क्रान्ति सुब्बा । हङकङ ।

धरान हङकङ मंचले पत्रकार, अभियन्ता स्वर्गीय  किसन राईको संझनामा एक श्रद्धाञ्जली सभाको आयोजना जोर्डन स्थित चुम्लुङ हिममा गरेको छ।  नोभेम्बर १४ तारीख आइतबार अपरान्ह करिब ४ बजेतिर मौन धारणबाट कार्यक्रम शुरु भएको थियो ।


किसन राई आफै धरान हङकङ मंचको संस्थापक सदस्य रहेको जानकारी दिदै नेपाली समाज हङकङका अध्यक्ष इन्द्र वनेमले राइको जिवनी बारे बोलेका थिए । किसन राई संग २०४३ साल तिर  धरान महेन्द्र बहुमुखी क्याम्पसमा वाम राजनीति गर्ने क्रममा अनेरास्ववियुको कार्यक्रम गर्दा  भेट भएको स्मरण वनेमले गरे।
“सन २०१२ सम्म म किसन राई संगै वाम राजनीतिमा थिएँ र त्यसपछी हामी संगै संघीय समाजवादी पार्टीमा प्रवेश गरेऔं।” उनले भने।
पुर्ख्यौली घर ओखलढुंगा, भारतको बैंगलोरमा जन्मेका, सत्यको पक्षमा निडरताका साथ समाचार सम्प्रेषण गर्ने किसन राइले सन २००१ बाट एभरेष्ट दैनिक शुरु गरेका हुन। हङकङमा समानताको पक्षमा लडेका राइले किरात राई यायोख्खाको अध्यक्ष , एनआरएनएको केन्द्रिय सदस्य भैइन्जेलमा हङकङ र नेपाल सरकारबाट उच्च सम्मान प्राप्त गरेका थिए  वनेमले भने।
उनको अवसानले हङकङका सारा नेपाली बिशेष गरि धरानबासीलाई ठुलो झटका लागेको कुरा पोख्दै एभरेष्ट पत्रीकामा किसन राइको आत्मा भएकोले यसलाई निरंतरता दिएमा उनको आत्माले शान्ति पाउदछ उनले भने । एभरेष्टको निरन्तरताको लागि धरान हङकङ मंचले विशेष भुमिका खेल्नु पर्छ भन्ने   आग्रह पनि  उनले राखे।

फोटो क्रेडिट : देवमान लिम्बु ,nhdd studio

मंचका पुर्व अध्यक्ष तथा सल्लाहकार र संरक्षक प्रदीप थापाले ” किसन जी मेरो टिचर सरह थिए ” भन्दै उनी आफ्नो गल्तीलाई पनि स्विकार्न सक्ने निडर पत्रकार रहेको कुरा गरे । थापाले अगाडि भने-  उनी संगको अन्तिम भेट अक्टोबर ४ तारीख नेपाली महासंघको कार्यालयमा हुँदा करिब ४५ मिनेट विभिन्न बिषयमा कुरा भएको  थियो ।
हङकङका विभिन्न नेपाली  संघसंस्थामा सामाजिक काम गरेर नेपाली समाजलाई नै मजबुत बनाउने कार्यमा किसन राइको अतुलनीय योगदान भएको चर्चा गर्दै डेढ सय वर्ष बाँच्नु पर्ने मान्छे आज हामी माझ नभएकोमा दुख व्यक्त गरे।
“किसन राइको मृत्युमा प्रदिप थापाको पनि हात छ होला भनेर साथी भाइहरुले कुरा गरेको मैले पनि सुनेँ । तर त्यस्तो नभएको आधारहिन कुराको पछि म लाग्न चाहन्न।”  प्रदिप थापाले स्पष्ट भने।

photo by D2hk

नेपाल क्लब हङकङका अध्यक्ष रिता गुरुङले  किसन राइले समाजमा पुरयाएको योगदान बारे चर्चा गर्दै नेपालमा धरानको घण्टा घर र हङकङमा एभरेष्ट पत्रीका एउटा आइकनको रूपमा छोडेर गएका छ्न । र उनको अधुरो सपनालाई पुरा गर्न व्यक्तिगत तथा संस्थागत रूपमा तत्पर रहेको बताइन।

Photo by D2 entertainment hk इन्द्र वनेम बोल्दै

मंचका सल्लाहकार सन्तराज राइले किसन राइले हङकङ आएदेखी नै निजि स्वार्थको लागि धन कमाउन तिर नलागेर हङकङको सिंगो नेपाली समुदायको उत्थानमा लागेको कुरा सबैलाई थाहा छ भनेका थिए ।

