८ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङको एउटा विशाल डिभलपर कम्पनी साइनो ग्रुपले  हङकङ डलर दस मिलियन मुल्य बराबरको एउटा फ्लाट  भ्याक्सिन भाग्य चिट्ठा अन्तर्गत आज सेप्टेम्बर ८ तारिख उडाएर एकजना विजेताको विवरण सार्वजनिक गरेको छ।

साइनो ग्रुपको परोपकार शाखा ङ्ग तेङ फङ च्यारिटेवल फाउन्डेसन लिमिटेड र चाइनिज स्टेट्स होल्डिङ लिमिटेडको संयुक्त प्रायोजन आयोजना भएको यस चिट्ठामा २५ लाख भन्दा बढी सहभागीले नाम दर्ता गराएका थिए ।

यो चिट्ठाको प्रथम पुरस्कार हो क्वुन तङ स्थित ग्रान्ड सेन्ट्रलको एउटा ४४९ स्क्वायर फुटको फ्लाट जसलाई जित्ने हङकङबासीको आइडी नम्बर रहेको छ Z710**  । बिजेताको फोन नम्बरको अन्तिम ४ वटा अंक रहेको छ – 0215  ।

यस चिट्ठाका अन्य  पुरस्कारमा  प्री पेड र क्रेडिट कार्ड जम्मा २० वटा २० जना विजेतालाई रहेको छ। प्रत्येक कार्डमा हङकङ डलर एक लाख खर्च गर्न मिल्ने रकम रहेको हुन्छ।
बिजेताको आइडी नम्बर र फोन नम्बर  यस प्रकार रहेका छ्न।

1. D514****    ****1345
2. Z234****    ****6997
3. R073****    ****1361
4. M356****    ****8960
5. WX111****    ****0687
6. V100****    ****0532
7. R603****    ****5556
8. K527****    ****0576
9. E810****    ****8466
10. Z661****    ****9104
11. P082****    ****2171
12. G637****    ****9172
13. D482****    ****2209
14. Z167****    ****9076
15. F050****    ****8560
16. Y137****    ****5403
17. Z456****    ****4585
18. Z258****    ****2988
19.Y351****    ****8099
20. C320****    ****8586

आयोजकले हङकङको खोप दरलाइ वृद्धि गर्न दोस्रो चरणको भाग्य चिट्ठाको पनि आयोजना गरेको छ जसको लागि अन्लाईन फारम सेप्टेम्बर ९ तारिखबाट खुल्नेछ।
हङकङ वासिन्दा जसले एक मात्रा खोप  सेप्टेम्बर ३० तारीखका दिन वा सो भन्दा  अगाडि ग्रहण गरेका छ्न भने आफ्नो नाम दर्ता गर्न सक्नेछन। नाम दर्ता गरिसक्नु पर्ने अन्तिम म्याद सेप्टेम्बर ३० तारीख अपरान्ह ५:३० बजे रहेकोछ।

पहिलो राउन्डको लागि आफ्नो नाम दर्ता गरिसकेका हङकङका परमानेन्ट वासिन्दा जसले कुनै पनि पुरस्कार जितेनन भने दोस्रो राउन्डको लागि पुन नाम दर्ता गरिरहनु पर्दैन । दोस्रो राउन्डको भाग्य चिट्ठामा उनिहरुको नाम स्वतः संलग्न हुनेछ।

दोस्रो चरणको लक्की ड्रमा आयोजकले पुरस्कार स्वरुप २० जनालाई स्कलरशिप दिने भएको छ। स्कलरशिपको रकम हङकङ डलर २ लाख हुनेछ र यो रकमलाई प्री पेड कार्ड वा क्रेडिट कार्डको रूपमा दिइनेछ।

यो स्कलरशिप सम्बन्धि भाग्य चिट्ठामा १२ वर्ष माथीका र १८ वर्ष मुनिका खोप हानेका हङकङ बासिन्दाले मात्र सहभागी हुन पाउने छ्न।

यसका अलावा आयोजकले क्वुन तङ कै ग्रान्ड सेन्ट्रलमा एउटा अर्को रेसिडेन्सियल एपार्टमेन्ट भाग्य चिट्ठामा उडाउने भएको छ यदि सेप्टेम्बर ३० तारीख भित्रमा हङकङका ५० लाख भन्दा बढी जनसंख्याले पहिलो मात्रा खोप लगाएको खण्डमा । ग्रान्ड प्राइजको रूपमा रहेको उक्त फ्लाटको मुल्य सरदर हङकङ डलर hk$ १२,०००,००० ( एक करोड २० लाख ) रहेको छ।

दोस्रो चरणको चिट्ठा भर्ने लिन्क

“大抽獎 Lucky Draw” https://register.vaccinationluckydraw.hk/en/index2.html

तपाईको प्रतिक्रिया