२९ सेप्टेम्बर २०२१। क्रान्ति सुब्बा ।

हङकङमा छाएको अशान्ति वास्तवमा चाइना बिरोधि र बिदेशी शक्तिले एकदम सावधानी पुर्बक योजना बनाएर ल्याएको थियो भनेकी छिन हङकङकि कार्यकारी प्रमुख क्यारी लामले । चाइनाको प्रगतिलाई रोक्न यस्तो गुरु योजना ल्याएको थियोे  उनले भनिन।

चीनको नेशनल डे स्वागत कार्यक्रममा आज उनले बोल्ने क्रममा अमेरिकाको परराष्ट्र मन्त्रालयले गत शुक्रबार जारी गरेको फ्याक्ट सिट अर्थात तथ्य पत्रका आधारमा यसो भनेकी हुन।  हङकङ मामिला माथि चीनको हस्तक्षेप शिर्षक अन्तर्गत रहेको उक्त कागजातमा जम्मा ५ किसिममा वर्गीकरण गरिएको हस्तक्षेप नमूनामा १०२ आइटम समाबेश थिए ।

विगत दुई वर्षको कालरात्रीमा  हङकङले अभुतपुर्व चुनौतीलाई सामना गर्दै कठिन अनुभवबाट गुज्रनु  परयो, विशेष गरि २०१९ सालको बीच तिर सुपुर्दगी अध्यादेशको बिरोधमा प्रदर्शनी भएको बेला उनले भनिन।

” मुट्ठी भरका चाइना बिरोधि व्यक्तिहरु लागेर गैरकानुनी र ध्वंसात्मक क्रियाकलापलाई जारी राखे । संचार जगतमा छिरेर सरकारलाई बदनाम गर्न गलत र भ्रामक समाचार प्रशारण गरे। पुर्वाग्रही रिपोर्ट देखि फेक न्युज सम्म सम्प्रेषण गरे ” लामले भनिन

फ्याक्ट शिट हेर्दा स्पष्ट हुन्छ कि हङकङमा भएको अराजकता आकस्मिक घटना थिएन , जानिबुझी गरिएको प्रयासको परिणाम थियोे उनले स्पष्ट पारिन।

“दंगालाई हङकङको समाजमा लामो समयबाट गाडिएर बसेको समस्याहरुको प्रतिविम्बको रूपमा चित्रण गरियो र यसको समाधान प्रजातान्त्रिक पुनर्संरचनाबाट मात्र संभब छ जसको लागि राजनीतिक वार्ता आवश्यक छ भनियो । मेरो विचारमा त्यो फरेन फोर्सले थापेको धराप थियो ।” लामले भनिन।

तपाईको प्रतिक्रिया