१७ अगस्ट २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ सरकारको खोपकरण अभियानलाई हङकङका ठुल्ठुला निजि व्यावसायिक कम्पनीहरुले खोप भाग्य चिट्ठाको आयोजना गरेर जनसमुदायलाई खोप लगाउन उत्साहित गरिरहेकाछ्न। यसै सिलसिलामा द चाइनिज मेनुफेक्चरर्स एसोसिएसन अफ हङकङले हङकङ डलर$६,२००,००० को लगानीमा जम्मा १,३०० थान पुरस्कारहरु भाग्य चिट्ठा मार्फत पुर्ण खोप लगाएका हङकङ  नागरिकलाई वितरण गर्ने भएकोछ।
पुर्ण मात्रा खोप ग्रहण गरेका १८ वर्ष पुगेका हङकङ रेसिडेन्टले यस चिट्ठामा भाग लिन सक्नेछ्न।

पहिलो राउन्डको भाग्य चिट्ठा
पहिलो राउन्डको भाग्य चिट्ठाको  पुरस्कार रहेको छ हङकङ डलर दस लाख बराबरको सिएनसिबिआइ क्रेडिट कार्ड (CNCBI credit card hk$ 1million free spending credit) एक जना विजेतालाई । यो फ्री स्पेन्डिङ क्रेडिट कार्डमा रहेको हङकङ डलर एक मिलियन तपाईंले मनखुशी खर्च गर्न सक्नु हुन्छ। च्यान विङ कि र च्यान सुइ काउ च्यारिटेबल फन्ड प्रायोजक रहेको यो पहिलो राउन्डको भाग्य चिट्ठाको लागि नाम दर्ता गराउने समय यही अगस्ट १८ तारीख बेलुकी ६ बजे  सम्म रहेकोछ। जुन चिट्ठा ३० अगस्टको दिन उड्नेछ।

दोस्रो राउन्डको भाग्य चिट्ठा
दोस्रो  राउन्डको भाग्य  चिट्ठाको नाम दर्ता गर्ने अवधि अगस्ट १९ देखि १८ सेप्टेम्बर २०२१ सम्म रहेकोछ। जुन चिट्ठा २९ सेप्टेम्बर २०२१ मा उड्नेछ।

चिट्ठा उडेको दस दिन भित्र नतिजा सिएमए वेबसाईटमा प्रकाशित हुनेछ। मुख्य पुरस्कारको नतिजा ५ अक्टोबर २०२१ का दिन सिङ ताउ र स्टान्डर्डमा प्रकाशित हुनेछ।बिजेताले इमेल र माइ इहेल्थपासबाट  सूचना प्राप्त गर्नेछ।

चिट्ठा भर्दा ध्यान दिनु पर्ने कुराहरु
. तपाईंको मोबाइलको  ल्याटेस्ट भर्सनको अप्डेट गर्नु होला।
.आफ्नो नाम दर्ता गर्नको निम्ति माइ इ-हेल्थपास (https://m.myehealthpass.com) मा तपाईंको विवरण रजिस्टर गर्नु पर्दछ।
.फारम भर्दा तपाईंको भ्याक्सिन कार्डमा रहेको क्युआर कोड  स्क्यान वा अप्लोड गर्नु पर्दछ । क्युआर कोडको  नक्शा स्पष्ट हुनु पर्दछ।
.विकल्पमा तपाईंले आफ्नो इलेक्ट्रोनिक भ्याक्सिनेसन रेकर्डको रिफरेन्स नम्बर पनि लगाउन सक्नु हुन्छ अथवा तपाईंको कागजको प्रमाणपत्रको तल्लो देब्रे कुनामा भएको नम्बर लगाउन सक्नु हुन्छ।
.तपाईंले आफ्नो लक्की ड्र टिकट पाउनु भएको छ छैन चेक गर्न  लक्की ड्र टिकट पेजमा जान सक्नु हुन्छ।
.तपाईंले एक पटक मात्र नाम दर्ता गर्नु पर्दछ । पहिलो ड्रको लागि नाम दर्ता गरिसकेको व्यक्तिको नाम अटोमेटिकल्ली दोस्रो ड्रमा जादछ।

