५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

आज वान चाईको दुई वटा  निर्माण स्थलमा वेल्डरको रूपमा काम गर्ने  एकजना ४३ वर्षीय पुरुषमा कोभिड-१९ पोजिटिभ  देखिएको छ। हालसम्म उनले हङकङबाहिर यात्रा गरेको यात्रा ईतिहास छैन यसर्थमा धेरै हप्ताको अन्तरालमा अज्ञात स्रोतबाट सामुदायिक संक्रमण हुने पहिलो व्यक्तिमा उनी परेका छ्न।   संक्रमण तथा  संक्रामक रोग केन्द्र हङकङ युनिभर्सिटीका निर्देशक हो पाक-ल्यङले आज बिहान (५ अगस्ट ) एउटा रेडियो कार्यक्रममा भने कि ती साइटका कामदार भर्खरै संक्रमित भएका हुन वा पुन पोजिटिभ भएका हुन भन्नेबारे ठोस जानकारी आएको छैन । संक्रमणबारे कुरा स्पष्ट नभैन्जेल यस केसलाई  नयाँ संक्रमणको दर्जामा राख्नु पर्दछ उनले भने।
   आइसोलेसन, क्वारेन्टाइन र कन्ट्याक्ट ट्रेसिङ संबंधी कार्यलाई सख्त कडाइका लागु गर्नु पर्दछ।  किनकि  बिरामी दोस्रो पटक संक्रमित भएको स्थिति भएको होस   वा समुदायमा संक्रमणको अदृश्य साङ्लो जिवित रहेको स्थिति होस , दुबै अवस्थाले स्थितिलाई जोखिमपूर्ण अवस्थामा लादछ उनले सतर्क गराए।

मुलभूमि चीनको वर्तमान महामारीको सन्दर्भमा यदि एयरपोर्टमा अपनाइएको  महामारी रोकथाम उपायहरुलाई  राम्रोसंग व्यवस्थित गर्न सकिएन भने प्रकोपको अर्को क्लस्टर जतिबेला पनि विस्फोट हुन सक्ने कुरा उनले जनाए। 
उनको विचारमा हरेक दुइ हप्तामा  एक चोटि  स्थानीय हवाई अड्डाका कर्मचारिको कोभिड परिक्षण गर्ने जुन वर्तमान व्यवस्था छ त्यो मुलभूमिले प्रयोगमा ल्याएको  अभ्यास अनुसारको छैन ।
त्यसैले हङकङको  एयरपोर्ट प्राधिकरण र सरकारले एयरपोर्टलाई उचित व्यवस्थापन गर्न  चीनको नागरिक उड्डयन प्रशासनको दिशानिर्देशक नियम अनुसार गर्न उनले सिफारिस गरेकाछ्न। जस अनुसार   विमानस्थल व्यवस्थापन र परीक्षण उपायहरुलाई कडाइका साथ लागू गर्ने, कोभिड खोप लगाइसकेको भए पनि  एयरपोर्टका उच्च जोखिम फ्रन्टलाइन कर्मचारीहरुलाई हप्तामा दुई पटक भाइरस परीक्षण गराउन आवश्यक छ।

सरकारले अहिलेको अवस्थामा सूचीबद्ध गरेका विभिन्न  परिसरका कर्मचारीहरुको निम्ति  नियमित परीक्षणको लागी फरक फरक  मापदण्ड अपनाएकोछ । कुनै परिसरमा काम गर्ने स्टाफले कोभिड खोपको एक मात्रा लगाएपछि  नियमित परीक्षणमा जानू नपर्ने अवस्था छ । कुनै परिसरमा काम गर्ने स्टाफको हकमा भने दुबै मात्रा भ्याक्सिन लगाएको भए पनि परिक्षण जानू पर्ने मापदण्ड कायम छ। सरकारले खोप नलगाएका केही निश्चित समुहको लागि भने आफ्नै खर्चमा परिक्षण गर्नु पर्ने प्रावधान पनि राखी दिएकोछ। उनको विचारमा सरकारले गरेको यस किसिमको प्रबन्ध मनासिब नै छ। यसो गर्नाले हङकङभित्र भाइरस प्रवेश गर्नासाथ शिघ्र पत्ता लाउन सकिन्छ ।

