२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । अप्डेट गरिएको २४ अगस्टमा

घटना घटिसकेपछि

२२ तारीख अगस्ट आइतबार बिहान ११:२१ बजे तिर हङकङको ताइ पो भन्ने जग्गामा एक सवारी दुर्घटना हुदा एक ५९ वर्षका चेङ क्वान-होइ नामक पुरुषको मृत्यु भएकोछ। १०२ नम्बर क्वङ फुक रोडमा गुडिरहेको रातो रङ्गको अर्बान ट्याक्सीले अचानक नियन्त्रण गुमाएपछि सडक बीचमा रहेको निरापद क्षेत्रमाथी उक्लिएर ट्राफिक लाइटमा ठक्कर खाने क्रममा अनगिन्ती मानिसलाई घाइते तुल्यायो।

ट्याक्सी दुइटा गाडीलाई ओभरटेक गरेर बाटो काटिरहेका मानिसहरु माथि जोतिएको थियो ।
एक पाँच महिनाको गर्भ बोकेकी वु थरकी ३७ वर्षकी महिला ट्याक्सी मुनि परेको देखेपछि करिब २० जना जति मानिसले १.५ टनको ट्याक्सीलाई उचालेर पीडितलाई उद्वार गरेका थिए । गर्भवती महिला अचेत थिइन र उनको हिप भाँचिएको थियो । उनलाई पछि सातिन स्थित प्रीन्स अफ वेल्स अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । ती महिला पछि होस आए पनि स्थिति गम्भीर छ र गर्भको बच्चा सुरक्षित रहेको जानकारी आएको थियो ।

नारी प्रसुती चिकित्सकका अनुसार भ्रुणको आकार अहिले ज्यादै सानो छ। यदि गर्भनाल निचोरिएको अवस्थामा छ भने त्यहाँ रक्तस्राव देखिन्छ , अवस्था त्यस्तो भयो भने भ्रुणलाई बचाउन गाह्रो हुन्छ। त्यसकारण अबको २४ देखि ४८ घन्टाको समय निकै कृटिकल रहने बताइएकोछ।

गर्भवती महिलाको हिप भाचिएका कारण आन्तरिक रक्तस्राव हुनसक्ने बताइएकोछ।
मानीसहरुले ट्याक्सीको टाउको नजिक चेपिएकी महिलाको उद्वार पहिला गरेपछि गाडी मुनि थिचिएकि महिलालाई निकालेका थिए ।
कतिपयले घाइतेलाई घामबाट जोगाउन छाता ओडाइरहेका थिए ।
एकैछिनमा एम्बुलेन्सको ओइरो लाग्यो । घटनाको प्रारम्भिक अध्ययन अनुसार एक जना ५९ वर्षका पुरुष जसको टाउको मा गम्भीर चोट लागेका कारण तत्काल निधन भएको थियोे भने कम्तीमा पनि ९ जना घाइते भएका थिए ।
घटनामा निधन हुने व्यक्ति चेङ थरका हुन। मृतक आफ्नो श्रीमतीसंग हप्ताको अन्तको छुट्टीमा सपिङ गर्न निस्केको बेला यो घटनामा पर्न गए। च्यान थरकि उनको ५१ वर्षकि उनको घाइते श्रीमतीलाई प्रीन्स अफ वेल्स अस्पतालमा भर्ना गरिएको थियो । घटना हुने साथ उनिहरुको दुई जना नानीहरू घटनास्थल हुदै अस्पताल सम्म पुगेका थिए । यो परिवार ताइ पो नजिकै बस्तछ्न।शोकमा डुबेकी मृतकको बहिनीले रुदै मृतको सरसमान बुझी लिएकी थिइन।
चेङ र उनको श्रीमतीको एक छोरा र  एक छोरी छ्न। ऊनीहरु फु हेङ स्टेटमा बस्छन र ती छोरा र छोरी हुर्की सकेकाछ्न। यी श्रीमान र श्रीमतीको सम्बन्ध प्रेमपुर्ण थियो र दुबै जना फुड प्याक गर्ने काम गर्दथे। आज छुट्टीको दिन किनमेलको लागि संगै बाहिर निस्केको बेला यो जोडिमाथी यो हुनुहुनामि भएको थियो ।
घटना भएको बेला मृतककि ९० वर्षकि आमा पनि घटना स्थल नजिकै थिइन। मृतकको भाइको श्रीमतीले घटनाबारे थाहा पाएपछि तुरुन्त ती ९० वर्षकि आमैलाई निवास पुर्याएकी थिइन। मृत्युको बारेमा बोजुलाइ अहिले केही नबताउने कुरा उनले रिपोर्टरलाइ बताइन।

घाइते हुनेमा ४ देखि ७४ वर्ष बीचका ५ महिला ४ पुरुष परेका थिए । घाइते हुनेमा एक गर्भवती महिला र ४ वर्षको बालक पनि परेका थिए ।


एक अर्कि महिला कोमामा गइन जसलाई उपचारको लागि नर्थ डिस्ट्रीक्ट अस्पताल लगियो। ४ वर्षको बच्चा र एक वृद्ध महिलालाई प्रीन्स अफ वेल्स अस्पताल लगियो। जम्मा चार जना चाहिँ गम्भीर घाइते भएका थिए ।
यसका अलावा २ महिला र एक पुरुषलाई हल्का चोट लागेको थियो जसलाई नेदरसोल र प्रीन्स अफ वेल्स अस्पताल लगिएको थियो ।
प्रहरीले घटनास्थललाई ब्लक गरेर घटनाको कारण पत्ता लगाउने क्रममा ६३ वर्षका ट्याक्सी चालकलाई पक्राउ गर्‍यो । मादक पदार्थ र लागु औषधको परिक्षणमा चालक पास भए। तर ज्यान लिने स्तरको खतरापूर्ण ड्राइभिङमा उनी पक्राउ परे।
प्रहरीले सडकको अवस्था , ट्याक्सीको उपकरणिय स्थिति र चालकको मानसिक अवस्थाबारे खोजतलास गर्ने भएको छ।

दुर्घटनामा परि घाइते भएकी सुङ थरकि एक जना ६३ वर्षकी महिला जसको उपचार चुन मुन अस्पतालमा भैरहेको थियो उनको मृत्यु आज २३ अगस्ट सोमबार बिहान ७.०५ बजे भएकोछ। यो घटना परि मृत्यु हुनेको संख्या २ पुगेकोछ।

घाइते भएका मध्ये एक जना पुरुषको अवस्था सामान्य भैसकेको छ भने दुई महिला र एक पुरुष उपचार पश्चात् डिस्चार्ज भएकाछ्न।

२३ अगस्ट २०२१

२ जनाको मृत्यु र ८ जना घाइते बनाएको घटना स्थलबाट घटना भएकै दिन प्रहरीले सो ट्याक्सीलाई हङकङ प्रहरीको सवारी जांच गर्ने ताइ लाम चुङ स्थित जाँच केन्द्रमा लगेको थियो । २३ अगस्टका दिन संबंधित व्यक्ति आएर ट्याक्सीको निरिक्षण गरेका थिए ।

त्यसपछि यो केस थप अनुसन्धानको लागि न्यु टेरिटोरिजको नर्थ रिजनल क्राइम स्क्वाडमा ट्रान्सफर भयो। क्वाडले अहिले यो केस आम नरसंहारसंग संबंधित छ छैन अध्ययन गरिरहेछ। यो बिभागले ट्याक्सीको पार्टस र घटना भएको बेलाको स्पिड पनि जाँच गर्दछ। ट्याक्सीको रेकर्ड हेर्दा २०१६ सालमा यसलाई कारखानाबाट ढुवानी गरेको देखिन्छ ।

हङकङमा अहिलेसम्म घटेको ठुला ट्राफिक एक्सिडेन्टसंग संबंधित केसलाई हेर्दा अन्ततः ड्राइभरलाइ नरसंहार र खतर्नाक तरिकाले बाहन चलाएको अपराधमा दोषी ठहर्‍याएका उदाहरणहरु पाइएकोछ। जस्तै सन २०१८ सालमा ताइ पो रोडमा अति स्पिड कुदेको केएमबी बस दुर्घटनाग्रस्त हुँदा १९ जनाको मृत्यु र ६७ जना घाइते भएका थिए ।उक्त बस चालकलाई सर्वोच्च अदालतले १९ जनाको कत्लेआम गरेको र अरु लाई गम्भीर चोटपटक लाग्ने गरि १९ पटक खतराजनक ढंगले वाहन चलाएको अपराधमा दोषी ठहर्‍याएको थियोे । जम्मा ३८ वटा अपराध घटाएकोमा उनलाई १४ वर्ष जेल चलान गरिएको थियो भने उनको सवारी लाइसेन्स जीवन भरको लागि निलम्बन गरिएको थियो ।

२४ अगस्ट २०२१

घटना स्थलमा मानिसहरुले फुल चढाएर श्रद्धाञ्जली अर्पण गरिरहेछ्न। ट्याक्सीले भत्काएको ट्राफिक लाइट मर्मत भैसकेको छ।

