२७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

कोभिड महामारीका कारण हङकङको पर्यटन क्षेत्र पनि पक्षघातको सिकार भएको एक वर्ष भन्दा बढी भैसकेको छ। कोभिडबाट थलिएको पर्यटन व्यवसायलाइ मुर्त्याउन इजिएल डोङयीङ ट्राभल कम्पनीले “इजिएल डोङयीङ टुर हेप्पी ट्राभल लक्की ड्र को आयोजना गर्ने भएकोछ।

करिब हङकङ डलर २० लाखको लगानीमा तयार पारिएको यो चिट्ठामा १,८४३ जनाले विभिन्न पुरस्कार पाउनेछन।

यो भाग्य चिट्ठाको लागि नाम दर्ता गराउने अन्लाईन जुलाई १२ तारीखबाट खुला भैसकेको छ । नाम दर्ता गर्ने म्याद सेप्टेम्बर १५ तारीख २०२१ राति १२ बजे सम्म रहेकोछ।
यो भाग्य चिट्ठा सेप्टेम्बर २३ तारीख २०२१ मा उड्नेछ। नतिजा लक्की ड्रको पेजमा सेप्टेम्बर २४ तारीख २०२१ मा र सिङ ताउ डेलि र स्टान्डर्ड पत्रीकामा सेप्टेम्बर २४ तारीखका दिन प्रकाशित हुनेछ।

नाम दर्ता गरेको समयमा १८ वर्ष पुगेका, सेप्टेम्बर १५ तारीख वा सो भन्दा अगाडि खोपको दुबै मात्रा हङकङमा लगाएका , पुर्व संक्रमित हुन भने एक मात्रा लगाएका, हङकङको स्थाइ परिचयपत्र वाहकले यो चिट्ठामा सहभागिता जनाउन सक्छन।

यस चिट्ठाका पुरस्कार निम्न बमोजिम छ्न।

. प्रथम पुरस्कार
जापानमा इजिएल ट्राभल कम्पनी अन्तर्गत रहेको होटल , स्पा तथा रिसोर्टमा एक वर्ष सम्म फ्री बस्न पाइने । १.काइ होटेल ओसाका ब्राउनी ( osaka hinode hotel) २. प्लाजा रिसोर्ट एन्ड स्पा ओकिनावा (okinawa hinode resort and hot spring hotel) , डबल रुम साथमा गरिष्ठ ब्रेकफास्ट बफे
बिजेताको संख्या : १ जना
पुरस्कारको मुल्य : हङकङ डलर $४००,०००

. दोस्रो पुरस्कार :

इजिएल इस्ट एशिया ट्राभल ग्रुपको जापान स्थित ओशाका हिनोडे होटेल ( osaka hinode hotel)को डबल रुममा एक वर्ष सम्म फ्री बस्न पाइने साथमा डेलि ब्रेकफास्ट बफे
विजेता : १ जना
पुरस्कारको मुल्य अन्दाजी हङकङ डलर$३५०,०००

.तेस्रो पुरस्कार
इजिएल इष्ट एशिया ग्रुपको प्लाजा रिसोर्ट एन्ड स्पा ओकिनावा (okinawa hinode resort and hot spring hotel) होटेलको  डबल रुममा एक वर्ष फ्रीमा बस्न पाइने साथमा डेलि  ब्रेकफास्ट बफे
पुरस्कारको मुल्य : हङकङ डलर$३००,०००
विजेताको संख्या : १ जना

.चौथो पुरस्कार
एउटा राउन्ड ट्रीप एयर टिकट हङकङ एक्स्प्रेस देखि ओसाका सम्मको लागि ,ओशाका हिनोडे होटलको डबल रुममा एकरात बस्न पाइने साथमा ब्रेकफास्ट बफे
पुरस्कारको मुल्य : हङकङ डलर$६०,०००
विजेता : २० जना

पाचौं पुरस्कार
एउटा राउन्ड ट्रीप एयर टिकट हङकङ एक्स्प्रेस देखि ओकिनावा सम्मको लागि ,ओकिनावा हिनोडे रिसोर्ट एन्ड हट स्प्रीङ होटलको डबल रुममा एकरात बस्न पाइने साथमा ब्रेकफास्ट बफे
विजेता : २० जना
पुरस्कारको मुल्य : हङकङ डलर$५६,०००

छैटौं पुरस्कार
इजिएल डोङ्यीङ टुर हङकङ सि हलिडे सिकेसन ड्रीम क्रुज वा रोयल क्यारिबियन क्रुजको हङकङ डलर ५०० बराबरको   ट्राभल भौचर।
कुल विजेता संख्या : १,००० जना
पुरस्कारको अन्दाजी मुल्य : हङकङ डलर$ ५००,०००

सातौ पुरस्कार
इजिएल डोङ्यीङ टुर , जापान टुर ग्रुपको हङकङ डलर $५०० बराबरको ट्राभल गिफ्ट भौचर,
बिजेताको संख्या : ८०० जना
पुरस्कारको कुल मुल्य : हङकङ डलर ४००,००

अन्लाईन फारम भर्दा उपलब्ध गराउनु पर्ने चिज: हङकङ आइडी कार्ड नम्बर ( अंग्रेजी अक्षर + नम्बर ), हङकङको मोबाइल नम्बर र इमेल एड्रेस ।

नाम दर्ता गर्ने लिङ्क

https://www.egltours.com/travel/pages/luckydrawtravel/index.html

तपाईको प्रतिक्रिया