२३ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

चाइनिज गोल्ड एन्ड सिल्भर एक्स्चेन्ज कम्पनीले आफ्नो ११०औं वार्षिकोत्सबको उपलक्ष्यमा भ्याक्सिन भाग्य चिट्ठा उडाउने भएकोछ। खोप लगाऔं र खस्किएको अर्थतन्त्रलाई पुनर्जीवित तुल्याऔं भन्ने नाराका साथ खोपकरणमा जनसमुदायको सहभागिता अधिक रहोस भनेर आयोजना गरिएको यो भाग्य चिट्ठामा नाम दर्ता गराउने प्रक्रिया जुलाई १९ बाट खुला भैसकेको छ।

सेप्टेम्बर २९ तारीख अपरान्ह ५:३० बजे नाम दर्ता गर्ने म्याद सकिनेछ।

सेप्टेम्बर २९ तारीख वा सो भन्दा अगाडि १८ वर्ष पुगेका, मान्यता प्राप्त हङकङको स्थायी र अस्थायी परिचयपत्र वाहक , सेप्टेम्बर २९ तारीखका दिन वा सो भन्दा अगाडि दुबै डोज भ्याक्सिन हङकङ भित्र लगाएका, पुर्व संक्रमित हुन भने एक मात्रा लगाएकाले यो भाग्य चिट्ठामा भाग लिन सक्नेछ्न।
यस चिट्ठामा सहभागी कुनै पनि सहभागीले कुनै एउटा पुरस्कार जितेमा उसले त्यस पछि हुने अन्य राउन्डमा सहभागी हुन पाउने छैन।

यो भाग्य चिट्ठा अगस्ट १८ तारीखबाट दैनिक ३१ दिन सम्म उड्नेछ। ३१औं अर्थात अन्तिम दिनको चिट्ठा  सेप्टेम्बर ३० तारीख उडनेछ जसमा १८ थान पुरस्कार उडाइनेछ। सेप्टेम्बर २९ तारीखका दिन   दुई मात्रा लगाउनेले यसमा भाग लिन सक्नेछ्न।

यो चिट्ठाका कुल विजेताको संख्या ११० जना हुनेछ्न र प्रत्येकले पुरस्कारको रूपमा २० ग्राम (२ तोला )बराबरको  गोल्ड मेडल (20 grams,999.9 gold) प्राप्त गर्नेछ्न। एउटा मेडलको मुल्य हङकङ डलर १० हजार पर्दछ। यो चिट्ठाको कुल लागत हङकङ डलर ११ लाख  हो।

.भाग्य चिट्ठाको नतिजा ८ तारीख अक्टोबर २०२१ का दिन वेबसाईटमा अंग्रेजी पत्रीका स्टान्डर्ड र चाइनिज पत्रीका हङकङ इकोनोमिक जर्नलमा प्रकाशित हुनेछ।
.विजेतालाई व्यक्तिगत रूपमा फोन र एसएमएस मार्फत चिट्ठा उडेको १० दिन भित्र खबर गरिनेछ।

नाम दर्ता गर्ने लिङ्क

https://cgsegoldendraw.com/

तपाईको प्रतिक्रिया