रमेश के.सी.



प्रसिद्ध नेपाली साहित्यकार इन्द्र बहादुर राईको साहित्यिक जीवन विरोधाभासपुर्ण देखिन्छ । एकथरी नेपालीहरु उनलाई पश्चिमी मान्यता र प्रविधीमा लेख्ने लेखक मान्दछन भने अर्का थरी प्रवासी विशेष गरेर दार्जिलीङको जनजीवनलाई वैश्विक  लेप दिएर चित्रण कोर्ने लेखक भन्दछन।
प्रसिद्ध वंगाली चलचित्रकार सत्यजीत रेलाई त भारतीयहरु पश्चिमी चलचित्रकार मान्दथे भने पश्चिमाहरु भारतीय  चलचित्रकार । इन्द्र बहादुर राई सरल लेखक होइनन । त्यसैले होला उनलाई लेखकका लेखक पनि भनिन्छ । कथा, उपन्यास, समालोचना, निबन्ध र पत्रपत्रिकामा टिप्पणीहरु गरेका राईको साहित्यिक यात्रा तीन चरणमा बाँडीएको छ । पहिलो यथार्थवादी, दोस्रो आयामेली र तेस्रो लीलालेखनवादी । अंग्रेजी साहित्यमा एमए गरेका राईलाई पश्चिमेली चिन्तन परम्परा, शैली र विधी संग अभ्यस्त हुन मद्दत  पुगेको देखिन्छ ।

राईले तेस्रो आयाम साहित्यिक आन्दोलन मार्फत नेपाली साहित्यको आधुनिकीकरणमा महत्वपूर्ण योगदान दिएका छन । तेस्रो आयाम साहित्यको आन्दोलन सन १९६० को दशकमा दार्जिलिङ्गमा शुरु हुँदा उनलाई वैरागी काँईला र इश्वर बल्लभले साथ दिएका थिए ।

युवा अवस्थामा इन्द्रबहादुर राई

दार्जिलिङको परिवेशमा रहेर जीवनभर साहित्य सिर्जना गरेका उनले पूर्वीय  विशेष गरेर बौद्ध, जैन, हिन्दु, चीनको ताओ र जापानको जेन बौद्ध परम्पराबाट आफुले लीला लेखन तयार गरेको बताएका छन । यसर्थ उनको साहित्यमा हामी पूर्वीय  मन र पश्चिमी मस्तिष्क सक्रिय रहेको पाउछौं ।


राईले तेस्रो आयाम साहित्यिक आन्दोलन मार्फत नेपाली साहित्यको आधुनिकीकरणमा महत्वपूर्ण योगदान दिएका छन । तेस्रो आयाम साहित्यको आन्दोलन सन १९६० को दशकमा दार्जिलिङ्गमा शुरु हुँदा उनलाई वैरागी काँईला र इश्वर बल्लभले साथ दिएका थिए । तेस्रो आयाममा काँईला र बल्लभले कविता क्षेत्रमा विशेष योगदान दिए तर राईले चिन्तन विधी मार्फत समालोचना र अन्य वैचारीकीमा जोड दिए ।