१०० डलर खर्च गरेर थप एक चोटि लक्की ड्रमा भाग लिन सकिनेछ
.प्रत्येक सहभागीले फ्री स्पेन्डिङ क्रेडिटको रूपमा पाइने पुरस्कारको लागि एक चोटि मात्र भाग लिन पाउछ। तर संयुक्त व्यवसायिक आउटलेट भनेर तोकिएको कुनै पनि पसलमा १०० हङकङ डलर खर्च गर्नु भयो भने  खर्च गर्न नमिल्ने पुरस्कार जित्नको लागि थप पाँच  चोटिसम्म भाग लिन पाउनु हुनेछ १८ सेप्टेम्बर भित्रमा । प्रत्येक चोटि फरक दोकान या रेस्टुरेन्टमा १०० डलर खर्च गरेको रसिद पेश गर्नु पर्दछ माइइहेल्थपास मार्फत । पुरस्कार संकलन गर्दा उक्त रसिद पनि पेश गर्नु पर्नेछ।

नाम दर्ता गर्ने लिङ्क

https://www.cmatakeyourshot.com/en/

दोस्रो राउन्डको पुरस्कार यस प्रकार रहेकाछ्न।

१. हङकङ डलर १ मिलियन (दस लाख ) बराबरको सिएनसिबिआइ फ्री स्पेन्डिङ कार्ड (क्रेडिट कार्ड)  एकजना बिजेतालाई ।
प्रायोजक : डाक्टर शि लोप ताक( आलेन) , प्रेसिडेन्ट ,चाइनिज मेनुफेक्चरर एसोसिएसन (सिएमए)

२. हङकङ डलर ७ लाख  बराबरको सिएनसिबिआइ फ्री स्पेन्डिङ कार्ड (क्रेडिट कार्ड)  एकजना बिजेतालाई प्रायोजक: सिएमए र सिएमएका मेम्बरहरु

३. हङकङ डलर ३ लाख  बराबरको सिएनसिबिआइ फ्री स्पेन्डिङ कार्ड (क्रेडिट कार्ड)  एकजना बिजेतालाई प्रायोजक: सिएमए र सिएमएका मेम्बरहरु

४.. हङकङ डलर १ लाख  बराबरको सिएनसिबिआइ फ्री स्पेन्डिङ कार्ड (क्रेडिट कार्ड)  २ जना बिजेतालाई प्रायोजक: CITIC limited

अन्य पुरस्कारहरु

१.सेरेना इ-पावर कार (मोटरको ट्याक्स समेत तिरिदिने) विजेताको संख्या – १ जना।
कारको मुल्य : हङकङ डलर $ ३९०,०००
प्रायोजक : CITIC limited

२. OTO प्रेस्टिज मसाज चेयर ( मोडेल: RK-13)
बिजेताको संख्या : १ जना
मुल्य : हङकङ डलर $५३,५००
प्रायोजक : ओटो बडीकेयर हङकङ लिमिटेड

३.OTO रक्की पृमियम मसाज चेयर ( मोडेल: RK-13)
बिजेताको संख्या : १ जना
मुल्य : हङकङ डलर $२९,८००
प्रायोजक : ओटो बडीकेयर हङकङ लिमिटेड

४. हङकङ डलर $ २०,००० मुल्य बराबरको k dollars
बिजेताको संख्या :५ जना।
प्रायोजक : न्यु वर्ल्ड डेभलपमेन्ट कम्पनी लिमिटेड

५.हङकङ डलर $२०,००० मुल्य बराबरको १८ क्यारेट सुनको नारीले लाउने औँठी (1ct CVD diamond )
बिजेता : एक जना
प्रायोजक : CVD डाइमन्ड कम्पनी

६.हङकङ डलर $ १९,७१९ मुल्य बराबरको ह्वाइट गोल्डले बनेको मोती रडाइमण्ड जडित  लकेट र सिक्री
बिजेता : १ जना
प्रायोजक : 3D- Gold jewellery(hk) limited

७.हङकङ डलर $ १४,००० मुल्य बराबरको ह्वाइट गोल्डले बनेको मोती रडाइमण्ड जडित  लकेट र सिक्री
बिजेता : १ जना
प्रायोजक : 3D- Gold jewellery(hk) limited

८. हङकङ डलर $१३,९३६ मुल्य बराबरको सासा गिफ्ट सेट
बिजेता : १० जना
प्रायोजक : सासा कस्मेटिक कम्पनी लिमिटेड

