१० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले उच्च , मध्यम  र न्यून जोखिमयुक्त स्थानमा रहेका हङकङ रेसिडेन्ट र पर्यटकको लागि हङकङ आगमनको द्वार खुल्ला अगस्ट ९ तारिखबाट गरेपछि हङकङका सम्पूर्ण क्वारेन्टाइन होटलहरु यो महीनाको अन्त सम्मको लागि पुरै बुक भएकाछन।

पहिलो दिन अर्थात अगस्ट ९ तारीखका दिन ९ वटा फ्लाइट उच्च जोखिमयुक्त देश युके,इन्डिया ,फिलिपिन्स र इन्डोनेसियाबाट हङकङमा अवतरण भएकाछ्न।

हङकङ सरकारले पहिलाको परम अर्थात अति उच्च जोखिमयुक्त स्थानलाई पुनवर्गिकरण गर्ने क्रममा उच्च जोखिमयुक्त तुल्याएको छ। अब जोकोही हङकङ नागरिक यो उच्च जोखिमपूर्ण देशबाट पुर्ण खोप ग्रहण गरि २१ दिन होटेल क्वारेन्टाइन बस्ने गरि घर फर्कन सक्दछ्न।

हिजो हङकङमा अवतरण भएका ९ वटा फ्लाइट मध्ये क्रमशः तीन वटा युके ,तीन वटा फिलिपिन्स र बाकी तीन वटा इन्डिया र इन्डोनेसियाबाट आएका थिए ।
स्थानीय पत्रीका द स्टान्डर्डले सोधपुछ गरेअनुसार हङकङ नागरिकहरु ओइरिएर घर फर्कनु थालेपछि सबै क्वारेन्टाइन होटेलहरु फुल बुक भएका छ्न।
बिदेशबाट आउनेहरुको लागि हङकङमा ३७ वटा निर्दिष्ट क्वारेन्टाइन होटेलहरु छ्न जसले १०,००० वटा कोठा उपलब्ध गराएकोछ।

स्मरण रहोस, पुर्ण खोप लगाएका हङकङका आइडी होल्डरहरु हङकङ फर्कन सक्ने  उच्च जोखिमयुक्त दस देशहरू हुन – ब्राजिल ,इन्डिया ,इन्डोनेसिया ,आयरल्यान्ड,नेपाल , पाकिस्तान , फिलिपिन्स ,रशिया, साउथ अफ्रिका र युके।

यी देशहरू पहिला अति उच्च जोखिमपूर्ण सुचीमा परेका थिए र हङकङले यी देशबाट कसैलाई पनि हङकङ छिर्न दिएको थिएन । र अहिलेको अवस्थामा पनि हङकङ रेसिडेन्टलाइ मात्र प्रवेश सहज गरिएको हो।

तपाईको प्रतिक्रिया