तेस्रो आयाम विशेष गरेर भावुक र सतही नेपाली साहित्यको विरुद्ध शुरु गरिएको थियो । यो बुद्धीवादी आन्दोलन थियो । जहाँ चित्रकला, मनोविज्ञान, भौतिक विज्ञान, दर्शन र मीथकीय चिन्तनको समिश्रण थियो । जसलाई राईले जति व्याख्या कसैले गर्न सकेन । जीवनको लम्बाई र चौढाइ होइन कि गहिराईलाई लेख्ने दाबी  गरिएको आयामिक आन्दोलनले मान्छेको सम्पूर्णतालाई समात्ने घोषणा गरियो । हुन पनि यसले पछिका दशकहरुमा नेपाली साहित्य जगतमा राम्रो प्रभाव देखायो । त्यो बेलाको आधुनिक कविता लेखनमा यसले आफ्नो प्रभाव देखायो । कतिले त आयामीक कविताको अनुकरण गरेर कविता लेखे ।
आयामीक लेखन पछि राईले बुद्धिमा त्यति भरोसा गर्न नसकेपछि लीला लेखनको घोषणा २०३४ सालको रुपरेखा साहित्यिक पत्रिकामा गरे । लीला लेखन मार्फत राईले साहित्यलाई अध्यात्मिकीकरण, मनोवैज्ञानिकीकरण गरेर झन रहस्यमय बनाए । त्यो कुरो पूर्वीय  चिन्तनमा पहिले देखि नै थियो । तर पछि गएर दोस्रो विश्वयुद्ध ताका विकसीत भएको प्रमात्रा भौतिकीसंग राईले त्यसको मेल भएको ठम्याए । यी दुवै कुराको बलमा उनले आदि शंकराचार्यको लीला अवधारणालाई विभीन्न साहित्य सिद्धान्त र दर्शनले पुष्टी गर्न थाले । लीला लेखन पुर्व र पश्चिमको फ्युजन थियो । यसमा राईले आफ्नो लेखकिय आत्माको बोध गर्न थाले ।
प्रसिद्ध अमेरिकी अध्यात्म बैज्ञानिक केन विल्वरले जीवन र जगतलाई बुझ्न मानिससंग तीनवटा आँखा भएको बताएका छन – पहिलो आँखा भौतिक, दोस्रो मस्तिष्क र तेस्रो ध्यानस्थ आँखा । राईमा ध्यानस्थ आँखा प्रबल देखिन्छ । उनका साहित्यमा आप्त बचन जस्ता पंक्तिहरु यहि ध्यानस्थ आँखाबाट लेखिएको हो । आज राईको निधन भएको करिब ३ वर्ष पुग्न लागेको छ । यहि क्रममा उनको स्मृतिमा “इन्द्राख्यान” स्मृति विम्बमा इन्द्र बहादुर राई नामक २२२ पेजको ग्रन्थ रत्नमणी नेपालको सम्पादनमा प्रकाशित भएको छ । यस ग्रन्थमा विभिन्न खण्डमा राईको लेखन, चिन्तन र जीवनमाथि करिब ९० जनाको लेखहरु र राईकै प्रतिनिधि रचनाहरु छापिएको छ । जसमा प्राज्ञिक साहित्यिक देखि परिवारका सदस्यहरु सम्मको आलेख समावेश छ । जहाँ नम्र असल र नेपालीहरुको गौरव गर्ने राईको सम्पूर्ण जीवनी र लेखनीको ज्ञान पाउन सकिन्छ । यहि राईको साहित्यिक बोधको यहाँ चर्चा गरिने छ ।

आयामीक लेखन पछि राईले बुद्धिमा त्यति भरोसा गर्न नसकेपछि लीला लेखनको घोषणा २०३४ सालको रुपरेखा साहित्यिक पत्रिकामा गरे । लीला लेखन मार्फत राईले साहित्यलाई अध्यात्मिकीकरण, मनोवैज्ञानिकीकरण गरेर झन रहस्यमय बनाए ।

