तिहारको अवसरमा “मखमली फुल्यो” भन्ने बोलको देउसी भैलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।


शब्द दिलेन्द्र मुकारुङ राई , संगीत मोहन मगर, संगीत संयोजन रोशन वान्तावा राइको रहेको यस गीतमा स्वर दिने  गायिकामा रहेका छ्न क्रमशः अनुका राई,शुसिला राई,प्रेमकला राई,परिवुङ राई र गायकमा हिमाल राई,भुवन मगर,निर्मल मगर , विरेन्द्र मालाकार रहेका छ्न।
मिरा साउण्डमा रेकर्ड भएको, लैवरी लोक सांस्कृतिक समाजको युट्युब च्यानलबाट प्रशारित  रहेको यस गीतका रेकर्डिस्टमा शुबास कुथुमी राई , मिक्सिङमा अनिल अधिकारी रहेका छ्न।
यस म्युजिक भिडियोका निर्देशक मोहन मगर हुन भने कयामेरा  र सम्पादनमा सुमन मगर रहेका छन।


अभिनय गर्ने कलाकारमा जीवन खडका,हिमाल राई,भुवन मगर,निर्मल मगर,विरेन्द्र मालाकार,शुसिला राई,अनुका राई,प्रेमकला राई,परिवुङ राई, दिलेन्द्र मुकारुङ राई, रोशन वान्तावा,इशा आङदेम्बे, बिमि योङ राई,हरि मगर  रहेका छ्न।

तपाईको प्रतिक्रिया