-बालिका बान्तावा

एक्लाे हङकङ  बसाईको क्रमलाई  भंग गर्दै विशेष कामले म  दुई महिनाकाे लागि भनेर  नेपाल गएकी थिएँ। सबै काम सकेर हङकङ फर्कने समयमा नेपालमा   लकडाउन शुरू भयो।  नेपाल-हङ्गकङ्गकाे उडान पनि  बन्द भयाे।

नेपाल बसेको आठ महिना पछी बल्ल उडान  खुल्याे।हवाई  टिकट पाए पनि हङकङमा क्वारेन्टाईन होटेल नपाइने  अर्काे समस्या देखा परयो।

भैपरी आउने विभिन्न  कामहरूमा  सहयाेग गर्ने मेरा एक विस्वासीलो  भाइ ईन्दर पुनले उनको आफ्नै  कम्पनी अल्फा ट्राभल्स एण्ड टुरबाट अक्टुबर १२ तारीखकाे टिकट बल्ल तल्ल मिलाएर पठाइदिनु भयो ।

साथीको बारीमा फलेको सब्जी

नेपाल आएकाे बेला पाेखरा घुमिहालाैं न है भनेर श्रीमान जीसंग धरानबाट  काठमाण्डाै लाग्यौं । काठमाण्डाैबाट बहिनीहरू समेत गरेर जम्मा चारजना  पाेखरा तिर हिड्यौं।  पाेखरा घुमाइकाे तेस्राे दिन फेसबुकको वाल  भरि नेपाल टु हङकङको उडान अक्टोबर २० तारीख सम्मको लागि बन्द भएको सूचना भएका स्टाटसहरु देखिए। मेरो  आफ्नै माेवाईलमा पनि ट्राभल्स कम्पनीबाट म्यासेज आयाे।
त्यसपछी पाेखरा घुमिरहन मन लागेन। घुम्ने दिन छाेट्याएर काठमाण्डाै फर्कियाैं। काठमाण्डाैमा श्रीमान जी  र बहिनीसंग सल्लाह गरेँ। अक्टुबर २० तारीख  पछी पनि कुनै निश्चित छैन टिकट र हाेटल क्वारेन्टाईनकाे ।  दशैं भरै भाेली नै छ। धरान नै फर्कियाैं कि के गरौं भन्ने भइरहयो।

बहिनी साेङगेरमा ( तारा) ले  “मेराे घर नै तपाईकाे घर हाे, आफ्नै घर सम्झेर ढुक्कले बस्नुस । घरबाट बिदा भएर आईसकेकाे मान्छे फेरि फर्केर जानू राम्राे होइन ” भनिन।
” बेलबारीबाट काका पनि आउदै हुनुहुन्छ । धेरै बर्षपछीकाे दशैं सबैजना भएर मनाए रमाईलाे हुन्छ” मलाई फकाउदै थपिन ।

पोखरामा

हङ्गकङ्गबाट हाम्राे ट्राभल्सले अक्टुबर १६ मा दशैंकाे भाेलीपल्ट दिल्ली हुँदै आउनुहुन्छ भने टिकट मिलाउँछु भन्नू भएपछी मेराे रूम पार्टनर दिदीसंग सल्लाह गरेँ र  कुरो मिलेपछि टिकट पनि ओके गरिहालेँ।
ट्राभल्सले अक्टोबर १६ मा दिल्ली हुँदै हङ्गकङ्ग फर्कनेहरू भनेर एउटा वाटसअप ग्रुप बनाएर हामीलाई चाहिने हरेक सल्लाह र सुझाव हङ्गकङ्गबाट दिरहनु भयाे ।
टिकाकाे दिन बिहानै टेकु हस्पिटल गएर पिसिआर टेस्ट गरियाे । हङ्गकङ्ग फर्कने सबैजसोसंग त्यहिँ भेट भएको थियो ।