इश्वर बल्लभ, इन्द्रबहादुर राई, वैरागी काँइला

कथाकार र उपन्यासकार राई

पुस्तककारको रुपमा राईको पहिलो कथा संग्रह १९६१ मा “विपना कतिपय” प्रकाशित हुन्छ भने दोस्रो कथा संग्रह कथास्था (कथा र आस्था) १९६२ मा, तेस्रो कथा संग्रह “कठपुतलीको मन”, १९२९ मा प्रकाशित हुन्छ । समरसेट ममको कथा संग्रह पढेपछि कथा लेख्न थालेका राईको पहिलो चरणका कथाहरु सामाजीक यथार्थवादी रहेको छ । “चपरासी” र “रातभरी हुरी चल्यो” जस्ता कथाहरुमा दार्जिलिङको निम्न वर्गको मनोविज्ञान, सामाजिकता र जीउनुलाई उनले उत्खनन गरेका छन ।
शुरुका कथा यथार्थवादी भएकोले उनले जनजीवनको फोटोग्राफी गरेको छन । “जयमाया आफुमात्र लिखापानी आइपुगी” जस्ता शसक्त कथामा राईले पहिलेको वर्माबाट युद्धका कारण भागेका प्रवासी नेपाली पात्रहरुको जीवन संघर्षलाई उतारेका छन । जीवनलाई जस्तो देख्यो र भोग्यो त्यसको चित्रण यस कथा संग्रहका कथाहरुमा गरेका छन । स्थानीयताको छाप पनि पाइन्छ । आफुले चाहेजस्तो जीवन नहुने विसंगत र विडम्वनालाई राईले अभिव्यक्त गरेका छन ।
दोस्रो कथा संग्रह कथास्थामा आयामेली चिन्तन प्रधान कथाहरु छन । सम्पुर्ण जीवनलाई लेख्ने उद्यम समातेका उनले नमीलेको जीवनलाई “खीर” कथामा उतारेका छन ।  परम्परा माथीको प्रश्नमा “एउटा विचारको यात्रापथ” र सामान्य वस्तुमा अल्झेको मनोविज्ञानमा “काजु, बदाम छोरा” जस्ता कथाहरु लेखेका छन ।
जीवन देखिए जस्तो मात्र नहुने लागेर उनि आयामिक बने । आयाममा बस्तुता अगोचर हो भन्ने जर्मन दार्शनिक इमानुएल कान्टको भनाईमा आधारित भएर कथा लेखेका छन । उनी यी कथाहरुमा धर्म, विज्ञान, चित्रकला र विचित्रको भाषा प्रयोग गर्दछन । मान्छेको मन उनको खोजको विषय हो । मान्छेको विषयमा राई भन्दछन की “उ दुई नाङला आँखा एक चिम्टी गिदी, दुई चिम्टे खुट्टाको व्यक्ति बनेको छ।” यहि मान्छेले सोचेको भोगेको र अनुभुत गरेको जीवनमा उनले लीला देखे ।
जसलाई  कठपुतलीको मन कथाहरुमा लेखेका छन । जसमा सबैभन्दा चर्चित कथा “कठपुतलीको मन” जो गुरु प्रसाद मैनालीको लोग्ने स्वास्नीको झगडा भएको कथा “परालको आगो” को विनिर्माण हो । परालको आगोलाई मीथक मानेका छन उनले ।  त्यहि मीथकलाई फ्रान्सेली चिन्तक ज्याक डेरिडाको विनिर्माणवादी विधि मार्फत यस कथाको संरचना तयार गरेका छन । यस कथामा उपन्यास, समालोचना, कविता र दर्शनको तत्वहरु पाइन्छन । आधुनिक जीवनमा परालको आगो मीथकलाई विद्या भञ्जन गरी दिएको साहित्यले उनलाई डेरिडीय बनायो ।
जीवनलाई बाँच्ने खेल ठानेका राई मान्छेका वैचारीकीहरु सबै भ्रम हो र यथार्थ वास्तवमा अगोचर छ भन्दै स्थितिलाई  रहस्यमय बनाउछन । कठपुतलीको मन जस्तै नाच्ने  पात्रहरुको चयन गरेर मानिसलाई जीवनको विचार र घटनाले छमछमी नचाई रहेको निष्कर्षमा पुग्दछन ।
यथार्थवादी उनी अब विनिर्माणवादी बन्न पुगे । सन १९६४ मा प्रकाशित उनको एक मात्र उपन्यास “आज रमीता छ” नेपाली साहित्यमा कोषेढुङ्गा सावित भएको छ । मञ्जु श्री थापाद्वारा अंग्रेजीमा अनुदीत यस उपन्यासलाई आञ्चलिक उपन्यास पनि भनिन्छ । भारतको स्वतन्त्रता संग्रामको कालखण्डको वरिपरि  घुमेको यस उपन्यासमा उनले पहाडकी रानी दार्जिलिङ्गका र त्यस वरपरीका मानिसहरुको बीडम्बना पुर्ण नमिलेको जीवनलाई रमीतासंग जोडेका छन । दार्जिलिङका चिया कमानका श्रमीकहरुको समस्या र त्यसमाथीको राजनीतिमा केन्द्रित यस उपन्यासमा जनक र भूदेव जस्ता राजनीतिककर्मीहरु प्रमुख पात्र छन । अन्य पात्रहरु आर्थिक अभाव, विसङ्गती र पहिचानको समस्याले पिडीत छन ।