एभरेष्ट कार्यकारी संपादक डम्बर कृष्ण श्रेष्ठले  बोल्ने क्रममा भने- एभरेष्ट पत्रीकामा आज भन्दा १५ वर्ष अगाडिबाट नै जोडिएको र आफू नेपालमा पुर्णकालिन पत्रकार भएको नाताले हङकङमा पनि मिडियामा नै लाग्ने हो कि भनेर सोचेको थिएँ। आज भन्दा चार पाँच वर्ष अघि हङकङको सबै मिडियाकर्मीलाई समेटेर राम्रो तरिकाले मिडिया चलाउने पहल गरेको थिएँ तर सफल हुन सकिन। त्यसपछि म कन्स्ट्रक्सन तिर लागेँ तीन चार वर्ष । एभरेष्ट मासिक भएपछि मैले फेरि किसन दाइलाई  सघाउन थालेँ।
प्रेसको भाडा तिर्न पनि गाह्रो हुन्थ्यो कुनै बेला । त्यस्तो अवस्थामा पनि  दाइले जसोतसो एभरेष्टलाई अघि बढाइ रहनु भएको थियो । र मसंग पनि  समय भएकोले सघाउन थालें। खर्च कटाएर बच्यो भने तीन चार हजार तलब दिनु होला नत्र पत्रीकाले कमाउन थाले पछि दिनु होला भने।
पछिल्लो समयमा अब यो पत्रीकालाई राम्रो संग लाने योजना भैरहेको बेला यो घटना भयो।
अब यो पत्रीकालाई कसरी बचाउने भन्ने चुनौती छ। एक छिन भावनामा बगेर यसलाई अगाडि बढाउन संभब हुन्न।

photo: devman limbu, nhdd studio

श्रेष्ठले बिस्तारमा भने- २० वर्ष अघि चार पाँच जना मिलेर एभरेष्ट शुरु गरेका थिए । अहिले नेपालबाट तेज बहादुर राइले यो पत्रीकाको मालिक म हो मेरो नाम किन आउदैन मिडियामा भन्दै हुनु हुन्छ। निर्मल श्रेष्ठ मार्फत मलाई फोन आएको थियो । यो एउटा पाटो छदैछ । तर अहिलेको कम्पनीको मालिक किसन राई भएका कारण यसको स्वामित्व चाहिँ भाउजू र छोराहरुमा जान्छ। त्यसकारण परिवार के चाहन्छ बुझेर एउटा टिम बनाएर , कोष खडा गरेर या लगानी गरेर हुन्छ कि यसलाई टिकाउन सकिन्छ ।
राम्रो म्यानेज गरेर एक वर्ष सम्म चलायौं भने यो पत्रीका आफै चल्छ। वहाँलाई बढी संघ संस्थाको लोड थियो । हङकङमा रहेका एक डेढ सय वटा संघ संस्थामा वहाँले जे भन्यो तेहि हुने स्थिति थियो । संघ संस्थाको लोडले गर्दा पत्रीकालाई व्यवसायिक ढंगले लान सक्नुभएको थिएन ।
चन्दा उठाएर , कोष खडा गरेर एउटा व्यवसायिक पत्रीका चल्दैन। लगानीकर्ता सहितको संचालक समिति गठन गरेर चलाउन सकिन्छ । यदि एउटा टिम बनेर यो पत्रीका चलाउने भइयो भने पत्रकारितामा बीस वर्ष अनुभव भएको र किसन दाइसंग धरानदेखी नै सम्बन्ध भएको नाताले समय दिन कुनै आपत्ति छैन , डम्बर कृष्ण श्रेष्ठले प्रतिबद्धता जनाए।

photo : nhdd studio

हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाले भने “किसन राई हङकङको नेपाली समाजको मेरुदण्ड नै थिए  भन्दै आफुले २०१८ सालबाट पद भार सम्हालेको तीन वर्षको अवधिमा किसन जिसंग छलफल हुँदा धेरै पटक मेरो विमति पनि  भएको थियो ।” 

” नेपाली महासंघको अध्यक्षको नाताले हङकङ सरकारलाई  नेपालीको समस्याप्रति ध्यानाकर्षण गराउने कुरामा म केन्द्रित हुन्थे भने किसन जिको चिन्ता  ९० प्रतिशत आदिवासी जनजातिको हित र उत्थान कसरी गर्न सकिन्छ भन्ने कुरामा थियो ।”

Photo: nhdd studio


“उनले छोडेका अधुरो योजना र सपनालाई अब हामीले पूरा गर्नु पर्दछ। हङकङको अल्पसंख्यक समुदायमा  पृन्ट भर्सनमा निस्किने एउटै मात्र पत्रीका एभरेष्ट थियो जसले हङकङ सरकार सामुन्ने नेपालीको एकता र प्रतिबद्धतालाई जाहेर गरेको थियो । अब किसन राइको स्मृतिमा कुनै दीर्घकालीन योजना व्यापक सरसल्लाह गरेर  ल्याउनु पर्दछ। जसले गर्दा चिरकाल सम्म किसन राइलाइ सम्पूर्ण नेपालीले सम्झन सकुन” टंक रानाले भने।

धरान हङकङ मंचका सचीव संजोग राइद्वारा संचालित कार्यक्रममा मंचका उपाध्यक्ष रुकमान लिम्बु , पुर्ब अध्यक्ष तथा सल्लाहकार प्रेम सुब्बाले पनि श्रद्धाञ्जली मन्तव्य प्रकट गरेका थिए ।

photo by D2hk डम्बर कृष्ण श्रेष्ठ बोल्दै
photo by D2hk प्रेम सुब्बा बोल्दै
photo by D2hk प्रदीप थापा बोल्दै

तपाईको प्रतिक्रिया