१७ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ जेनेरल च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बराबरको भाग्य चिट्ठा कोभिड भ्याक्सिन लाउने नागरिकको लागि आयोजना गरिरहेछ । जसको पाचौं राउन्ड सेप्टेम्बर १६ तारीख उडेको छ । हङकङमा दुबै डोज भ्याक्सिन लाउनेहरुले यस भाग्य चिट्ठामा भाग लिन सक्नेछ्न।

यस पटकको विजेताको संख्या १,००३ जना रहेकाछ्न।

तपाईंले अहिलेसम्म आफ्नो नाम दर्ता गर्नु भएको छैन भने निम्न लिन्क मार्फत दर्ता गर्न सक्नु हुन्छ। अझै २ राउन्ड चिट्ठा उड्न बाकी नै छ।

https://www.chamber.org.hk/en/luckydraw/luckydraw.aspx


.दुबै कोभिड खोप लगाएका १८ वर्ष पुगेका हङकङका स्थाइ र अस्थायी वासिन्दाले भाग लिन सक्छन।


.भाग्य चिट्ठा उड्ने मिति

( १) २२ तारीख जुलाई ,

( २) ५ तारीख अगस्ट ,

(३) १९ तारीख अगस्ट ,

(४) २ तारीख सेप्टेम्बर ,

(५) १६ तारीख सेप्टेम्बर,

(६) २३ तारीख सेप्टेम्बर ,

र (७) ३० तारीख सेप्टेम्बर


. लक्की ड्रको लागि आफ्नो नाम दर्ता गर्ने म्याद चिट्ठा उड्ने दिनको अघिल्लो दिनको मध्य रात सम्म हुनेछ। जस्तै चिट्ठा २२ तारीख जुलाईमा उड्दै छ भने २१ तारीख जुलाईको मध्य रात सम्ममा नाम दर्ता गराइसक्नु पर्दछ।


. सहभागीले एकचोटि मात्र नाम दर्ता गर्नु पर्नेछ। यदि सहभागी छैटौं राउन्डमा समेत विजयी कहलिएन भने उसको नाम अटोमेटिक सातौ राउन्डमा जादछ।


. चिट्ठा उडेको दुई दिन भित्र विजयीलाई एसएमएस मार्फत खबर गरिनेछ।


विजेताको कोड नम्बर र पुरस्कारहरु निम्न बमोजिम रहेकाछ्न । आज ज-जसको नाम विजेताको रूपमा आएको छैन उनिहरुको नाम स्वत अर्को राउन्डमा जानेछ । फेरि दर्ता गरिरहनु पर्दैन । अर्को राउन्डको लागि सबै हङकङवासी नेपालीलाई गुड लक ।

आफ्नो कोड हेर्न तलको लिङ्क क्लिक गर्नुहोस

https://www.hkgccluckydraw.com/en/winner5.html

तपाईको प्रतिक्रिया