२० जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल तुल्याउन जुन ८ तारिख हङकङका सबैभन्दा धनी व्यक्ति लि का शिङले हङकङ डलर २ करोड (hk$20 million ) बराबरको भाग्य  चिट्ठा दुबै डोज भ्याक्सिन लगाउनेका लागि उडाउने घोषणा गरेका थिए जसको अनलाइन रजिस्ट्रेसन प्रक्रिया खुला भैसकेको छ जुलाई २० तारीख मंगलबारबाट ।

भाग्य चिट्ठाको लागि नाम दर्ता गर्नु पर्ने अन्तिम मिति रहेको छ सेप्टेम्बर १० तारीख २०२१ राति १२ बजे सम्म ।

यो  चिट्ठाको आयोजकमा सिके ग्रुप लिमिटेड रहेकोछ। यस भाग्य चिट्ठाका प्रायोजक कम्पनीहरु निम्न रहेका छ्न – सिके हचिसन होल्डिङ लिमिटेड , च्यङ कोङ होल्डिङ्स लिमिटेड ग्रुप  र लि का सिङ फाउन्डेसन/ याङ्जी रिभर ग्रुप ।

पुरस्कार

१. प्रथम पुरस्कार (ज्याकपोट) – विजेताको संख्या : १
     हङकङ डलर  $५,०००,००० (पचास लाख )को  भौचर
      (चाङ्जियाङ ग्रुप सेलेक्टेड गिफ्ट भौचर कम्बो)

२. दोस्रो पुरस्कार  – विजेताको संख्या : २
     हङकङ डलर  $३,०००,०००(३० लाख ) को भौचर
       (चान्जियाङ ग्रुप सेलेक्टेड गिफ्ट भौचर कम्बो)

३. तेस्रो पुरस्कार  – विजेताको संख्या – ३
     हङकङ $१,०००,००० (दस लाख )को भौचर
          (चान्जियाङ ग्रुप सेलेक्टेड गिफ्ट भौचर कम्बो)

४. चौथो पुरस्कार  – १० वटा पुरस्कार
     हङकङ डलर $ ५००,०००(पाँच लाख) को भौचर
       (चान्जियाङ ग्रुप सेलेक्टेड गिफ्ट भौचर कम्बो)

५.पाँचौ पुरस्कार  – २० वटा पुरस्कार
     हङकङ डलर $५०,०००(पचास हजार ) को भौचर
    (चान्जियाङ ग्रुप सेलेक्टेड गिफ्ट भौचर कम्बो)

.भाग्य चिट्ठा उड्ने दिन : सेप्टेम्बर १३ तारीख २०२१

.चिट्ठाको नतिजा घोषणा हुने दिन : सेप्टेम्बर २० तारीख २०२१  । नतिजा चिट्ठाको वेबसाईट , हङकङ इकोनोमिक जर्नल , सिङ ताउ र स्टान्डर्ड मा प्रकाशित हुनेछ।

.३६ वटा पुरस्कारलाई एकै राउन्डमा उडाइनेछ।

३१ तारीख अगस्ट भन्दा अगाडि दुबै डोज भ्याक्सिन लगाएका , उमेरले १८ वर्ष नाघेका , हङकङका सबै मान्यता प्राप्त  आइडी होल्डर ( डोमेस्टिक हेल्पर समेत )ले यस भाग्य चिट्ठामा भाग लिनको लागि आफ्नो नाम दर्ता गर्न सक्नेछन। पुर्व संक्रमितले एक डोज भ्याक्सिन लगाएको हुनुपर्छ ।

.पुरस्कारमा प्राप्त भौचरलाइ च्यङ कोङ डिभलपमेन्ट अन्तर्गतको कुनै पनि प्रोपर्टी खरिद गर्नको लागि प्रयोग गर्न सकिनेछ।

. भौचरलाई च्यङ कोङ ग्रुप गिफ्ट भौचरहरुलाइ च्यङ कोङ ग्रुप अन्तर्गतको कुनै पनि ब्रान्डका सामानहरु खरिद गर्नको लागि प्रयोग गर्न सकिनेछ।

.बिजेताहरुले भौचरलाइ निम्न कम्पनीको समान तथा सेवाहरु खरिद गर्न सक्नेछ्न –
.पार्कएनसोप
. वाटसन
.वाटसन वाइन सेलर
. फोर्ट्रेस
.३हङकङ
.हार्वर प्लाजा इन्टरनेसनल होटल ग्रुप
.च्यङ कङ होल्डिङ्स ग्रुप अन्तर्गतका सपिङ मलका दोकानहरुमा

लक्की ड्रको लिङ्क

https://www.ck-lksf-supportvaccine.hk/en/

तपाईको प्रतिक्रिया