भाेलीपल्ट अक्टुबर १६ मा बाेर्डिङ्ग समय १४:३५ बजे थियाे । एयरपाेर्टमा समय मै पुग्यौं । नेपाल ईमिग्रेशन भित्र दुई ठाउँमा सबै समान चेक हुन्छ भन्ने थाहा थियो । तर नेपालबाट ईण्डिया उडने जहाजहरूमा जहाज चढने बेलामा पनि  ईण्डियन कर्मचारीहरूले  फेरि सबै समान चेक गर्दा रहेछ्न।

जीवनमा  धेरै उडान भरियाे तर यस्ताे दृश्य कहिँ देखेकाे थिईन । के यो  नेपाल प्रतिको अविश्वास  हाे ? या नेपाललाई हेपेकाे हो ?  सम्झेर दुःख लाग्याे।

दिल्लीकाे लागि त उडियाे तर सबै भन्दा झन्झटिलाे र समस्या त त्यहाँ रहेछ । पहिलाे उडान, नयाँ ठाउँ , ११,१२ घण्टा बस्नु पर्ने , पिसिआर टेस्ट फेरि गर्नुपर्ने , ईण्डिया ईमिग्रेशनमा नेपाली डकुमेन्ट र हङ्गकङ्गकाे डकुमेन्टबारे त्यति ज्ञान नहुनु । के के हो के के?

यति हुदाहुदै  पनि हामीलाई हाम्राे ट्राभल्सले हङ्गकङ्ग बाट म्यासेजबाट सरसल्लाह सुझाब दिरहनु भएकाे थियाे।  हाम्राे साैभाग्य ! अल्फा ट्राभल्स कै स्टाफ नानी सुहानी पुन हामीसंगै यात्रामा थिईन र स्थिति  झनै सहज भयाे। सबैकाे काजगपत्र जम्मा गर्दै उनैले भर्नु पर्ने कुराहरू भरिदिईन।

काठमाडौ बहिनीको घरमा दशैं

दिल्ली अवतरण हुने बित्तिकै  पिसिआर तिर लाग्यौं ।  रिपाेर्ट आउन कम्तीमा  पाँच घण्टा लाग्ने भएकोले यो काम पहिला गर्नु पर्ने थियो  ।  पिसिआर गरिसकेर कतै बस्ने ठाउँ थिएन। सबै छरिएर बस्याैं।

मेराे रूम पार्टनर सरिता दिदी, सन्ताेष दाजु (पर्वत, पाेखरा) काे श्रीमती र म पिसिआर गर्ने स्थान छेउ मै बस्याैं। सन्ताेष दाजुले खै कताबाट सेण्डविच र कफी  ल्याईदिनु भयाे । उहाँ चाहिँ  बस्ने ठाउँ नपाएर यता र उता हिँडिराख्नु भएकाे थियाे । रातको १२ बजे मैले क्याबिन भेटेर रिजर्ब गरेर आएकाेछु , यहाँ पिसिआर गर्ने ठाँउमा बस्नु हुन्न, उता हिडनुस भन्नू भयाे र हामी लगेज ठेल्दै सन्ताेष दाजुकाे पछी लाग्याैं।

क्याबिन देखेर सन्ताेष दाजुकाे श्रीमती(भाउजू) हुरूक्क  हुँदै हाँस्नु भयाे।  “१२ घण्टाकाे थकाई रातकाे समय यसाे आराम गर्न पाईएला भनेकाे त यहि हाे क्याबिन? ”  सानाे टेलीफाेन बुथ जस्ताेमा आफै कुर्सी खाेजेर बस्नु पर्नै रहेछ । भाउजुकाे कुरा सुनेर हामी झन हुरूक्कै हुँदै हास्याैं।सुहानी नानीहरू पनि नजिकै सेम हाम्राे जस्ताे क्याबिनमा बसिराख्नु भएकाे रहेछ ।

एक बजेतिर सबैभन्दा पहिला पिसिआर चेक गर्ने दाजुकाे रिपाेर्ट आएछ । सन्ताेष दाजु र सुहानी नानीले  रिपाेर्ट हेरेपछि  सन्ताेष दाजुले “ला पाेजेटिभ पाे आएछ” भन्नु भएछ। रिपाेर्ट आउने दाजु चाहिँ  डराउदै “हन म त आँखा देख्दिन खै मेराे चश्मा ” भनेर खाेज्न थाल्दा सुहानी नानीले उहाँकाे रिपाेर्ट नेगेटिभ देखेछिन।

