१९ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

काम कि क्याफेले हङकङलाई कोभिड – १९ प्रुफ बनाउन जनसमुदायले यथाशीघ्र कोरोना विरुद्ध खोप लगाउन भनेर एक अनौठो किसिमको भाग्य चिट्ठा शुरु गरेकोछ। यो चिट्ठाको पुरस्कारमा लगानी हुने रकम हङकङ डलर $ ३८ लाख रहेकोछ।
हङकङको मान्यता प्राप्त आइडी बाहक जोकोहीले हङकङमा खोपको दुबै मात्रा लगाइसकेका छ्न भने आफ्नो नाम अन्लाईन मार्फत दर्ता गर्न सक्छ्न। सहभागीले अगस्ट ३१ भित्र दुबै मात्रा खोप लगाइसकेको हुनु पर्दछ।
प्रत्येक योग्य सहभागीले जुलाई १३ तारीख देखि अगस्ट ३१ तारीख भित्र नाम दर्ता गराइ सक्नु पर्नेछ। नाम दर्ता गर्दा सहभागीले कम्तीमा हङकङ डलर ५० लि काम कि क्याफे रेस्टुरेन्टमा खर्च गरेको रसिद अप्लोड गर्नु पर्दछ। एउटा ५० डलरको रसिदले एक पटक सहभागी हुन पाइन्छ भने दुईवटा रसिदले दुई पटक सहभागी हुन पाइन्छ। ( डेलिभरी वा पिक अप गर्दा पैसा तिरेको रसिद स्वीकार्य हुनेछैन)

सेप्टेम्बर ३ तारीख उडाइने यो चिट्ठाका पुरस्कारहरु निम्न बमोजिम छ्न।

१.प्रथम पुरस्कार (१ जना विजेता )
यस भाग्य चिट्ठाको प्रथम पुरस्कार विजेता एक जना हुनेछ्न। जसले काम कि क्याफेमा जुनिभरको लागि निशुल्क खाना खान पाउनेछ । प्रती महिना हङकङ डलर$ ३,००० भन्दा बढीको खाना खान पाइनेछैन।

२.दोस्रो पुरस्कार ( दुई जना विजेता )
यो पुरस्कारको विजेताले एक वर्षभरी निशुल्क खाना काम कि क्याफेमा खान पाउँछ। तर प्रती महिना हङकङ डलर$ ३,००० भन्दा बढीको खाना खान पाइनेछैन।
३. तेस्रो पुरस्कार ( ३ जना विजेता )
यो पुरस्कार विजेताले ३ महिनासम्म काम कि क्याफेमा निशुल्क खाना खान पाउनेछ। तर प्रती महिना हङकङ डलर$ ३,००० भन्दा बढीको खाना खान पाइनेछैन।

४. लक्की ड्रमा सहभागी सबैले $ १० हङकङ डलरको इ- क्यास भौचर प्राप्त गर्नेछ्न।

.लक्की ड्रको नतिजा सेप्टेम्बर ७ तारीखका दिन काम कि क्याफेको फेसबुक पेज,सिङ थाउ डेलि र स्टान्डर्डमा प्रकाशित हुनेछ।

लक्की ड्र रजिस्ट्रेसन लिङ्क

https://www.kamkee.com.hk/vaccinationprizedraw_july/KKC-ENG.html

तपाईको प्रतिक्रिया