९. २ रात दुई जना व्यक्तिको लागि  ग्रयाण्ड आर्टुस स्टुडियो रेसिडेन्स होटेलमा बस्न पाउने ब्रेकफास्ट सहित हङकङ डलर $१०,१२० मुल्य बराबरको प्याकेज ।
बिजेता : १ जना।
प्रायोजक : न्यु वर्ल्ड डेभलपमेन्ट कम्पनी लिमिटेड

१०. हङकङ डलर $१०,००० बराबरको वङ ताइसिन टेम्पल सय वर्षको वार्षिकोत्सब लेखिएको सुनको लकेट
बिजेताको संख्या : २० जना
प्रायोजक : सिक सिक युन

११. हङकङ डलर $१०,००० बराबरको घरेलुु उपकरण खरिद गर्न मिल्ने नगद भौचर
बिजेता : २० जना
प्रायोजक : सिएलपी

१२.हङकङ डलर $१०,००० बराबरको गहना किन्न मिल्ने गिफ्ट भौचर
बिजेता :१२ जना
प्रायोजक : चौ ताइ फुक ज्वेलरी कम्पनी लिमिटेड

१३.हङकङ डलर $ ९,३०२ मुल्य बराबरको १८ क्यारेट  व्हाइट गोल्डको डाइमण्डको लकेट सिक्री सहित
बिजेता : १ जना
प्रायोजक : थ्रीडी गोल्ड ज्वेलरी हङकङ लिमिटेड

१४. हङकङ डलर $ ८,००० मुल्य बराबरको बोटलको मिल्क टि एक वर्ष निशुल्क दिने काम छा कम्पनीबाट
बिजेता : १ जना ।
प्रायोजक : काम्पेरी ग्रुप

१५.हङकङ डलर $६,९२२ मुल्य बराबरको १८ क्यारेट  व्हाइट गोल्डको डाइमण्डको लकेट सिक्री सहित
बिजेता : १ जना
प्रायोजक : थ्रीडी गोल्ड ज्वेलरी हङकङ लिमिटेड

१६. गल्फजोन ड्राइभिङ रेन्ज सेसन (२५ घन्टा ) को भौचर हङकङ डलर $ ६,५०० बराबरको मुल्य
बिजेता : ४ जना
प्रायोजक : गल्फजोन ग्रीनलाइभ

१७. हङकङ डलर $५,६०० पर्ने बर्लिन इलेक्ट्रीक स्टोरेज टाइप वाटर हिटर
बिजेता :१० जना
प्रायोजक : हाङ तात इन्जिनियरिङ कम्पनी लिमिटेड

१८. हङकङ डलर $५,००० को सुपर मार्केट क्यास कुपन
बिजेता : १ जना
प्रायोजक : वु विङ कुइ, शर्ली , सिएमए एक्जेकेटिव मेम्बर

१९.हङकङ डलर $५,००० को सुपर मार्केट क्यास कुपन
बिजेता : १ जना
प्रायोजक: च्यङ विङ हुङ, फिलिप, सिएमए जेनेरल कमिटी मेम्बर

२०. हङकङ डलर $ ५,००० मुल्य बराबरको ग्रीन डट डटको अर्गानिक चामल वर्ष दिनको लागि निशुल्क
बिजेता – १ जना
प्रायोजक : काम्पेरी ग्रुप

२१. हङकङ डलर $ ५,००० बराबरको इ- सपिङ कुपन सपेबलहेल्थ.कमको तर्फबाट
बिजेता – १ जना
प्रायोजक : वेल्थी यिल्ड लिमिटेड

२२. हङकङ डलर $४,३२० मुल्य बराबरको सथो ले क्लेरेट स्पेसल ब्लेण्ड को रेड वाइन १×बक्स
बिजेता : २६ जना
प्रायोजक : काम्पिरे ग्रुप

२३.हङकङ डलर $३,७९० मुल्य बराबरको १८ क्यारेट  व्हाइट गोल्डको डाइमण्डको लकेट सिक्री सहित
बिजेता : १ जना
प्रायोजक : थ्रीडी गोल्ड ज्वेलरी हङकङ लिमिटेड

२४. हङकङ डलर $ ३,००० बराबरको निशुल्क कफी
बिजेता :१ जना
प्रायोजक : काम्पेरी ग्रुप

२५. हङकङ डलर $ ३,००० पर्ने १८ क्यारेट गोल्डको सिक्री
बिजेता :१०० जना
प्रायोजक : लुक फुक होल्डिङ लिमिटेड