भाषा आन्दोलन र जानीतिमा राई

सन १९०७ देखि नै दार्जिलिङ्गलाई छुट्टै  प्रशासनीक इकाईको माग राखी आन्दोलन उठेको हो । जुन आन्दोलनसंग राई पनि जोडीएका छन । भारतीय  नेपालीहरुको अस्मिताका लागि लडने उनी प्रारम्भिक कालमा काँग्रेस आई पार्टी संगपनि जोडिएका थिए । सन १९८० मा उनले प्रान्त परिषद नामको राजनीतिक दल गठन गरेका थिए भने दार्जिलिङ नगरको उपाध्यक्ष समेत भएका थिए । आफुले पाएको भारतीय  साहित्य एकेडेमी पुरष्कार भारतीय  प्रधानमन्त्री मुरारजी देसाईले नेपाली भाषालाई विदेशी भाषा भने पछि फर्काइदिएका थिए ।
भाषा आन्दोलनमा विभिन्न कालखण्डमा सरकारसँग वार्ता र पत्राचार गरेका उनि गोर्खा परिचयका लागि मरि मेटने एक राजनीतिक रुपमा सचेत प्राणी थिए। पछिबाट पी.वी. नरसिंहराव भारतका प्रधानमन्त्री बनेका बखत नेपाली भाषा भारतीय  संविधानको ८ औं अनुसुचीमा समावेश भयो । जसको नेतृत्व सिक्कीमका तात्कालिन मुख्यमन्त्री नर बहादुर भण्डारीले गरेका थिए । यहि भाषा आन्दोलनलाई उनको साहित्यिक लेखनले पनि मद्दत  गरयो । यहि क्रममा उनले भारतीय नेपालीहरु रहेको विभिन्न स्थानमा भाषण पनि गरे । जीवनका शुरुका दिन हरुमा इलामको कर्फोकमा शिक्षण पेशामा संलग्न राई पछि सम्म शिक्षण पेशामा संलग्न  रहे । ऊनी  एक असल शीक्षक भएको कुरा उनका शिष्यहरुले बताएका छन ।

सन १९८० मा उनले प्रान्त परिषद नामको राजनीतिक दल गठन गरेका थिए भने दार्जिलिङ नगरको उपाध्यक्ष समेत भएका थिए । आफुले पाएको भारतीय  साहित्य एकेडेमी पुरष्कार भारतीय  प्रधानमन्त्री मुरारजी देसाईले नेपाली भाषालाई विदेशी भाषा भने पछि फर्काइदिएका थिए ।

आइबी राइ

शब्द बोधमा राई

इन्द्र बहादुर राईको साहित्यको गुणमा उनले प्रयोग गरेको भाषा पनि हो । उनि मूर्त र अमुर्त  दुवै भाषाको प्रयोग गर्दछन । भाषा विज्ञानको क्षेत्रमा पनि उनले काम गरेका थिए । जसमा उनले  पुर्व नेपाल तराईको धिमालहरुको भाषा  , नेपाली भाषामा राजस्तानी साहित्य, भारतीय  नेपाली भाषा तिर र लेखनमा ड र ढ जस्ता अक्षरको प्रयोग प्रमुख छन । राईको जस्तो भाषाको पकड विरलै लेखकहरुमा पाइन्छ । उनका कथामा प्रयोग भाषाले उनी शब्दशील्पी भएको र त्यसबाट नयाँ र अमूर्त अर्थ प्रदान गर्दछन जस्तै  “तीतो करायो”  “तीतो दुख्यो” “पहेंलो क्षण” “चिसो उज्यालो” “गोलो उज्यालो” “पल्ला च्याप्टो उज्यालो” “निलो डाडा” “फुस्रो ध्वनी” “बुडो डर” जस्ता चिदविषमताको अर्थ दान  भएको छ । दार्जिलीङ्गको स्थानीय  लवजलाई लेख्ने राई चलचित्रको मोन्टाजलाई पनि आफ्ना कथाहरुमा प्रयोग गर्दछन । चित्रकला र संगीतको ज्ञान  भएका कारण पारम्परीत पाठकहरुलाई राईको भाषाले अनेकौंपन तिर लान्छ । राईका कतिपय शब्द वाक्य गठनहरु पारम्परीक व्यक्तित्व बाहिर रहेको छ । राई भाषाका नवीन अन्वेषक हुन जसले पाठकलाई अमुर्तताको समेत बोध गराउँछ ।

आत्मबोधमा राई

राईको आत्मबोधमा पूर्व र पश्चिमको समीश्रण पाइन्छ । बौद्धिकरुपमा उनका समालोचनाहरुबाट प्रस्ट हुन्छ । अध्यात्मिक रुपमा भन्नुपर्दा उनीलाई अक्षरषेयवादी साहित्यकार पनि भन्न सकिन्छ । लीला लेखन चीन्तन र सीर्जनाको उचाई हो । जहाँ कमै पुगेका छन । अझ अगाडी गएर भन्नुपर्दा उनी कोहि पनि  नेपाली साहित्यकारहरु नपुगेको ठाउँमा पुगेका छन । उनको “झ्याल” भन्ने कथामा विषय छैन । रुपै रुपमात्र छ । ऊनी  रुपवादी पनि हुन । साहित्य सौन्दर्यका हिसाबले राई कलैकला पनि लेख्दछन । उनका समालोचनामा पूर्विय र पश्चिमी सौर्न्दर्य शास्त्रको तुलनात्मक अध्ययन पाइन्छ । विशेष गरेर सन ६० को दशकमा भएका विनिर्माणवादीहरुसँग उनी प्रभावीत छ । यसर्थ नेपाली साहित्यका डेरिडा हुन उनी  । उनी  विनियोनवादीहरुको चीन्तनलाई शताब्दीको बौद्ध दार्शनिक नागार्जुनसंग मील्दो जुल्दो पाउछन ।
संकराचार्यको आमृत वेदान्तको तत्वमीमांसा प्रति पनि उनि लालायीत छ्न । चीन्तन गर्ने  क्रममा मार्क्सवादको आइडोलोजीको सिद्धान्तसंग पनि साइनो गाँस्न पुग्छन । आइन्स्टाइनलाई पनि भेटछन । पुर्वको मनोविज्ञानलाइ पनि छाडदैनन । यस्तो लाग्छ उनको आत्मबोध एक सार्वभौम साहित्यिक  दर्शन तयार गर्न खोजी रहेकोछ ।

भारतीयहरुले १९औं शताब्दीबाट पश्चिमेली आधुनिकताको ज्ञान पाएका थिए । त्यो ज्ञान नेपाल आइपुग्न बिसौं शताब्दी सम्म नेपालले कुर्नु परयो । त्यसका संवाहक थीए लक्ष्मी प्रसाद देवकोटा र बालकृष्ण सम र वि.पी. कोइराला । त्यस्तै संवाहक पारिबाट इन्द्र बहादुर राई बने

