हङकङ ।

मगर संघ हङकङको १० औं अधिबेशन अक्टोबर ३ तारिख  आईतबार जोर्डन स्थित इन्डिया क्लबमा सम्पन्न भएको छ । अधिबेशनबाट हर्क प्रसाद राना मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन  भएको छ । नवगठित कार्यसमितिको उपाध्यक्ष  यमबहादुर बुढाथोकी मगर र कुमारी थापामगर, महासचिवमा रबिन्द्र थापा मगर   चयन  भएका छ्न।

कोभिड स्वास्थ मापदण्ड पालना गर्दै सम्पन्न भएको उक्त
कार्यक्रमको प्रमुख अतिथि  हङकङका नेपाली महावाणिज्यदूत  उदय राना मगर थिए ।  मगर संघ हङकङका अध्यक्ष युगमाया राना मगरको अध्यक्षता रहेको कार्यक्रमलाई  महासचिव नन्द राना मगरले  संचालन गरेका थिए ।

अध्यक्ष पदको लागि उम्मेद्बारी बदर भएका हेमराज थापाको चुनावी पाम्प्लेट

उदघाटन समारोह पश्चात शुरु   भएको बन्द सत्रले आर्थिक र साङ्गठनिक प्रतिवेदन पारित गरेको थियो ।निर्वाचन मण्डलको संयोजक तथा प्रमुख आयुक्त मनोज सुर्यवंशी  मगरले सर्वसम्मतिद्वारा  पारित कार्य समितिको नामावली घोषणा गरेका थिए ।

नवनिर्वाचित समितिको अध्यक्ष हर्क प्रसाद राना मगरले बाँकी सदस्यहरु समितिको पहिलो बैठकले मनोनीत  गर्ने कुरा बताएका छन।

कार्यसमितिको नामावली सार्वजनिक हुदा नहुदै संघको महाधिवेशनमा आन्तरिक द्वन्द्वका कारण  विवाद सिर्जना भएको थियो । बिशेष गरि निर्वाचन मन्डलले अयोग्य ठहर्‍याएको अध्यक्षका अर्का प्रत्यासी उमेदवार हेमराज थापालाई चुनाव लड्न नदिएका कारण यो विवाद सार्वजनिक भएको थियो ।

अध्यक्ष रानाको चुनावी पाम्प्लेट

सर्वसम्मतिबाट अधिवेशन सदस्यहरुले चयन गरेको कार्यसमितिलाई   अबैध भएको र अर्को निस्पक्ष निर्वाचनबाट कार्यसमिति गठन गर्नुपर्ने हल्ला  अध्यक्षका ताबेदार हेमराज थापा   समूहले गरेको हो भन्ने कुरा मगर संघ हङकङ महाधिवेशन आयोजक समितिको निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारि गरेर भनेको छ।

महाधिवेशन कै दिन प्रकाशित विज्ञप्तिमा यो कपोलकल्पित निर्वाचनको हल्ला मगर एकतालाई भाड्ने तत्वबाट गरिएको हो  भनिएको छ। निर्वाचन आयुक्त मनोज सुर्यवंशी मगर द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिले हर्क प्रसाद राना मगरको नेतृत्वमा बनेको कार्यसमिति आधिकारिक र वैध रहेको घोषणा गरेको छ।

प्रेस विज्ञप्तिको पुर्ण पाठ

तपाईको प्रतिक्रिया