२६.हङकङ डलर $२,५०० बराबरको इ- सपिङ कुपन सपेबलहेल्थ.कमको तर्फबाट
बिजेता – २ जना
प्रायोजक : वेल्थी यिल्ड लिमिटेड

२७. हङकङ डलर $ २,५०० बराबरको अर्गनिक एपल ग्रीन डट डटको तर्फबाट
बिजेता : १ जना
प्रायोजक : काम्पेरी ग्रुप

२८.हङकङ डलर $ २,२८६ मुल्य बराबरको सासा गिफ्ट सेट
बिजेता :२० जना
प्रायोजक : सासा कस्मेटिक कम्पनी

२९. हङकङ डलर $ २,००० मुल्य बराबरको सिटिटेल कमनेटको २४ महिनाको लागि होम फोन सर्भिस (कर्डलेस टेलिफोन समेत )
बिजेता :५० जना
प्रायोजक : सिटिक लिमिटेड

३०. हङकङ डलर $१,८२५ मुल्य बराबरको चेवी इन्स्टेन्ट राइस भर्मिचेली ३६५ पकेट
बिजेता : ३० जना
प्रायोजक : चेवी इन्टरनेसनल फुडस लिमिटेड

३१.हङकङ डलर $१,२६० मुल्य बराबरको चेवी गोल्डेन  थाइ होम माली राइस १०० केजि
बिजेता : ३० जना
प्रायोजक : चेवी इन्टरनेसनल फुडस लिमिटेड

३२. हङकङ डलर $ १,२३४ मुल्य बराबरको कमभिटा गिफ्ट सेट
बिजेता : १ जना
प्रायोजक : कमभिटा एचके लिमिटेड

३३. हङकङ डलर $१,१७५ मुल्य बराबरको गोल्डेन फिनिक्स थाइ होम माली राइस १२×५केजि
बिजेता :१० जना
प्रायोजक : सिटिएच इन्टरनेसनल लिमिटेड

३४.हङकङ डलर $१,१४६ मुल्य बराबरको सिओओ कुकिङ सेट
बिजेता : जेडब्लुटि इन्टरनेशनल ट्रेडिङ लिमिटेड

३५. हङकङ डलर $१,००० मुल्य बराबरको क्याटालो क्यास स्पेन्डिङ कुपन
बिजेता : ३० जना
प्रायोजक : क्याटालो नेचुरल हेल्थ फुडस लिमिटेड

३६.हङकङ डलर $ १,००० मुल्य बराबरको ओटो (OTO) क्यास कुपन
बिजेता : ५०० जना
प्रायोजक : ओटो बडीकेयर एचके लिमिटेड

३७. हङकङ डलर $ १,००० मुल्य बराबरको डिसिएच मार्क फुड क्यास कुपन
बिजेता : १०० जना
प्रायोजक : सिटिक लिमिटेड

३८.हङकङ डलर $ १,००० मुल्य बराबरको नेचर्स केयर प्रोडक्ट
बिजेता : १०० जना
प्रायोजक : सिटिक लिमिटेड

३९. हङकङ डलर $१,००० मुल्य बराबरको म्याक्डोनाल्डस क्यास कुपन
बिजेता : १०० जना

४०.हङकङ डलर $१,००० मुल्य बराबरको १० वटा सिंगल ट्राभलिङ टिकट( हङकङबाट ग्रेटर बे जाने बस)
बिजेता : १०० जना
प्रायोजक : इटरनल इस्ट ग्रुप कम्पनी लिमिटेड

४१.हङकङ डलर $१,००० मुल्य बराबरको हुङ फुङ तङ गिफ्ट भौचर
बिजेता : १० जना
प्रायोजक : हुङ फुङ तङ होल्डिङ्स लिमिटेड

४२. हङकङ डलर $१,००० मुल्य बराबरको सोपेबलहेल्थ.कम इ- सपिङ कुपन
बिजेता : १० जना
प्रायोजक : वेल्थी येल्ड लिमिटेड

४३. हङकङ डलर $९६६ मुल्य बराबरको २ वटा डे टाइम एडमिसन टिकट
बिजेता : २५ जना
प्रायोजक : ओसन पार्क हङकङ

लक्की ड्रको पुरस्कार अंग्रेजीमा

१०० डलर खर्च गर्ने आउटलेटहरु

तपाईको प्रतिक्रिया