२१ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

७५ लाख जनसंख्या भएको शहर हङकङमा खोप लाउन योग्य जनसंख्या करिब ६९ लाख छ्न जस मध्ये ४५ प्रतिशतले दुबै मात्रा लगाइएको अवस्था छ। जम्मा ६९,४४,१४५ डोज खोप खपत भैसकेको छ। हङकङमा खोप दर नाटकीय तवरले वृद्धि हुनुको एउटा मुल कारण हङकङका प्राइभेट कम्पनीहरुले भ्याक्सिन लाउनेलाई भाग्य चिट्ठामा भाग लिने अवसर दिएर पनि हो। हङकङमा आयोजना भएका लाख देखि करोड सम्मका पुरस्कारले जनजीवनको सबै पक्षलाई समेटेकोछ। यसै मेसोमा बाबिङटन  एजुकेसन अर्गनाइजेसन लिमिटेडले पनि  ९ जना विजेताले तीन महिना( १२ वटा अंग्रेजी  लेसन)  निशुल्क ट्युसन पुरस्कारको रुपमा पाउने गरि भाग्य चिट्ठा उडाउदैछ।

३ देखि १२ वर्षका बालबच्चा भएका अभिभावकले तपशिलका शर्त पूरा गरेमा यो चिट्ठामा भाग लिन सक्नेछन।
१. हङकङको मान्यता प्राप्त स्थाइ वा अस्थायी परिचयपत्र बाहक हुनुपर्छ ।
२.सेप्टेम्बर १ तारीख २०२१  वा सो भन्दा अगाडि १८ वर्ष पुगेको हुनुपर्छ । र
३. कोभिड भ्याक्सिनको दुबै डोज , पुर्व संक्रमित भए एक डोज सेप्टेम्बर १ तारीख वा सो भन्दा अगाडि हङकङमा लगाएको हुनु पर्दछ ।

भाग्य चिट्ठाका ९ जना बिजेताले जम्मा १२ वटा लेसन आफ्नो बालबच्चाको लागि प्राप्त गर्नेछन जसको मुल्य करिब हङकङ डलर ३,८४० पर्दछ। यदि विजेताको दुइटा बच्चा छ्न भने प्राप्त १२ लेसनलाई ६/६ लेसनमा बिभाजन गर्न सक्नेछ्न।

यो भाग्य चिट्ठा सेप्टेम्बर ८ तारीख दिउँसो १२ बजे सम्पन्न हुनेछ।

इच्छुक व्यक्तिले आफ्नो नाम सेप्टेम्बर १ तारीख अपरान्ह ५:३० बजेभित्र दर्ता गर्न सक्नेछ्न।

भाग्य चिट्ठाको नतिजा http://www.babington.edu.hk मा सेप्टेम्बर ८ तारीख प्रकाशित हुनेछ। बिजेतालाइ चिट्ठा उडेको १० दिन भित्र फोन,वाटएप्स, इमेलबाट खबर गरिनेछ।

नाम दर्ता गर्ने लिन्क

“LUCKY DRAW: Vaccinate for HK ❤️” https://www.babington.edu.hk/post/vaccination-covid-19-lucky-draw

आजको कोरोना अपडेट

आज हङकङमा तीन वटा आयातित केस कजाकिस्तान(१७ वर्षकी बालिका ), भेनेजुएला ( १८ वर्षका युवा )र नाइजेरिया(११ वर्षका बालक ) बाट आएकाछ्न। भेनिजुएलाबाट आएका १८ वर्षका पुरुष लक्षणहिन थिए जसले साइनोफार्म कोभिड भ्याक्सिनको दुबै मात्रा जुन ५ र २६ तारीख भेनिजुएलामा लगाएका थिए ।

हङकङको कुल कोरोना संक्रमित संख्या : १२,०५३

तपाईको प्रतिक्रिया