६ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।


हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ धरासायी भएको हङकङको अर्थतन्त्रलाई यथाशीघ्र तन्दुरुस्त तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट पहिलो राउन्डको लागि अन्लाईन फारम खुला गरेको थियो ।

च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख(hk$43million) बराबरको भाग्य चिट्ठाको पुरस्कार हङकङमा दुवै डोज भ्याक्सिन लाउनेहरुको लागि लिएर आएको हो र दोस्रो राउन्डको लक्की ड्र यही अगस्ट ५ तारीख उडेको छ।
.दुबै कोभिड खोप लगाएका १८ वर्ष पुगेका हङकङका स्थाइ र अस्थायी वासिन्दाले भाग लिन सक्छन।


.भाग्य चिट्ठा उड्ने मिति

( १) २२ तारीख जुलाई ,

( २) ५ तारीख अगस्ट ,

(३) १९ तारीख अगस्ट ,

(४) २तारीख सेप्टेम्बर ,

(५) १६ तारीख सेप्टेम्बर,

(६) २३ तारीख सेप्टेम्बर ,

र (७) ३० तारीख सेप्टेम्बर


. लक्की ड्रको लागि आफ्नो नाम दर्ता गर्ने म्याद चिट्ठा उड्ने दिनको अघिल्लो दिनको मध्य रात सम्म हुनेछ। जस्तै चिट्ठा २२ तारीख जुलाईमा उड्दै छ भने २१ तारीख जुलाईको मध्य रात सम्ममा नाम दर्ता गराइसक्नु पर्दछ।


. सहभागीले एकचोटि मात्र नाम दर्ता गर्नु पर्नेछ। यदि सहभागी छैटौं राउन्डमा समेत विजयी कहलिएन भने उसको नाम अटोमेटिक सातौ राउन्डमा जादछ।


. चिट्ठा उडेको दुई दिन भित्र विजयीलाई एसएमएस मार्फत खबर गरिनेछ।


५ तारीख अगस्टमा उडेको यो दोस्रो राउन्डबाट जम्मा १,००५ जना विजेता घोषित भएकाछ्न। यस पटकका विजेताको कोड नम्बर र पुरस्कारहरु निम्न बमोजिम रहेकाछ्न । आज ज-जसको नाम विजेताको रूपमा आएको छैन उनिहरुको नाम स्वत अर्को राउन्डमा जानेछ । फेरि दर्ता गरिरहनु पर्दैन । अर्को राउन्डको लागि सबै हङकङवासी नेपालीलाई गुड लक ।

आफ्नो कोड हेर्न तलको लिङ्क क्लिक गर्नुहोस

HKGCC – Lucky Draw Round 2

https://www.hkgccluckydraw.com/en/winner2.html

तपाईको प्रतिक्रिया