२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

एक वा दुवै मात्रा खोप लगाएका नागरिकलाई हङकङ टुरिजम बोर्डले ” फ्री टुर्स लक्की ड्र” मा सहभागी हुने अवसर दिएकोछ । आफ्नो नाम दर्ता गरेर स्थानीय पर्यटनका आकर्षक स्थानहरुमा सित्तैमा घुम्न पाउने पुरस्कार जित्ने मौका नगुमाउन बोर्डले अनुरोध गरेकोछ।

.अगस्ट ३१ तारीख वा सो भन्दा अगाडि १८ वर्ष पुगेका हङकङका अस्थायी र स्थाइ आइडी होल्डर  र अगस्ट ३१ वा सो भन्दा अगाडि एक डोज भ्याक्सिन लगाएकाले यो भाग्य चिट्ठामा भाग लिन सक्नेछन।

.नाम दर्ता गराउने अवधि रहेकोछ यही अगस्ट ३१ अपरान्ह ५:३० बजे सम्म।

.भाग्य चिट्ठा उड्ने मिति : ३ तारीख , सेप्टेम्बर ,२०२१ बिहान ११ बजे।

.चिट्ठाको नतिजा सेप्टेम्बर १० तारीख २०२१ का दिन यो वेबसाईट, साउथ चाइना मर्निङ पोस्ट र सिङ ताउ डेलिमा प्रकाशित गरिनेछ।
http://luckydraw.discoverhongkong.com
विजेतालाई एसएमएस मार्फत खबर गरिनेछ।

. प्रत्येक विजेताले आफ्नो साथमा दुई जना साथीलाई निर्दिष्ट टुरमा लान सक्दछ। तर विजेताको साथीको रूपमा जाने व्यक्तिले कम्तीमा एक डोज सुइ हङकङमा  लगाको हुनु पर्दछ र १८ वर्ष पुगेको हुनुपर्छ ।

पुरस्कार
जम्मा १०,०४४ थान पुरस्कारहरु रहनेछन। नाम दर्ता गर्ने लिन्क र पुरस्कारको सुची हेर्न तलको वेबसाईट क्लिक गर्नु होला।

“Free Tours Lucky Draw” https://luckydraw.discoverhongkong.com/en/index.html

तपाईको प्रतिक्रिया