अरेन्द्र गुरुङ । हङकङ ।
३ तारीख ,अक्टोबर जोर्डन स्थित याक एन्ड यति रेस्टुरेन्टमा तमु समाज हङकङले समाजका दिदिबहिनीहरु र आमाहरुको सम्मानमा एक भेटघाट ( रि-चहमी प्रेह कै) कार्यक्रम भब्य रूपमा मनाएको छ ।

रि-चहमी प्रेह कै जस्ता कार्यक्रमको आयोजना गरेर समाजको उन्नति प्रगतिमा एक्यवद्धता जनाउने सन्देश कार्यक्रमले दिएको कुरा आयोजकले गरेका छ्न ।

यो समाज स्थापना भएको ६ बर्ष भयो। यो छोटो अबधिमा समाजले  आफ्नै घर बनाइसकेको छ। आजिवन सदस्यहरुको  बिशेष सक्रियता रहेको यस संस्थाले   कोभिड १९ को कारण बिगत लामो समय देखि   कार्यक्रम गरेको थिएन ।

हङकङको कोभिड संक्रमण नियन्त्रणमा आएपछि स्वास्थ्य मापदण्ड खुकुलो हुदै गएको बेला  समाजले लामो समयको अन्तरालमा यो भेटघाट  कार्यक्रम गरेको  हो । कार्यक्रममा  दिदिबहिनी र आमाहरुलाई   सम्मान गरिएको थियो ।  आमा र दिदिबहिनीहरुको व्यापक उपस्थिति रहेको थियो ।


कार्यक्रममा आउनु भएका आमाहरुले समाजले भवन किनेकोमा खुसी हुदै हङकङ डलर १२ हजार ६ सय २० सहयोग प्रदान गरेका थिए। मेहली सोप जोर्डनले ५० थान पछ्यौरा स्पोन्सर गरेको थियो । दाता र प्रायोजकहरुलाई समाजले खादा र पछौरा ओढाएर सम्मान गरेको थियो  ।

उक्त कार्यक्रमको आयोजना गर्दा  लागेको सम्पुर्ण रकम तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ ( स्याङ्जाली कान्छा) ले स्पोन्सर गर्नु भएको थियो । महिला बिभाग र आमा समुहले अध्यक्ष कोमल गुरुङ  सपरिवारलाई धन्यवाद सहित सम्मान गरेको थियो  । कार्यक्रममा   नृत्यहरुको  पनि प्रस्तुति रहेको थियो । कार्यक्रमको संचालन समाजका सचीव श्रीमती अनिता तमुस्योले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया