२४ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

विङ ओन डिपार्टमेन्ट स्टोरले कोभिड-१९ भ्याक्सिनेसन लक्की ड्र अगस्ट २ तारीख देखि प्रत्येक हप्ता आयोजना गरिरहेको छ। हङकङ डलर १८ लाख बराबरको लगानी रहेको  विभिन्न रकमको विङ ओन गिफ्ट भौचर विजेताले प्राप्त गर्नेछन। जम्मा १४ राउन्ड सम्पन्न हुने यो भाग्य चिट्ठा ७ तारीख नोभेम्बर २०२१ सम्म चल्नेछ ।

चिट्ठामा भाग लिनेको योग्यता
.सहभागीले कुनै पनि विङ ओन स्टोरमा हङकङ डलर २०० वा सो भन्दा माथीको रकम बराबरको कुनै पनि वस्तु एकै दिनमा खरिद गर्नु पर्दछ। र सो रसिद सोही दिन लक्की ड्र कलेक्सन बक्समा खसाल्नु पर्दछ। कुनै पनि विङ ओन स्टोरको शाखामा राखिएको संकलन बक्समा चिट्ठाको टिकटलाई कार्यलय खुल्ने समयमा खसाल्न सक्नु हुनेछ।
.सहभागी हङकङको अस्थायी र स्थायी परिचयपत्र बाहक हुनु पर्दछ।
. १८ वर्ष पूरा भएको हुनुपर्छ ।
. पुरस्कार संकलन जानू भन्दा अगाडि विजेताले कोभिड खोप हङकङमा लगाएको हुनु पर्दछ। चिट्ठाको नतिजा प्रकाशित भएको दिन देखि तीन महिना सम्ममा पुरस्कार संकलन गर्ने म्याद हुनेछ।

.दुबै मात्रा खोप लगाएका, पुर्व संक्रमित हुन भने एक मात्रा खोप लगाएकाले मात्रै पहिलो , दोस्रो  र तेस्रो पुरस्कार जित्ने योग्यता राख्नेछ्न। केवल एक मात्रा खोप लाउनेलाई छुट्टै पुरस्कारको व्यवस्था पनि रहेकोछ।

सहभागीले हङकङ डलर २०० को रसिदले लक्की ड्रको एउटा टिकट प्राप्त गर्दछ। प्रत्येक सहभागीले १० वटा सम्म टिकट संकलन बक्समा खसाल्न सक्दछ।

तेस्रो राउन्ड सम्मको भाग्य चिट्ठाको लागि टिकट संकलन समय सकिएकोछ। अब चौथो राउन्ड उताको समय सिमा मात्र उपलब्ध छ। सामान्यतया टिकट संकलन समय प्रत्येक सोमबार सुरु भएर प्रत्येक आइतबार समाप्त हुदछ। सबै चिट्ठा प्रत्येक बुधबार उडाइनेछ।

यदि सहभागीले पहिलो राउन्डमा पुरस्कार जित्न सफल भएन भने उसको नाम स्वत अर्को राउन्ड हुदै अन्तिम राउन्ड सम्म जाँदछ।

अंग्रेजी लिङ्क

“luckydraw-Vaccination Lucky Draw-Wing On NETshop” https://shop.wingon.hk/luckydraw

तपाईको प्रतिक्रिया