५ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।

अगस्ट ३० तारीख हङकङ सरकारले सेप्टेम्बर १ तारीखबाट फिलिपिन्स र इन्डोनेसियामा खोप लगाएका हङकङ  नागरिकलाई पनि  हङकङ प्रवेश गर्न दिने कुराको घोषणा गरेको थियो ।

फिलिपिन्स र इन्डोनेसियाबाट बिदेशी घरेलुु कामदारले अगस्ट ३० तारीख सोमबारबाट हङकङ प्रवेश गर्न पाउने तर यहाँ अडकिएका हङकङ नागरिकलाई भने किन हङकङ प्रवेशमा रोक लगाइएको भनेर चर्को बिरोध आएपछि सरकारले यस्तो निर्णय गरेको थियो ।

सेप्टेम्बर १ तारीख लेजिस्लेटिव काउन्सिल बैठकमा बोल्ने क्रममा खाद्य तथा स्वास्थ मन्त्री सोफिया च्यानले हालमा हङकङ सरकारले उच्च जोखिमयुक्त इलाकामा पर्ने केहि देशहरू मध्ये थाइल्यान्डसंग भ्याक्सिन रेकर्डलाई मान्यता दिनेबारे वार्ता भैरहेको कुरा बताएकी थिइन।

भ्याक्सिन मान्यताबारे अहिले आशियन (association of southeast asian nations) मुलुकबाट   थाइल्यान्ड र मलेसियासंग छ्लफल भैरहे छ। ” यस छलफलको महत्त्वपूर्ण पाटो भनेको भ्याक्सिन रेकर्डलाई कसरी प्रमाणित गर्ने भन्ने  नै हो। यात्रा गर्ने सिलसिलामा फर्जी भ्याक्सिन प्रमाणपत्र लिएर हिडेको हङकङ सार सरकारलाई स्विकार्य हुदैन ।” च्यानले भनेकी थिइन।

फिलिपिन्स र इन्डोनेसियाका अलावा  हङकङले निम्न थप निम्न देशको भ्याक्सिन रेकर्डलाइ मान्यता दिएको छ। ती थपिएका देश हुन टर्की , सान मारिनो,नर्थ मेसोडोनिया , युक्रेन र भेटिकन।

उल्लिखित स्थानबाट हङकङ फर्किने हङकङ नागरिकले २१ दिन होटेल क्वारेन्टाइन बस्नुपर्छ ,क्वारेन्टाइन अबधिमा ६ वटा कोभिड परिक्षण गर्नु पर्छ,सात दिन घरमा एकान्तवास बस्नु पर्छ र हङकङ आएको २६ औं दिनमा पुन कोभिड परिक्षण गर्नु पर्छ।

हङकङ सरकारले हालसम्म गरेको घोषणा अनुसार ग्रुप ए अर्थात  उच्च जोखिमपूर्ण क्षेत्र अन्तर्गत  परेका र अन्य मुलुक गरि   जम्मा ४६ वटा देशमा भ्याक्सिन हानेका हङकङ नागरिकलाई हङकङ प्रवेश हुने अनुमति दिएकोछ।

ग्रुप ए ( उच्च जोखिम )भित्र पर्ने देशहरु
१. बंगलादेश
२.ब्राजिल
३. कम्बोडिया
४.फ्रान्स
५.ग्रीस
६.इन्डिया
७.इन्डोनेसिया
८.इरान
९.आयरल्यान्ड
१०.मलेसिया
११.नेपाल
१२.नेदरल्यान्ड
१३.पाकिस्तान
१४.फिलिपिन्स
१५.रशिया
१६.साउथ अफ्रिका
१७.स्पेन
१८.श्रीलंका
१९.स्विजरल्याण्ड
२०.तान्जानिया
२१.थाइल्यान्ड
२२.टर्की
२३. युनाइटेड अरब एमिरेट्स
२४.युनाइटेड किङडम
२५. युएसए

निम्न स्थानको भ्याक्सिन रेकर्डलाई हङकङले मान्यता दिएको छ।
१.हङकङ
२.मेनल्याण्ड ( चीन )
३.मकाउ
४.अस्ट्रेलिया
५.अस्ट्रीया
६.बेल्जियम
७.बुल्गेरिया
८.क्यानाडा
९.क्रुएसिया
१०.साइप्रस
११.चेक रिपब्लिक
१२.डेनमार्क
१३.एस्टोनिया
१४.फिनल्यान्ड
१५.फ्रान्स
१६.जर्मनी
१७.ग्रीस
१८.हङ्गेरी
१९.आइसल्याण्ड
२०.इन्डोनेसिया
२१.आयरल्यान्ड
२२.इटाली
२३.जापान
२४.लात्भीया
२५.लिच्टेन्स्टेन
२६.लिथुवानिया
२७.लग्जम्बर्ग
२८.माल्टा
२९.नेदरल्यान्ड
३०.नर्वे
३१.नर्थ मेसोडोनिया
३२.फिलिपिन्स
३३.पोल्यान्ड
३४.पोर्चुगल
३५.रोमानिया
३७. सन मारिनो
३८.स्लोभानिया
३९.स्पेन
४०.स्विडेन
४१.स्विजरल्यान्ड
४२.टर्की
४३.युक्रेन
४४.युनाइटेड किङ्डम
४५.युनाइटेड स्टेट्स अफ अमेरिका
४६.भेटिकन सिटि

हङकङ सरकारको नेपाल सरकारसंग नेपालमा लगाएको भ्याक्सिन रेकर्डलाई कसरी मान्यता दिने भन्ने विषयमा औपचारिक छलफल भएको समाचार सुन्नमा आएको छैन। हङकङ स्थित नेपाली महावाणिज्यदूत देखि हङकङका नेपाली संघ संस्था साथै नेपाली समाज संग सरोकार राख्ने स्थानीय राजनीतिक पार्टी आदिले नेपालको भ्याक्सिन रेकर्डलाई पनि मान्यता दिइयोस भनेर सरकारको संबंधित निकायमा निवेदन  गर्ने  काम भैरहेको छ।  नेपालमा रहेका हङकङवासी नेपालीले पनि नेपालका आधिकारिक निकायमा आफ्नो मुद्दाहरुलाइ पुर्याइसकेका छ्न।
अब कहिले हङकङ र नेपाल सरकारबीच नेपालको भ्याक्सिन रेकर्डलाई कसरी प्रमाणीकरण गर्ने भन्ने  विषयमा दोहोरो छलफल हुन्छ त्यही कुराले ल्याउने निष्कर्षका आधारमा नेपालमा खोप लगाएका हङकङबासी नेपालीको हङकङ आगमनलाई  सुनिश्चित गर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया