धरान / मोडल तथा कोरियोग्राफर प्रियारानी लामा अहिले म्युजिक भिडियोमा आफुलाई सक्रिय बनाउँदै छिन। बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियारको स्वर रहेको गीत ” यो मुटु त तिम्रै हो ” बोलको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रियाले स्क्रिन शेयर गरेकी छिन । म्युजिक भिडियोमा प्रियारानी लामाले नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ।
करिब १३ वर्ष उमेरबाट नै मोडलिङ क्षेत्रमा लागेकी प्रीयारानी लामा ( मोक्तान ) ले अहिलेसम्ममा करिब ३० वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन।
मीस टिन धरान २००८ मा भाग लिएर सन २०१९ सालमा विश्व मीस कस्मोपोलिटन उपाधी जितेर अन्तर्राष्ट्रिय जगतमा नेपालको नामलाई चम्काउन सफल लामालाई “तपाईं नेपालको मोडलिङ र अभिनय क्षेत्रलाई नै लिड गर्न सक्ने क्षमता भएको मान्छे किन चुपचाप बस्नु भएको ?” भन्ने प्रश्न गर्दा उनले आफू कहिल्यै पनि चुपचाप नबसेको कुरा बताइन। ” सगरमाथा चढने आ- आफ्नो तरिका हुन्छ। कोही क्रीउको सहायता लिएर चढछ्न भने कोही आफ्नै बलबुतामा चढछ्न। म चाहिँ पछिल्लो टाइपको भएर त्यस्तो देखिएको हुनसक्छ।” उनले भनिन।
पुर्ख्यौली घर सिराहा जिल्ला गोल बजार भएकी कोरियोग्राफीमा लामो अनुभव बटुलेकी जनकपुरमा जन्मिएकि लामाको जिवनमा नायिका बन्ने अफर पहिल्यैबाट नआएको होइन तर विश्व स्तरको प्रतियोगितामा जाने कुरामा पुर्ण ध्यान भएकोले तेता तिर नलागेको बताइन।
“तर अब भने जस्तो रोल पाएँ भने अभिनय क्षेत्रमा पनि केहि गर्ने विचार रहेको” कुरा उनले बताएकी छिन।
माइक्रोबायोलोजीमा स्नातक गरेकी लामाले एक्टिङमा आफू कतिको भर्सटाइल छु भन्ने कुरा बुझ्न अहिले विविध रोलमा आफुले आफैलाइ परख गरिरहेकोे बताइन। “रबिल श्रेष्ठको आफ्नो लागि भन्ने गीतको म्युजिक भिडियोमा बिना मेक अप मैले एउटा डिप्रेसिव रोलमा खेले। र अहिले प्रेम परियारको गीतमा नेगेटिभ रोलमा खेलेको छु।”

राजेश थापाको संगीत र बिष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छायाँकार सागर प्रधान, सम्पादन शिलान लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन। यांग माइन्डस इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोको निर्माण हरिदेवी कोइरालाको रहेको छ।

म्युजिक भिडियो लिङ्क :

तपाईको प्रतिक्रिया