हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले सेप्टेम्बर  २७  तारीख सोमबार भ्याक्सिन चिट्ठाको नवौं   राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिट्ठाको अन्तिम दशौ   राउन्ड अक्टोबर ४ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ।

कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थाइ, अस्थायी)ले यस चिट्ठामा सहभागी हुन सक्नेछन।  पुर्व कोभिड संक्रमितले एक डोज भ्याक्सिन लगाएको हुनु पर्दछ।
यसका विजेताहरुले एक वर्षको लागि सासा भिआइपी मेम्बरसीप पनि  निशुल्क पाउनेछ्न ।

सासाले कुल हङकङ डलर १० लाख बराबरको चिट्ठा उडाउने हो ।  हप्तामा एक चोटि उड्ने यो चिट्ठामा प्रत्येक चोटि हङकङ डलर $१००,०००(एक लाख)बराबरको नगद कुपन पुरस्कार विजेतालाई वितरण गरिनेछ र  दसौं राउन्डको चिट्ठा मात्र अब बाँकी छ। कृपया इच्छुकले नाम दर्ता गर्नु होला ।

. रजिस्ट्रेसन बन्द हुने मिति हो सेप्टेम्बर ३० तारीख २०२१ दिउसो १२ बजे रहेको छ।

.योग्यता पुगेका सहभागीले यो वेबसाईटबाट आफ्नो नाम दर्ता गर्न सक्नेछन
https://vaccine.sasaluckydraw.com

लक्की ड्र र पुरस्कार
.निरन्तर १० हप्ता सम्म प्रत्येक सोमबार  अगस्ट २ तारीखबाट भाग्य चिठ्ठा संचालित छ। अन्तिम चिट्ठा अक्टोबर ४ तारीख २०२१ मा उड्नेछ।

.सहभागीले एक पटक मात्र विजयी हुन पाउनेछ्न।

.कम्प्युटर सिस्टमबाट ५० जना विजयी घोषणा गरिनेछ  साप्ताहिक लक्की ड्रमा।

.प्रत्येक विजेताले हङकङ डलर $२,००० को नगद कुपन र भिआइपी मेम्बरसीप प्राप्त गर्नेछ्न।

.चिट्ठाको नतिजा प्रत्येक मंगलबार सासाको फेसबुक पेजमा र भ्याक्सिन लक्की ड्र वेबसाईटमा प्रकाशित हुनेछ।
https://vaccine.sasaluckydraw.com

.दशै साप्ताहिक भाग्य चिट्ठाको विजेताको विवरण १३ अक्टोबर २०२१ का दिन स्थानीय पत्रीका स्टान्डर्ड र सिङ थाउ डेलिमा प्रकाशित हुनेछ।

.विजेतालाई चिट्ठा उडेको  सात दिन भित्र वाटसएप वा एसएमएसबाट खबर गरिनेछ।


सेप्टेम्बर  २७ तारीख २०२१ नवौ     राउन्डको नतिजा ( ५० जना विजेता ) हेर्न तलको लिङ्क क्लिक गर्नोस।

https://vaccine.sasaluckydraw.com/prize_list_en.html

तपाईको प्रतिक्रिया