२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । २३ अगस्टमा अप्डेट गरिएको

हङकङको लेबर डिपार्टमेन्टले अगस्ट २१ तारीख शनिबार नयाँ करारमा फिलिपिन्स र इन्डोनेसियाबाट हङकङ  आउन लागेका घरेलु कामदारलाई ल्याउने प्रक्रिया पूरा हुन लागेको जनाएकोछ।
ती दुई देशद्वारा उपलब्ध खोप प्रमाणपत्रमा अंकित सूचनालाई हङकङले कसरी प्रमाणित गर्ने भन्ने कुराको टुंगो लाग्ना साथ अर्को हप्तातिर नै यस बिषयको जानकारी सार्वजनिक गरिने कुरा सरकारी शुत्रले बताएको छ।
हङकङ सरकारले अहिले दुई वटा क्वारेन्टाइन  होटल घरेलु कामदारको रूपमा आउनेहरूको लागि तयारी गरिरहेकोछ।
आरटिएचके रेडियो कार्यक्रममा सकिएपछि स्वास्थ मन्त्री शोफिया च्यानले सरकारहरु बीच छ्लफल राम्रो चलिरहेको कुरा खुलासा गरिन हिजो शनिबार ।
इन्डोनेसिया र फिलिपिन्स दुबै देश उच्च जोखिमपूर्ण इलाकामा परेकाले त्यहाँबाट आउने हेल्परले कडाइका साथ महामारी नियम जस्तै पुर्ण मात्रा खोप लगाएको हुनु पर्दछ  र २१ दिने अनिवार्य क्वारेन्टाइन बस्नु पर्दछ उनले भनिन।
फिलिपिन्सबाट  आउने फ्लाइट माथि  अप्रिलमा र इन्डोनेसियाबाट आउने फ्लाइट माथि जुन महिनामा प्रतिबन्ध लागेपछि नयाँ घरेलुु कामदार हङकङ भित्रिनु पाएका थिएनन।
हङकङ युनियन अफ इम्प्लोएमेन्ट एजेन्सिजका अध्यक्ष  थोमस च्यानका अनुसार सरदर ८,००० जना  भिसा पाइसकेका घरेलु कामदार हङकङ जाने प्रतीक्षामा बसेका छ्न र आधा जस्तोले दुबै खोप भ्याक्सिन लगाइसकेकाछ्न।
बिदेशी घरेलु कामदारको लागि भनेर छुट्याइएको दुइ वटा क्वारेन्टाइन होटेलको एउटा कोठाको भाडा प्रती दिन हङकङ डलर ३०० देखि ५०० रहने बताइएको छ। होटलमा बस्ने खर्च मालिकले व्यहोर्नुपर्ने छ। तर एउटा होटेलमा ३०० देखि ५०० वटा मात्रै कोठा हुने भएकोले  क्वारेन्टाइन होटलको संख्या बढाउनु पर्ने माग आएकोछ।

अगस्ट २२ तारीख फिलिपिन्सको लेबर डिपार्टमेन्टले हङकङ सरकारले फिलिपिनो डोमेस्टिक हेल्परलाई यही अगस्ट ३० बाट हङकङ प्रवेश अनुमति दिएको कुरा सार्वजनिक गरेको थियो ।जसको लागि फिलिपिन्सको स्थानीय सरकारले अनुमोदन गरेको कोभिड भ्याक्सिन प्रमाणपत्र- जसलाई हङकङ सरकारले मान्यता दिइसकेको छ- पेश गर्न अत्यावश्यक छ। करिब ४,५०० जना  योग्य फिलिपिनो घरेलु कामदार हङकङ भित्रिने भएकाछ्न।

फिलिपिन्सको विभिन्न स्थानमा भ्याक्सिन लगाएका उमेदवारले स्थानीय सरकारबाट खोप प्रमाणपत्र निकाल्नु पर्दछ र हङकङ आउदा चाहिने येल्लो कार्ड भनिने अर्को खोप प्रमाणपत्र केन्द्र सरकारबाट निकाल्नु पर्दछ।

स्मरण रहोस , प्रारम्भमा हङकङ सरकारले हङकङमा खोप लगाएका फिलिपिनो कमदारलाइ मात्र पुन आगमनको स्वीकृति दिएको थियो । बिदेशी घरेलु कामदारसंग हङकङको भन्दा फरक खोप प्रमाणपत्र भएकाले हङकङले प्रवेश निशेध गरेको थियो ।

पछि फिलिपिन्सको व्युरो अफ क्वारेन्टाइनले हङकङको फिलिपिन्स कन्सुलेटको रोहवरमा हङकङ सरकारले भने बमोजिम बिदेशमा काम गर्न जाने कमदारको पासपोर्ट अनुरुपको विवरण खोप प्रमाणपत्रमा राखेर एउटा ड्राफ्ट सर्टिफिकेट बनायो। जुन विवरण समावेश गरेर बनाइने ” येल्लो कर्ड” लाई हङकङ इमिग्रेसनले मान्यता दिने भएपछि फिलिपिन्स कामदारको मास एक्सोडस शुरु हुन लागेको हो।

तपाईको प्रतिक्रिया