७ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

दुबै मात्रा कोभिड खोप लगाएका १८ वर्ष पुगेका सम्पूर्ण हङकङवासीले सिक सिक युन वङ ताइ सिन टेम्पलले आयोजना गरेको भाग्य चिट्ठामा भाग लिन पाउने भएकाछ्न। भाग लिन इच्छुकले भ्याक्सिन लगाएको प्रमाणपत्र लिएर आफ्नो नाम दर्ता गराउन टेम्पलको कार्यलय जान सक्नेछ्न। नाम दर्ता गराउने समयावधि रहेकोछ जुलाई १ तारीखबाट सेप्टेम्बर १५ तारीख सम्म।

कार्यलयको ठेगाना : २, चुक युन भिलेज , वङ ताइ सिन, काउलुन , हङकङ ,
नाम दर्ता समय : बिहान ८ बजे देखि दिउँसो ४ बजे सम्म
MTR: Exit: B2, B3

पुरस्कार
१. १३ बाइ १३ सेन्टिमिटरको सुनको मुर्ति (मास्टर वङ ताइ सिनको मुर्ति )  एउटाको मुल्य हङकङ डलर $८८,८०० पर्दछ।
. विजेताको संख्या : ३ जना

२.गोटाको हङकङ डलर $१०,००० पर्ने ९९९ सुद्व सुनबाट बनेको लकेट
.विजेताको संख्या : १०० जना

३.सुनले बनेको गुड लक कार्ड
. विजेताको संख्या :६००जना ( यसको लागि १ डोज भ्याक्सिन लगाएको भए हुन्छ)

पुरस्कारमा लगानी हुने रकम सरदर हङकङ $ १,३२०,००० रहेकोछ।

यो भाग्य चिट्ठा १७ सेप्टेम्बर २०२१ का दिन चिनियाँ दिपावलीको र सिक सिक युन मन्दिर सय वर्ष पुगेको अवसर पारेर उडाइनेछ।

भिडियो लिङ्क हेर्नुस स्थलगत जानकारीको लागि

तपाईको प्रतिक्रिया