हिमाल समाचारले राइको हत्या भएको टाइटल राखेर घटनालाई रहस्यमय बनाइदिएको छ।

काठमाडौं । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन भएको छ । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा हिजो आइतबार साँझ भीरबाट लडेर उनको निधन भएको हो ।

गाडी रोकेर शौच जानेक्रममा लडेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका-२ टेकनपुरबाट धरान नगरपालिका-१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष पनि हुन् । उनको सम्पादनमा दुई दशकदेखि हङकङबाट ‘एभरेष्ट साप्ताहिक’ प्रकाशन हुँदै आएको छ । विदेशी भूमिबाट नेपाली भाषामा लामो समय निरन्तर प्रकाशन हुने कम मध्येको पत्रिका हो, ‘एभरेष्ट साप्ताहिक’ ।

राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाहले बताए । पत्रकार राईसँग सशस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ पनि थिए । उनीहरू घुमफिरका क्रममा भोजपुरतर्फ हिँडेको बताइएको छ ।

जनजाति महासंघ हङकङका अध्यक्ष रहेका राई किरात राई यायोक्खा हङकङका संस्थापक अध्यक्ष पनि हुन् ।

राईलाई यो बर्ष मात्रै हङकङ सरकारले ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस’ सम्मान दिएको थियो । अभियान्ता, नेता र नेपाली समुदायका पदप्रर्दशक किसन राईप्रति हङकङ खबर डटकम भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछ ।

तपाईको प्रतिक्रिया