यसैसाता गोरखाको मनास्लु हिमाल आरोहण गरेका ज्याक्सन ग्रोभले ड्रोन दृश्य खिचेका छन । यस्ता छन उनले खिचेका आकर्षक मनास्लु दृश्यहरुः

मनास्लु अथवा मनासलु (अङ्ग्रेजीमा: Manaslu), जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले “उत्साहको पर्वत” भन्ने अर्थ राख्दछ , संस्कृत भाषाको शव्द मानस, जसले “वुद्धि” या “आत्मा” भन्ने जनाउँछ । यसको आरोहण सर्वप्रथम ९, १९५६ मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ । यो हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१६३ मिटर छ ।

तपाईको प्रतिक्रिया