र पछी सन्ताेष दाजु र शुरुमा रिपाेर्ट आउने  दाजुकाे  सेम एक्टिङ्ग गर्दै सुहानी नानीले कम्ती त हसाँइनन । आफ्नाे रिपाेर्टकाे चिन्ताकाे बावजुद पनि मुख र पेट दुखुन्जेल हाँसियाे । अनि पाेजेटिभ देखेर मलाई नि डर लाग्याे भन्दै सन्ताेष दाजु हा हा हा गर्दै हाँस्नु भयो। पछि  त सन्ताेष दाजु देख्ने बितिकै मलाई हाँस उठन थाल्याे।रातकाे दुइबजे तिर सबैकाे पिसिआर नेगेटिभ आएर खुशी हुँदै हङ्गकङ्ग उडानकाे लागि दिल्ली ईमिग्रेशनतिर लाग्याैं।

अन्य ट्राभल्सहरुका समेत गरि हामी नेपाली जम्मा ७० जना थियाैं। तर उहाँहरू कतिपयलाई  के के डकुमेन्टहरू भर्नु पर्ने थाहा  रहेनछ । धेरै यात्रुहरुको डकुमेन्टहरू भर्न बाँकी नै थियाे । फेरि सबै अनलाईनबाट भर्नु पर्ने रहेछ । नजानेर हाेकी के भएर हो दिल्ली एयरपाेर्ट भित्रकाे वाई-फाई हामी कसैले कनेक्ट गर्नै सकेनाैं। धन्न संयाेगबस मेराे रूम पार्टनर दिदीले ईण्डियन सिम बाेक्नु भएकाे रहेछ र उहाँकाे वाई-फाई सबैले सेयर गरेर बाँकी रहेका  नेपालीहरूकाे डकुमेन्टहरू सुहानी नानीले भरिदिइन । जस मध्ये  एकजना भाइ दिल्लीबाटै नेपाल फर्कनु पर्याे  डकुमेन्ट नमिलेर । एक जना दाजुकाे लास्टसम्म काेसिस गर्दा गर्दा बल्ल सुहानी  डकुमेन्ट भर्न सफल भइन। नत्र त्याे  दाजु पनि हङ्गकङ्ग आउन पाउनु हुन्न थियोे । तिनै दाजु र सुहानीलाई पर्खिदा समयले नेटाे काटिसकेकाे थियाे ।

एयरलाईन्सले अब दुई मिनेट बाँकी छ भन्दा हामी सबै दाैडिदैं प्लेन भित्र पस्याैं। प्लेन बिहान आईतबार ६:२५  मा उडन थालेपछी बल्ल अलि हल्का महसुस भयाे।   साँझकाे हङ्गकङ्ग समय ५ बजे तिर हङ्गकङ्ग अवतरण हुँदा झनै खुशीकाे सिमा रहेन ।

नेपालबाट हिँडेकाे समयसंग हाम्राे  क्वारेन्टाइन होटेल हङ्गकङ्ग  पुगुन्जेलकाे समय ३६ घण्टा पुगेछ। हाम्रो  यात्रा ज्यादै नै कष्टकर रहयो। तर जुनै पनि यात्रा जति नै कष्टकर र कठिन किन नहाेस संगै यात्रा गर्ने सहयात्रीहरूसंग मन मिले त्याे यात्रा सुखद र  अविस्मरणीय रहदो रहेछ। याे पल्टकाे मेराे नेपालबाट दिल्ली , कलकत्ता हुँदै हङ्गकङ्गसम्मको  यात्रा कष्टकर हुदाहुदै पनि सुखद र अविस्मरणीय रहयो।  विशेष गरि   मेराे रूम पार्टनर दिदी सरिता जाेशी , सुहानी पुन नानी र अल्फा टुर एण्ड ट्राभल्सप्रति कृतज्ञ छु।

तपाईको प्रतिक्रिया