गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत’तिम्रो हाँसो’ रिलिज भएको छ । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ  रहेको छ ।


सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा पहिलोपटक नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न लामो समयपछि भिडियोमा देखिएका यी २ जनाको अस्क्रीन रोमान्स रहेको छ
प्रहिल कार्कीको नै निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी ,आभेश बज्राचार्य  सिनेमाटोग्राफी ,माधव बेल्बासेको  सम्पादन र जीवन स्वारको सह निर्देशन रहेको छ
भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो लिन्क

तपाईको प्रतिक्रिया