१० अगस्ट २०२१ हङकङ । आम्भु जेठा ।

पान्थर मञ्च हङकङको पाँचौ  अधिवेशन सम्पन्न भएको छ । जोर्डन स्थित चुम्लुङ हिममा गत अगस्ट ८ तारीख आईतवार सम्पन्न अधिवेशनले कमानध्वज लाओतीलाई अध्यक्ष चयन गरेको छ ।

निवर्तनमान अध्यक्ष हर्क राना मगर, संस्थापक अध्यक्ष कृषराज लाओती, पूर्व अध्यक्ष प्रताप राई, पान्थर समाज नेपालको अन्तर्राष्ट्रिय  सदस्य रबिन लिङदेन, नेपाली महासंघ हङकङको अध्यक्ष टंक रानाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको थिए ।


कार्यसमितिको नामावली निम्न बमोजिम छ्न।
अध्यक्ष : कमानध्वज लाओती
उपाध्यक्ष: वेदराज सेलिङ
सचिव : मनि कुमार फ्याक
सहसचिव: रबिन कुमार गुरुङ
कोषाध्यक्ष: रोमन लाओती
सहकोषाध्यक्ष: विजय वेघा
सदस्य: विरु लाओती
सदस्य : कला योकपाङदेन ‘कुन्सा’
सदस्य: भविन्द्र थाम्सुहाङ

तपाईको प्रतिक्रिया