द हङकङ एसोसिएसन अफ बैंकले हङकङ सरकारले चालेको व्यापक खोपकरण अभियानलाई साथ दिन हङकङ डलर ६५ लाख बराबरको पुरस्कार भाग्य चिट्ठा मार्फत कोभिड खोप लाउनेलाई हस्तान्तरण गर्ने भएको थियोे ।

यो भाग्य चिट्ठा मिति १७ सेप्टेम्बर २०२१ मा उडेको थियो । विजेताको सुची घोषणा आज २४ तारीख सेप्टेम्बर २०२१ गरेको छ । नतिजा यो चिट्ठाको वेबसाईटमा र दुइटा स्थानीय पत्रीका सिङ ताउ डेलि र स्टान्डर्डमा प्रकाशित हुनेछ। विजेतालाई व्यक्तिगत रूपमा खबर पनि गरिनेछ।

यस भाग्य चिट्ठाका विजेता ६५ जना रहेका छ्न। प्रत्येक विजेताले हङकङ डलर $ १००,००० (एक लाख ) बराबरको खर्च गर्न सकिने क्रेडिट कार्ड वा सपिङ भौचर प्राप्त गर्नेछ्न। एक लाखको भौचर लिने कि क्रेडिट कार्ड लिने त्यो इच्छा विजेताको हुनेछ।

चिट्ठाको नतिजा हेर्न तलको लिङ्क क्लिक गर्नुहोस

https://www.hkabluckydraw.hk/en/result.html

तपाईको प्रतिक्रिया