हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अक्टोबर ४ तारीख सोमबार भ्याक्सिन चिट्ठाको अन्तिम   राउन्ड संपन्न गरेकोछ। 

कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थाइ, अस्थायी)ले यस चिट्ठामा सहभागी हुन सक्ने र पुर्व कोभिड संक्रमित भए एक डोज भ्याक्सिन लगाएकोले सहभागी हुने यस चिट्ठाको सबै राउन्ड समाप्त भएको छ।
यसका विजेताहरुले एक वर्षको लागि सासा भिआइपी मेम्बरसीप पनि  निशुल्क पाउनेछ्न ।

सासाले कुल हङकङ डलर १० लाख बराबरको चिट्ठा उडाएको थियो ।  हप्तामा एक चोटि उड्ने यो चिट्ठामा प्रत्येक चोटि हङकङ डलर $१००,०००(एक लाख)बराबरको नगद कुपन पुरस्कार विजेतालाई वितरण गरिएको थियो ।

.प्रत्येक विजेताले हङकङ डलर $२,००० को नगद कुपन र भिआइपी मेम्बरसीप प्राप्त गर्नेछ्न।

.विजेतालाई चिट्ठा उडेको  सात दिन भित्र वाटसएप वा एसएमएसबाट खबर गरिनेछ।


अक्टोबर ४ तारीख २०२१ अन्तिम     राउन्डको नतिजा ( ५० जना विजेता ) हेर्न तलको लिङ्क क्लिक गर्नोस।

https://vaccine.sasaluckydraw.com/prize_list_en.html

तपाईको प्रतिक्रिया