नरजित राई

१०५ औं हङकङ साहित्यिक साझा शृंखला सम्पन्न
आज मिति सन २६ सेप्टम्बर २०२१ ( बि.स. १० असोज २०७८) का दिन हङकङको अति रमणीय स्थल सीङमुन वाटर रिजर्भरको पाउमा १०५ औ हङकङ साहित्यिक साझा शृंखला सम्पन्न भएको छ। आजको कार्यक्रममा कवि सुनिता गिरिको “माईत जाने बाटो”  (दोस्रो संस्करण)को बिमोचन तथा परिचर्चा र  “साहित्यिक पदयात्रा २०२१” रहेको थियो।

१०५ औ हङकङ साहित्यिक साझा शृंखलाको पहिलो कार्यक्रमको अध्यक्षता संस्थाका संयोजक रमण गुरुङ र प्रमुख अतिथि हङकङ साहित्य परिषदका अध्यक्ष तथा एभरेष्ट पत्रिका सम्पादक किसन राई रहेका थिए भने सह – संयोजक गीता अधिकारिले कार्यक्रम संचालन गरे कि थिइन।

हङकङ साहित्यिक साझा शृंखलाका संस्थापक तथा सल्लाहकार दाजु गरुङ,चन्द्र मादेन,टि.बि. याक्खा,लाल ब. गुरुङ, डि.बि.पालुङवा, सुनिता गिरि,दिपेन्द्र राई यसै गरि साहित्यकार तथा कवि – कवियात्रिहरुमा नरजित राई, राजेन्द्र थापा,डोम राना,जुनु राना,रोसन याक्सो,बिष्णु मुखिया, स्टयान्लि माबोहाङ र समाजसेवी तथा व्यवसायी  हर्क राना, हिमेन राना, संध्या क्षेत्री , अहना, भिम गुरुङलाई आसन ग्रहण गरिइएको थियो।

नेपाल सरकारबाट जनसेवा श्री पदक प्राप्त गर्ने पत्रकार तथा समाजसेवी किसन राइका साथमा कवि जुनु राना

कार्यक्रममा कवि पुर्णिमा  जी शाहले कविता वाचन सहित स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो। त्यसपछि कवि सुनिता गिरिको माईत जाने बाटो दोस्रो संस्करणको बिमोचन गरि कवि चन्द्र मादेन, दाजु गुरुङले कृतिबारे टिप्पणी  तथा समिक्षा गर्नु भएको थियो। यसै बीचमा  नेपाल सरकारबाट जनसेवा श्री पदक प्राप्त किसन राई तथा स्रष्टा तथा  कृतिकार कवि सुनिता गिरिलाई उपस्थित साहित्यकार कवि- कवियित्रिको तर्फबाट खादा ओडाइ बधाइ तथा शुभकामना ब्यक्त गरिएको थियो। सो कार्यक्रममा नरजित राई, नारायण, लाल ब गुरुङ,डोम राना, संध्या क्षेत्री , रोसन याक्सो, जुनु राना, अहना ,पुष्प राज गुरुङले शुभकामना सहित आ-आफ्नो सृजना तथा कृतिकार सुनिता गिरिको कविता संग्रहबाट कविता वाचन गरेका थिए ।


साहित्यकार नरजित राईले “ लेखकहरुले लेख्नु भएका आफ्ना मनोभावहरुलाई पेनड्राईभ, कम्प्युटरका फायल भित्र र हस्त लिखित कपिलाई दराजमा थन्काउनु भन्दा जे जस्तो भए पनि आफ्ना कृतिलाई प्रकाशन गर्दै जानु नै उचित होला। शेषपछि आफूद्वारा  लेखिएका मनोभावहरु आफ्ना छोराछोरी , नाति नातिनाले प्रकाशन गरि देलान भन्ने सोचाई गलत पनि हुन सक्छ” भन्दै आफ्नो आउदो कृति “कविता संग्रह नै हुने घोषणा गर्नु भएको थियो।


कवि सुनिता गिरिले आफ्नो संग्रहबारे परिचर्चा गर्नु भएकोमा उपस्थित सबैलाई धन्यबाद दिनु भएको थियो। अन्तमा कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएका कवि रमण गुरुङले आफ्नो कविता वाचन सहित कार्यक्रमलाई समापन गर्नु भएको थियो।

लन्चपछि सन १९३३ मा निर्माणकार्य शुरु भइ १९३७ सालमा सम्पन्न भएको सीङमुन वाटर रिजर्भरलाई सर्जकहरुले गीत गाउँदै, ठाउँ ठाउँमा  नाच्दै रमाईलो गर्दै करिब १३ कि.मी. पद यात्रा पनि सम्पन्न गरेका थिए। हङकङमा अन्य साहित्यिक संस्थाहरुको स्थापना भए पनि आज सम्म हङकङ साहित्यिक साझा शृंखला अबिरल रुपमा बगि नै रहेको छ। कालान्तर सम्म बगि नै रहनेछ।

तपाईको प्रतिक्रिया