हङकङ । क्रान्ति सुब्बा ।

हङकङ अब्जर्भेटरीले १२ अक्टोबर मंगलवार  दिउँसो  ५:२०  बजे  टाइफुन   सिग्नल नंबर ८ जारी गरेको थियो । गंभीर उष्णकटिबंधीय आँधी  कोम्पासु बिस्तारै  ग्वांगडोंग तट तिर हानिएको थियो ।

हङकङ अब्जरभेटरीले चार दिनको अन्तरालमा दुई पटक नम्बर ८ टाइफुन जारी गरेको पहिलो चोटि हो। ती साइक्लोन अर्थात टाइफुन हुन लायनरक र कोम्पासु।

केहि दिन अघि आएको आँधी लायनरकले अक्टोबर ९ तारीख शनिबार नम्बर ८ टाइफुन जारी गर्न हङकङ बेधशालालाई बाध्य गराएको थियो ।

हङकङ मेटियोरोलोजिकल सोसाइटीका प्रबक्ता ल्यङ विङ मो भने छोटो समयको अन्तरमा साइक्लोन आउनुलाइ दुर्लभ घटना ठान्दैनन।

फिलिपिन्स वरिपरि रहेको समुद्री जलको तापक्रम यस्तो किसिमको आँधी एक पछि अर्को उठाउन सक्षम छ उनले भने।

शिक्षा ब्यूरोले सबै  स्कुल कक्षाहरु  निलंबित भएको घोषणा गरेको थियो । सबै स्कुलहरुले  स्कूलका विद्यार्थीको  सुरक्षा सुनिश्चित गर्नको लागि सबै किसिमको  आकस्मिक उपायहरु   लागू गर्नु पर्छ भनेको थियो । र विद्यार्थीहरुलाई  घर फर्कने अनुमति दिनु अघि स्थिति सुरक्षीत रहेको   सुनिश्चित गर्नु पर्ने कुरा पनि जनाएको थियो ।

  ६३ किलोमीटर अथवा सो भन्दा बढी प्रति घन्टा  हावाको औसत बेग अपेक्षा गरिएको छ।

छ्यङ चाउ, हेलिङ चाउ, पेङ चाउ, पृष्ठभूमिमा लान्ताउ आइल्याण्ड

अक्टोबर १३ तारिख बुधबार दिउँसो २ बजे तिर कोम्पासु  हङकङ देखि   लगभग ४९० किलोमीटर दक्षिण-पश्चिम आइपुगेको थियो । र  दक्षिण चीन सागरको  उत्तरी भागमा रहेको  हैनान द्वीपको आसपास  क्षेत्रमा लगभग २५ किलोमीटर प्रति घन्टाको  गतिमा  पश्चिमतिर   बढेको थियो ।

एचकेओ(hongkong observatory)ले बताए अनुसार    पूर्वोत्तर मानसूनसंग यो हुरीको भेट भएपछि  यसको  संयुक्त प्रभाव  ग्वांगडोंगको  तट माथि बेजोडले परेको छ।  घरीघरी तटीय इलाका भन्दा माथी  र उच्च भूमिमा पनि  आंधीको असर परेको छ ।  कोम्पासुको बाहिरी वर्षापट्टी ( rainband) ले आज राती हङकङमा काफी वर्षा र हुन्डरी ल्याउने छ भनिएको थियो ।  स्थानीय हावाको चाप पनि भयंकर बलियो हुने अनुमान गरिएको थियो ।

कोम्पासुले ल्याएको तूफान र भारी वर्षाले हङकङका  होचो इलाकामा भेल आउन सक्दछ। तेजिलो हावा र बाढीबाट बच्न सबैले सावधानी अपनाउनु पर्ने स्थिति थियो । यसका  अलावा, समुद्री छालहरु उच्छृङ्खल हुने भएकोले समुद्र किनार तिर जाने तथा जलकृडा गर्नु खतरा थियो ।

टाइफुन कोम्पासु हङकङबाट टाढा भएपछि हङकङ बेधशालाले दिउसो ४.४० बजे सिग्नल नम्बर ८ क्यान्सल गरि नम्बर ३ जारी गरेको थियो ।

आज १३ अक्टोबर दिउँसो ४:४५ मा हङकङको हस्पिटल अथोरिटिले दिएको रिपोर्ट अनुसार जम्मा २१ जना टाइफुन बाट घायल नागरिक १० पुरुष ११ महिला उपचारको लागि आकस्मिक कक्षमा दाखिल भएका थिए । जस मध्ये एक पुरुषको ज्यान गएको थियो ।

हङकङ गृह मन्त्रालयले टाइफुनका कारण आपतमा परेका नागरिकको लागि शरण दिन २४ वटा अस्थायी शरण गृह स्थापना गरेको थियो जहाँ २५५ जनाले शरण लिएका थिए ।

१३ अक्टोबर दिउँसो ४ बजे सम्ममा सरकारी कल सेन्टर १८२३ ले ७२ वटा रुख लडेको रिपोर्ट रिसिभ गरेको थियो ।

ढल निकास बिभागले १० वटा डुवान केस भएको सुनिस्चित गरेको थियो । पैरो गएको रिपोर्ट भने एउटा पनि आएको थिएन ।

तपाईको प्रतिक्रिया