यसबाहेक,हङकङले आफ्नो खोप दर अझै बढाउनको निम्ति लागी पर्नु पर्ने कुरामा उनले जोड दिए।  शुन्य कोभिड केस कालान्तरसम्म कायम राख्ने उदेश्यले काम गर्दैन बरु खोप लाउन योग्य नागरिकले अनिवार्य खोप लगाएर जनजीवनलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ । त्यसकारण सरकारले  खोपबारे थप स्पष्ट रोड म्याप ल्याउनु पर्ने सुझाव ल्यङले दिए।
आजको कोरोना केस

आज हङकङमा ६ वटा कोभिड केस देखा परेकाछ्न। जसमा अज्ञात स्रोतबाट संक्रमित एउटा स्थानीय केस पनि परेकोछ। आज पुष्टि भएको स्थानीय केसले हङकङमा कायम ५८ दिन सम्मको शुन्य स्थानीय केसको रेकर्डलाई  तोडिदिएको छ। हङकङमा कोरोना संक्रमितको कुल संख्या १२,००३ पुगेकोछ।

आयातित केसधारीहरु आयरल्यान्ड,कम्बोडिया ,रशिया , अमेरिका र थाइल्यान्डबाट  आएका परेकाछ्न। आयरल्यान्ड,अमेरिका र थाइल्यान्डबाट आएकाले कोरोना भाइरसको नयाँ उत्परिवर्तित स्वरुप L452R बोकेर आएकाछ्न।

आयरल्यान्डबाट आउने २४ वर्षकि महिलामा मात्र कोरोनाको लक्षण देखिएको थियो । उनमा हङकङ आउन एकदिन अघि लक्षण देखिएको थियो । उनले बायोन्टेक कोभिड भ्याक्सिनको दुबै डोज हङकङमा लगाएको भनिएको छ र यो भन्दा अगाडि उनको एन्टिबडी टेस्ट पोजिटिभ देखिएको थियो ।

अमेरिकाबाट फर्किएका ३७ वर्षका लक्षणहिन पुरुषले तीन महिना अघि दुबै मात्रा खोप लगाएका थिए ।

आयातित मध्ये एक गत शनिबार कम्बोडियाबाट आएका ७१ वर्षका रोगीले भने कोरोना भाइरसको उत्परिवर्तित स्वरुप N501Y बोकेका थिए । हङकङ स्वास्थ बिभागले जानकारी दिए अनुसार उनले गत मे महिनामा अस्ट्राजेनेका भ्याक्सिनको दुबै मात्रा लगाएका थिए ।

हिजो घोषणा गरिएको अज्ञात स्रोतबाट संक्रमित ४३ वर्षका पुरुष पनि लक्षणहिन नै थिए । अगस्ट २ तारीख गरिएको नियमित परिक्षणको नमुनामा प्रारम्भिक पोजिटिभ देखिएको थियो । अगस्ट ३ तारीख अस्पताल भर्ना पछिको रिपोर्टमा उनको एन्टिबडी टेस्ट गर्दा पोजिटिभ देखिएको हो । स्वास्थ रक्षण केन्द्रको खोज अनुसार  यिनलाई पहिला पोजिटिभ भएको तर पोजिटिभ भएको पत्ता नलागेको र अहिले फेरि पुन पोजिटिभ भएको हो भन्ने छ।
हिजो प्रारम्भिक पोजिटिभमा दरिएका यिनी बस्ने ठेगाना रहेको छ- ब्लक A, तुङ लुङ कोर्ट साम सोइ पो । उनी काम गर्ने कन्स्ट्रक्सन साइट हो – २४८कुइन्स रोड इस्ट र शिउ किन लेन वान चाइ।

तपाईको प्रतिक्रिया