८ जना घाइते मध्ये ४ जना अझै अस्पतालमा नै छ्न।ती चार जनामा ४ वर्षे बालकको स्थिति अझै कृटिकल छ। ती ४ वर्षका बालकका गर्भवती माता र ५९ वर्षका मृतकको ५१ वर्षीया महिलाको अवस्था अझै गम्भीर छ। मृतक चेङको छोरीले बताए अनुसार उनको आमाको दोस्रो अपरेसन सफल भएकोछ र आफ्नो पतिको मृत्युबारे उनलाई अवगत भैसकेको छ।

ट्याक्सी चालक जो अस्पतालमा भर्ना भएका थिए अहिले उनको अवस्था सामान्य भैसकेको छ। उनलाई आज फेन लिङको मेजिस्ट्रेट अदालतमा दिउँसो हाजिर हुने आदेश थियो तर ज्वरो आइरहेका कारण उनी हाजिर हुन सकेनन। न्यायाधीशले शुक्रबार सम्मको लागि अथवा अस्पतालबाट डिस्चार्ज नभैन्जेल सम्मको लागि केसलाइ स्थगन गरेकोछ। अदालतमा हाजिर नभैन्जेल उनलाई हिरासतमा राखिनेछ।

६३ वर्षका मोक पुइ वा नाम गरेका ती चालकलाई ल्याम्प पोस्ट नम्बर AE0236 नजीक रहेको रोडमा खतराजनक ढंगले गाडी कुदाएको कसुर लागेको छ।

आज दिउँसो ४ बजे तिर ५९ वर्षका मृतकका परिवारजन घटना भएको स्थानमा पुजापाठ र प्राथना गर्न गएका थिए । उनिहरु संगै ताइ पो वासीहरु पनि अन्तिम श्रद्धाञ्जली दिन भेला भएका थिए ।

प्रहरीको टोलि पनि सहयोग गर्न आएका थिए । केहि समयको लागि रोड बन्द गरिएको थियो । ४ बजेको समयमा करिब २० जना जति मृतकका परिवार र आफन्तहरु घटना भएको सेफ्टी आइल्यान्ड (बाटो क्रस गर्ने एरियाको बीचमा रहेको सवारीसाधन जान नमिल्ने निषिद्व स्थान ) को मध्य भागमा लाइन लागेर बसे। यसबेला ताओ पुरोहितले आधा घन्टा सम्म पुजापाठ गरे। यसैबेला धेरै मानीसहरु आएर फुलको गुच्छा अर्पण गर्दै र धूप सल्काएका थिए ।

२५ अगस्ट

आफ्नी गर्भवती श्रीमती र चार वर्षको छोरासंग बाटो क्रस गर्दा लाउ पनि यो दुर्घटनामा परे। उमेरले चालीस नाघेका लाउ गर्भमा रहेको छोरीको जन्म राम्ररी हुने हो होइन चिन्तामा छ्न। क्लांत अनुहार लिएर आफ्नो श्रीमती र छोराको हेरचाह गरिरहेका थिए अस्पतालमा आज बिहान ।

चार वर्षे छोराको अवस्थामा केही हदसम्म सुधार आएता पनि आमा छोराको स्वास्थ्य प्रतिको चिन्ताले लाउलाइ ज्यादै सताएकोछ।

श्रीमती आइसियु बाहिर रहेता पनि उनको स्मरण शक्ति पुर्णतः फर्केको छैन। छोराको टाउकोको चोट विसेक भए पनि फलो अप उपचार बाँकी नै छ ।

महामारीको कारण लाउले यो वर्षको शुरु तिर मात्र नयाँ काम पाएका हुन । उनले सबै सहयोगी मनहरुलाइ धन्यवाद दिए जसले आर्थिक सहयोग गर्ने तत्परता जनाए । तर तत्कालको लागि आर्थिक समस्या नभएको पनि उनले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाएका ५९ वर्षका चेङ क्वान होइकि छोरीले पनि सहयोगी प्रती आभार प्रकट गर्दै अब डोनेसन उठाउन बन्द गर्न आग्रह गरेकी छिन।

अगस्ट २३ तारीख ताइ पोका डिस्ट्रीक्ट काउन्सिलर हो वाइ- लामको फेसबुक पेज मार्फत डोनेसन उठाउन थालिएको थियो ।

अहिलेसम्ममा जति पैसा उठेको छ त्यसलाई पिताको दाह संस्कार र माताको उपचारको लागि खर्च गर्ने कुरा गरिन।

ट्याक्सी यसरी कुदेको थियो

तपाईको प्रतिक्रिया