४ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले चालेको कोभिड भ्याक्सिन अभियानमा अधिकतम समुदायको सहभागिता यथाशीघ्र होस भनेर हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टर (HKCEC) ले भ्याक्सिन लगाउने नागरिकले सहभागी हुन पाउने भाग्य चिट्ठा सम्पन्न गर्ने भएकोछ।
इच्छुकले आफ्नो नाम यही अगस्ट ३१ तारीख २०२१ मध्यरात भित्र दर्ता गरिसक्नु पर्नेछ।

नाम दर्ता गर्ने लिङ्क
https://luckydraw.hkcec.com/en/index.html

प्रथम पुरस्कार
. एक जनाले एक वर्षको लागि असीमित डिनर बफे निशुल्क ग्रहण ग्रहण गर्न पाउने , हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टरको कंग्रेस प्लस हलमा।
.विजेताको संख्या : ३ जना

दोस्रो पुरस्कार
.हङकङ डलर १,००० को डाइनिङ भौचर जसलाई  हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टरको एट्रीयम चाइनिज रेस्टुरेन्टमा प्रयोग गर्नुपर्नेछ।
. विजेताको संख्या : ३० जना

. यी ३३ वटा पुरस्कारको लागि हङकङ डलर $५००,००० जति लगानी हुने कुरा जनाइएकोछ।

यो भाग्य चिट्ठा सेप्टेम्बर ९ तारीख २०२१ मा सम्पन्न हुनेछ। विजेतालाई तीन दिन भित्र फोन र इमेल मार्फत खबर गरिनेछ। विजेताको सुची लक्की ड्र वेबसाईटमा पोस्ट गरिनेछ। https://luckydraw.hkcec.com/en/index.html
नतिजा १६ तारीख सेप्टेम्बर २०२१ मा स्थानीय पत्रीका स्टान्डर्ड र सिङ ताउमा प्रकाशित हुनेछ।

अगस्ट ३१ तारीख १८ वर्ष पुगेका हङकङका स्थाइ र अस्थायी वासिन्दा – जसले दुबै मात्रा कोभिड सुइ अगस्ट ३१ तारीख २०२१ भित्र हङकङमा लगाएका छ्न – ले यो चिट्ठामा सहभागी हुन सक्छन।
पुर्व संक्रमित भए एक डोज लगाएको भए हुन्छ।

तपाईको प्रतिक्रिया