२६ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

द हङकङ एसोसिएसन अफ बैंकले हङकङ सरकारले चालेको व्यापक खोपकरण अभियानलाई साथ दिन हङकङ डलर ६५ लाख बराबरको पुरस्कार भाग्य चिट्ठा मार्फत कोभिड खोप लाउनेलाई हस्तान्तरण गर्ने भएकोछ। जुन भाग्य चिट्ठाको अन्लाईन आवेदन खुला  भैसकेको छ जुलाई २६ तारीख बिहान १० बजेबाट  र आफ्नो नाम दर्ता गर्ने अन्तिम म्याद रहेको १३ तारिख सेप्टेम्बर दिउँसो ५ बजे सम्म।

यो भाग्य चिट्ठा उड्ने मिति १७ सेप्टेम्बर २०२१ रहेको छ भने विजेताको सुची घोषणा गर्ने दिन २४ तारीख सेप्टेम्बर २०२१ रहेकोछ। नतिजा यो चिट्ठाको वेबसाईटमा र दुइटा स्थानीय पत्रीका सिङ ताउ डेलि र स्टान्डर्डमा प्रकाशित हुनेछ। विजेतालाई व्यक्तिगत रूपमा खबर पनि गरिनेछ।

यस भाग्य चिट्ठाका विजेता ६५ जना हुनेछ्न । प्रत्येक विजेताले हङकङ डलर $ १००,००० (एक लाख ) बराबरको खर्च गर्न सकिने क्रेडिट कार्ड वा सपिङ भौचर प्राप्त गर्नेछ्न। एक लाखको भौचर लिने कि क्रेडिट कार्ड लिने त्यो इच्छा विजेताको हुनेछ।

यस भाग्य चिट्ठामा भाग लिन पाउने योग्यता हुन
१.दुबै मात्रा कोभिड भ्याक्सिन अगस्ट ३१ वा सो भन्दा अगाडि हङकङमा लगाएको हुनु पर्दछ। पुर्व संक्रमित भए एक मात्रा लगाएको हुनु पर्दछ।
२.सेप्टेम्बर १३ तारिख वा सो भन्दा अगाडि १८ वर्ष पुगेको हुनु पर्दछ ।
३. मान्यता प्राप्त हङकङको स्थाइ वा अस्थायी परिचय पत्र हुनु पर्दछ। अस्थायी परिचय पत्र बाहक अन्तर्गत इम्प्लोइमेन्ट भिसा भएका जस्तै डोमेस्टिक  हेल्पर पनि पर्दछ्न।

लक्की ड्र लिङ्क
https://www.hkabluckydraw.hk/en/index.html

तपाईको प्रतिक्रिया