१८ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले आफ्नो नागरिकलाई महामारी अनुदान स्वरुप जनही $ ५ हजार डलर  बराबरको किनमेल भौचर दिने योजना अन्तर्गत यही अगस्ट १ तारीख ५० लाख भन्दा बढी नागरिकले पहिलो किस्ता हङकङ डलर $२,००० को इ-भौचर प्राप्त गर्ने कुरा अर्थ मन्त्री पल च्यान मो पोले बताएकाछ्न।

यो उपभोग्य भौचरको लागि आवेदन खुलेको २ हप्ताको अवधिमा साठी लाख दस हजार मानिसले नाम दर्ता गराएको कुरा मन्त्रीले आफ्नो व्लगमा लेखेका छ्न। यस पटक भुक्तानी प्राप्त गर्नेहरु जुलाई १७ तारीख भित्र अनलाइन फारम भर्नेहरु हुन।

भौचरको लागि फारम भर्दा कतिपयले आइडि बुझिलिएको मिति गलत लेखेको कुरा पनि उनले उल्लेख गरेकाछ्न।

स्मरण रहोस, अगस्ट १४ तारीख भित्र सम्पूर्ण योग्य नागरिकले भौचरको लागि आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ ।

यो वर्षबाट स्थानीय अर्थतन्त्र पनि सुधार हुन थालेको उनले बताए। उनले भने ” बेरोजगारको दर पनि ७.२ प्रतिशतबाट घटेर यो मे महिनामा घटेर ६ प्रतिशत पुगेकोछ।”

तपाईको प्रतिक्रिया