२५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

आज बुधबार हङकङमा पाँच वटा कोभिड संक्रमित  केस दर्ता भएकाछ्न जसमा तीन जना शिशु र दुई जना पुर्ण खोप लगाएका वयस्क परेकाछ्न।

दुई जना पुर्ण खोप लगाएका महिलाहरुमा एकजना ४४ वर्षीया फिलिपिन्सबाट  र एकजना दुबईबाट आएकी ६१ वर्षीया परेका छ्न।

४४ वर्षकी महिलाले हङकङ मै बायोएन्टेक भ्याक्सिनको दुई डोज लगाएको बताइएको छ भने ६१ वर्षकी महिलाले साइनोफार्म भ्याक्सिनको दुबै डोज पाकिस्तानमा लगाएकी हुन। ती दुबै जनाले सुइको पहिलो सट अप्रिल  र दोस्रो मे महिनामा ग्रहण गरेका थिए ।

तीन जना १ देखि ३ वर्षका संक्रमित शिशुहरु पाकिस्तान र फ्रान्सबाट आएका हुन। पाकिस्तानबाट आएका दुइ शिशु वर्ष १ र वर्ष २ मा  अगस्ट २१ का दिन  लक्षण देखिएको थियो भने फ्रान्सबाट आएकी वर्ष ३ कि शिशु आफ्नो क्वारेन्टाइन अवधि चिम शा चुइको शेराटोन एन्ड टावर होटेलमा बसेको बेला  अगस्ट २३ मा लक्षण देखिएको थियो ।
तिनै जना शिशुमा कोरोना भाइरसको म्युटेन्ट  डेल्टा स्ट्रेन L452R देखापरेको छ।

हङकङ स्वास्थ्य रक्षण केन्द्रले दिएको जानकारी अनुसार अगस्ट ११ देखि २४ सम्मको दुई हप्ताको अबधिमा जम्मा ५० केस दर्ज भएकाछ्न जसभित्र एउटा अज्ञात स्रोतवाला स्थानीय , एउटा आयातित केस संग संबंधित र बाकी सबै आयातित केस रहेकाछन।

हङकङबाट अगस्ट १३ तारिख युके गएकी एक ४२ वर्षकी महिला संक्रमित पुष्ठि भएको जानकारी युकेले हङकङ स्वास्थ बिभागलाई दिएकोछ।
अगस्ट १६ मा संकलित नमूना परिक्षण गर्दा उनमा पोजेटिभ देखिएको हो र उनमा कोरोनाको कुनै लक्षण देखा परेको थिएन ।
उनी इन्क्युबेसन अबधिमा हङकङ छ्दा बसेको वतन – विङ च्यङ हाउस, सिउ वो कोर्ट, ८ सिउ ओ रोड ,सातिन निवासी सबै नागरिकहरुलाई  अनिवार्य कोरोना परिक्षणमा जानुपर्ने आदेश सरकारले दिएकोछ आज।
अनिवार्य कोरोना परिक्षणमा जानुपर्ने आदेश अनुसार २ अगस्ट देखि २५ अगस्टको अबधिमा जसले २ घन्टा भन्दा बढी समय विङ च्यङ हाउसमा बिताएका थिए या छ्न उनिहरुले अगस्ट २७ भित्र कोभिड टेस्ट गरिसक्नु पर्नेछ।
यदि अगस्ट २३ र २५ का बीचमा जसको रिजल्ट नेगेटिभ आएकोछ उनिहरु टेस्टमा जानू पर्दैन ।

तपाईको प्रतिक्रिया