२० सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।

चीनले हङकङको आम निर्वाचन नियमावलीमा आमूल सुधार ल्याएपछि पहिलो चोटि चुनाव सम्पन्न यही १९ तारिख आइतबार भएको छ। यस निर्वाचनबाट चुनिएका सदस्यहरुबाट एक इलेक्सन कमिटी गठन गरिने छ र त्यस इलेक्सन कमिटीले नयाँ कार्यकारी  प्रमुख चुन्दछ र  यिनै सदस्यबाट हङकङ विधान सभाका ४० जना सदस्यहरु पनि चुनिने छ्न।

इलेक्सन कमिटीमा जम्मा १,५०० सिट हुन्छ । पन्द्रह सय जनामा १,१०० जना पदेन सदस्य , मनोनीतबाट नियुक्त हुन्छ्न।  कमिटीमा निर्वाचित, मनोनीत  सबै उमेदवारले आफू राष्ट्रवादी  प्रमाणित गर्नु पर्ने परिक्षामा पास भएपछि उम्मेद्बारी दिएका हुन्छ्न।नयाँ चुनावी नियमावली अनुसार हङकङको सरकारी कार्यलयमा राष्ट्रवादीले मात्र स्थान प्राप्त गर्ने कानुनी प्रावधान छ।

आइतबार १३ वटा व्यवसायिक उपक्षेत्रका जम्मा ४,३८० जना योग्य मतादाताले मत खसालेका थिए । योग्य मतदाताको संख्या ४,८८९ थियो । कुल उमेदवारको संख्या ४१२ थियो भने निर्वाचित हुनेको संख्या थियो ३६४ । करिब ९० प्रतिशत मत खसेको थियो । तीन उपक्षेत्र अर्थात सबसेक्टरबाट शतप्रतिशत मत खसेको थियो ।

एक्जेकेटिव काउन्सिलर रोनि तोङ कानुनी क्षेत्रबाट निर्वाचित भएका छ्न। यो क्षेत्रबाट शतप्रतिशत मत खसेको थियो ।
२०१६ सालमा सम्पन्न चुनावको तुलनामा यस पटकको चुनावी आधार साँगुरिएको पक्कै हो तर शतप्रतिशत मत खसेको आधारमा वृहत प्रतिनिधित्व चाहिँ भएको छ भन्न्नु पर्छ रोनि तोङले  भने।

तपाईको प्रतिक्रिया