काँइला, राई, बल्लभ

उनले वैश्विक ज्ञानलाई स्थानीय  र स्थानीय  परिवेशलाई वैश्विक बनाए । उनमा जीवनको रहस्य बुझ्ने उत्कृष्ट  आकांक्षा  छ । उनी बुद्धिबाटै जीवनलाई बुझ्न खोज्छन । तर त्यो बुद्धि पुर्ण  नभएकोले भ्रान्तीमा हाम फाल्छन । इन्द्र बहादुर राईको मस्तिष्क जोगीको झोला जस्तो छ । जहाँ भिभिन्न थरीका चामलहरु पाइन्छ । नेपाली जीवनको साहित्य लेख्न उनले जति  अध्ययन गरे त्यो अथाह छ। किनकी बुद्धिले आजलाई बुझ्ने हो र भोलीको संकेत गर्ने हो । यसर्थ उनको साहित्यिक धरातल भविष्यमा  आउने ज्ञानले कति सोच्ने हो, कति भत्काउने हो त्यो भने हेर्न बाँकी  नै छ । समालोचनाको क्षेत्रमा उनको बुद्धि पहिलो पल्ट लेखिएको “नेपाली उपन्यासका आधारहरु” मा देखिएको हो । पछिबाट “साहित्यको अपहरण मार्क्सवादीक प्रतिबद्धता” “अर्थहरुको पछिल्तिर” “पृष्ठ पुष्ठ” र “सम्पूरक” मा देखिएकै हो । उनको व्यक्तित्वमा चिन्तन सीर्जनशीलता र अभियन्ताको गठजोड पाइन्छ ।
नेपाल जस्तो पश्चिमसंग खासै अन्तरङ्ग नभएको जातीको लेखक भएर अध्ययन मार्फत पश्चिमी चेतना ल्याउनमा उनी  सफल व्यक्तित्व हुन । तर खटकिने कुरा के छ भने भारतमै जन्मीएर हुर्किएर लेखक बनेका उनले भारतको आधुनिक बौद्धिकताको इतिहास बारे खासै लेखेनन । उनी  आधुनिक र उत्तर आधुनिक दुवै थिए । भारतीयहरुले १९औं शताब्दीबाट पश्चिमेली आधुनिकताको ज्ञान पाएका थिए । त्यो ज्ञान नेपाल आइपुग्न बिसौं शताब्दी सम्म नेपालले कुर्नु परयो । त्यसका संवाहक थीए लक्ष्मी प्रसाद देवकोटा र बालकृष्ण सम र वि.पी. कोइराला । त्यस्तै संवाहक पारिबाट इन्द्र बहादुर राई बने ।
नेपाली रैथाने मानिसहरुका कथा उनले अत्यन्त  कलात्मकताका साथ लेखे । राईको यो आत्मबोधले नेपाली साहित्यमा पछि सम्म प्रभाव पार्नेछ । लीला लेखनका एक दर्जन अभियन्ताहरु अहिले तयार भैसकेका छन । लिला साहित्य लेखिदैछ । आगामी पुस्तालाई उनी प्रेरणवादी बन्ने छन । उनको लेखन बुर्जवा, पुँजीवादी र पतनशील भन्ने मार्क्सवादी समालोचकहरु पनि नभएका भने होइन तर आजको उत्तर मानवको युगमा मार्क्सवाद कतिको प्रमाणीत दर्शन हो । त्यसैमा प्रश्न उठछ । इन्द्र बहादुर राई पूर्वीय  मन र पश्चिमी मस्तिष्क भएका साहित्यकार हुन ।

प्रश्नमा लिला लेखन

“इन्द्राख्यान” मा एक भाग लिला लेखन र तेस्रो आयामलाई दिइएको छ । तेस्रो आयामका विचारहरु अपुरो लागेपछि लिला लेखन शुरु गरिएको थियो । तर आज एक्काइसौ शताब्दीको दोस्रो दशक पुरा हुन लाग्दा लीला लेखनमा प्रश्न उभिएको छ र यसका सिमीतताहरु छन । उत्तर मानव भाष्यका चिन्तक रोवर्ट पीपीरेलले बिसौं शताब्दीको अन्त्यतिर लेखेको “दि पोष्ट ह्युमन कण्डिसन” नामक पुस्तकले कृषी युग र त्यस पछिको औद्योगीक युगका मान्यताहरु माथि प्रश्न उठाउदै अब मानव समाज उत्तरमानव युगमा प्रवेश गरेको घोषाणा गरेको थियो । यसले उत्तर आधुनिकताबाद माथि  समेत प्रश्न खडा गरयो । पिपीरेलको त्यो घोषणले कृषि युगमा तयार भएको शंकराचार्य र नागार्जनको तत्वमीमांसा माथि स्वत प्रश्न उठछ । अझ डेरीडा जस्ता उत्तर आकुनिकताका संवाहकहरुको विर्णिमाण भन्दा अझ गम्भीर चिन्तनहरु उत्तर मानववादले सारको छ ।

