
.दोस्रो मात्रा लिनेको संख्या :२२,५००
.बुकिङको आधारमा खोप केन्द्रमा खोप लिनेको आकडा प्रतिशतमा: ९९%
.दुवै डोजको अन्लाईन बुकिङ संख्या:२७,३००

जन कल्याण मन्त्री पेट्रीक निपले आजको एक रेडियो कार्यक्रममा बोल्दै भने यसरी नै दिनको ३० हजारको दरले पहिलो डोज भ्याक्सिन ग्रहण हुने क्रम जारी रहयो भने एक महिना भित्र भ्याक्सिन लाउने मानीसको संख्या १० लाख पुग्छ र दुई महिनाको अबधिमा करिब २० लाख मानिसले भ्याक्सिन लाई सक्छ्न।फलस्वरूप भ्याक्सिन दरले ७०% नाघ्छ।

सिमानाकाहरु खुल्ला गर्नको निम्ति पनि खोपकरण अति आवश्यक भएको कुरामा उनले जोड दिए।

हङकङसंग अझै कोमिनार्टी बायोन्टेक जर्मन भ्याक्सिनको ४ लाख डोज स्टक रहेको कुरा पनि निपले जानकारी दिए।

हङकङको खोप केन्द्रहरु यहि अगस्टको अन्तिम सम्म मात्र संचालन हुने कुरा भएता पनि अहिलेको बुकिङ गर्नेको संख्या बढेको देख्दा भविस्यको स्थिति हेरेर सरकारले कुनै व्यवस्था गर्ने कुरा उनले बताए।

भ्याक्सिन लगाइसकेका हङकङका नागरिक जो उच्च जोखिमपूर्ण देशमा रहेकाछ्न उनीहरुलाई सरकारले हङकङ आउन अनुमती दिने कुरा चलेको छ त्यसबारे खास तथ्य के हो भनेर सोध्दा उनले भने ” सरकार आफै अहिले अन्योलमा छ। एकातिर हामी विदेशमा अडकिएका हङकङ नागरिकलाई भित्र्याउन चाहन्छौं भने अर्कोतिर बाहिरबाट आउने केसलाइ रोक्न चाहन्छौं । यसबारेमा खाद्य तथा स्वास्थ व्युरोले गृहकार्य गरिरहेकोछ।”

खाद्य तथा स्वास्थ्य मन्त्री सोफिया च्यानले हिजो जुलाई १७ तारीख सुइ लाउनेको संख्या सेप्टेम्बरभित्र ५० प्रतिशत पुग्ने कुरा बताएकी थिइन।

सरकारले भ्याक्सिन ग्रहण गराउने फरक विकल्प अपनाएपछी नागरिकहरुको भ्याक्सिन लाउने परिमाणमा ह्वात्तै वृद्धि भएको कुरा उनले बताइन। उनका अनुसार एकै महिनामा पहिलो डोज लाउनेको संख्या २५% प्रतिशत बाट बढेर ४०% प्रतिशत नाघेको छ।

भ्याक्सिन दर अझै बढ्दै जान्छ र भविस्यमा इभन ७० देखि ८० प्रतिशत सम्म पुग्नेछ र हङकङले हर्ड इम्युनिटी अर्थात सामुहिक प्रतिरोधात्मक क्षमता प्राप्त गर्नेछ च्यानले बताइन।

कोमिनार्टी भ्याक्सिनको ८६०,००० डोज हङकङ आइपुग्यो

बायोएन्टेक कम्पनीले बनाएको कोमिनार्टी भ्याक्सिन जर्मनीको बाक्स्टर स्थित प्लान्टमा पुर्ण रूपमा प्याक भै आज आइतबार १८ तारीख चाइनाको वितरक कम्पनी फुसान फार्मा मार्फत हङकङ आइपुगेको छ।

आजको कोभिड केस

आज हङकङमा दुइटा आयातित केस थपिएकोछ। आजको केस समेत गरेर संक्रमित संख्या ११,९५९ पुगेकोछ।

आजको आयातितमा एक जना अमेरिका बाट आएका ७५ वर्षका पुरुष र एक २५ वर्षकि बंगलादेशबाट आएकी महिला परेकी छिन। दुबै जना रोगीमा कोभिड लक्षण देखिएको थिएन ।

गएको १४ दिन भित्रको अवधिमा हङकङमा १७ कोभिड केस दर्ज भएकोछन जसमा १६ जना आयातित र एक जना आयातितसंग संबंधित केस रहेकोछ।

तपाईको प्रतिक्रिया