१९ डिसेम्बर २०२०। हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा आज देखिएको १०९ नयाँ केस मध्ये ७ वटा केस आयातित र १०२ वटा केस स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गत ६० वटा केसको सम्बन्ध पुर्वका केससंग रहेका छ्न भने ४२ वटा केसको स्रोत अज्ञात छ। हङकङको कुल संक्रमित संख्या ८,०७९ पुगेको छ।

तु थाउ स्टेटको क्वाइ तुङ हाउसबाट १ केस, चोइ वान स्टेटको मिङ लाई हाउसबाट १ केस, याटा सुपर मार्केट सातिनबाट ५ केस, लोहास पार्क कन्स्ट्रक्सन साइटबाट २ केस, डान्स ग्रुपबाट १ केस , चुङ क्वान ओ लाम तीन टनलबाट १ केस आएकाछ्न।

एउटा नयाँ केस बिल्ली सर म्युजिक क्लासरुमबाट थपिएकोछ आज। हिजो यही क्लस्टरबाट १० जना संक्रमित भएका थिए ।सान पो कोङको ७०४ प्रीन्स एडवार्ड रोड इष्ट , न्यु ट्रेन्ड सेन्टरमा पर्ने बिल्ली सर क्लास रुमका एक शिक्षक पाँच जना विद्यार्थी र उनीहरुको अभिभावक संक्रमित भएका थिए ।

तपाईको प्रतिक्रिया