भारतमा भएको नेपाली भाषा आन्दोलन , दार्जिलिङ १९५० को दशक ,वालकृष्ण सम, लेखनाथ पौडेल , लक्ष्मीप्रसाद देवकोटा, धरणीधर कोइराला , सुर्य विक्रम , इश्वर बल्लभ

उत्तर मानववादले  विशेष गरेर कृतिम बुद्धि, औषधी विज्ञान सुचना प्रविधी र स्नायुविज्ञानमा आएको क्रान्तिलाई समेटदछ । जसले  मानव समाजमा अदभुत प्रभाव पारिरहेको छ । मस्तिष्क कृतिम रुपमा बनाउन सकिन्छ, शरीरको जैविक रसायन परिवर्तन गर्न सकिन्छ, रोबोटले कविता लेख्न र संगीत सीर्जना गर्न सक्छ , मेसीनले मानिसको मनको कुरा थाहा पाउँछ आदि जस्ता आविष्कारले परम्परीत चेतनामाथि प्रश्न उठछ । यसले पारम्परीक रुपमा मानिसले गर्दै आएको सीर्जनशीलता माथि प्रश्न उठाएकोले लीला लेखनको विधी माथि पनि प्रश्न उठाउँछ । तर लीला लेखन र उत्तर मानव ज्ञानले जीवन र जगतलाई रहस्यकै रुपमा भने हेर्दछन ।

प्रविधीको आक्रमणबाट आज पारम्परीक शब्दको अस्तित्व माथि प्रश्न उठेको छ । उत्तर मानववादले भन्दछ तत्वभीमांसीय प्रश्नहरुको उत्तर छैन । सबै प्रकियामा छ, जति बुझ्यो त्यति अध्याँरो क्षितिज  तर्फ लैजान्छ । उत्तर मानव ज्ञानले मान्छे अमर हुने विधी आविष्कार हुने बताउँछ । अहिले सम्मको साहित्य मान्छेको आयू हुने  विश्वासमा जन्मेको छ । मानव चेतनाको यो खेलवाड पछि हामीले अत्याधुनिक  मान्दै आएको लीला लेखनको दार्शनीक धरातल संकुचित बनाउँदछ । राई लिला लेखनमा प्रमात्रा भौतिकी सम्म त पुगेका छन तर अणुहरुको रहस्यमय चरित्रहरुलाई लिएर उनले त्यसलाई साहित्यमा लेखन गरेका छैनन । तर उत्तरमानव सीद्धान्त ब्राम्हण्ड विज्ञानसम्म पुग्दछ । यसरी साहित्यको चिन्तन क्षितिजलाई यसले सीर्जनशीलतामा प्रश्न उठाएर अझ फराकिलो पार्दछ । यसर्थ भविष्यको विज्ञानले लिला लेखनलाई असान्दर्भिक नबनाउला भनेर भन्न सकिन्न ।

अन्त्यमा  इन्द्र बहादुर राईको संवत १९८४ मा जन्मिएर २०७४ फागुनमा निधन भयो । करिब ९० वर्षको जीवन उनले बाँचे । ७० वर्ष लामो साहित्यिक लेखनमा सफलता प्राप्त गरे । नेपाली नाटकको दार्जिलिङ्गको इतिहासमाथि खोजपरक “दार्जिलिङ्गमा नेपाली नाटकको अर्धशताब्दी” कृति र नेपाली साहित्यका आदिकवि भानुभक्तको कृति अध्ययन सम्बन्धी ग्रन्थको सम्पादन गरेका छन । त्रिभुवन विश्व विद्यालयले २०१७ सनमा उनलाई महा विद्यावारिधीको उपाधी दिएको थियो । राईमा प्राज्ञिकता र सीर्जनशीलता दुवैलाई मीलन गराउने क्षमता थियो । दार्जिलिङ्गलाई केन्द्रमा राखेर प्रवासी नेपाली जीवनमा जीवन मुल्यको अनवेषण गर्ने  जातीय बोधको प्रतिक हुन उनि । यहि जातीयबोध उनको नेपालीत्व त हो तर उनि पूर्वीय  चेतनाका संवाहक पनि थिए । 

तपाईको प्रतिक्रिया